जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका
छन् ।
धरानमा गोरखा डिपार्टमेन्ट स्टोर माघदेखि सञ्चालनमा आउने
धरान÷पूर्वेली ग्राहकहरुको मात्र नभएर नेपालका अन्य क्षेत्रका ग्राहकहरुको समेत मन जित्न सफल गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा आगामी माघ महिनादेखि धरानबाट समेत सञ्चालनमा आउने भएको छ ।
यसभन्दा अगाडि गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना चारवटा शाखाहरु सञ्चालनमा ल्याइसकेको छ । झापाको दमक,
मोरङ्गको पथरी, विराटचौक र इटहरीबाट स्टोरले आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ । विदेशी व्राण्डका सममानदेखि स्वदेशी उत्पादनहरु समेत गरी झण्डै चारलाख ५० हजार आइटम रहेको गोरखा डिपार्टमेन्ट स्टोर धरानमा सञ्चालनमा आएपछि धरान तथा आसपासका स्थानीय ग्राहकदेखि पहाडी क्षेत्रका धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर, ओखलढंगासम्मका ग्राहकहरुले सुविधा पाउने भएका छन् ।
विगत चारबर्ष यता निर्माण आरम्भ भएको गोरखा डिपार्टमेन्ट स्टोर धरानको मात्र नभएर पूर्वाञ्चलकै आकर्षक भवनको रुपमा रहने धरानका स्थानीयहरुको आंकलन छ । अत्यन्तै मजबुत भवनको अण्डरग्राउन्ड नै दुई तलाको रहेको छ । आठ हजार आठ सय स्क्वायसर फुटको अन्डर ग्राउन्ड, पार्किङ्गको लागि सञ्चालन हुने गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य बताउनुहुन्छ । दोस्रो तला अण्डर ग्राउण्ड समेत सोही प्रयोजनका लागि तयार गरिएको उहाँको कथन छ । धरानमा दिनप्रतिदिन पार्किङ्गको बढ्दो समस्यालाई ध्यानमा राखेर दुई तला अण्डरग्राउण्ड पार्किङ्गको व्यवस्था गरिएको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । हाल निर्माण गरिएको संरचनाले आगामी २० बर्षसम्म स्टोरमा आउने ग्राहकरुलाई पार्किङ्गको समस्या नहने म्यानेजर गौतमको कथन छ ।
माघ महिनादेखि सञ्चालनमा ल्याउन लागिएको स्टोरमा यतिबेला डेकोरेशनको काम तिब्र रुपमा अगाडि बढेको छ । स्टोरमा सबैभन्दा आकर्षक मिनिसो जुन सेभेन लेभेन टाइपको हुनेछ । यसका अलावा दुई वटा सेमिनार हल, मनमोहक दृश्यको अवलोकन गर्दै स्टोरको चौथो तलामा रहेको गोरखा किचन, गहना पसलको सोरुम, संसारका जुनसुकै देशमा उत्पादन भएका ब्राण्डेड जुत्ता चप्पल, कपडासँगै लक्जरियस तथा दैनिक उपभोग्य सामान समेत रहने छ । स्टोरका संचालक बलराम आचार्य भन्नुहुन्छ ‘हामीले धरानबाट सञ्चालन हुने स्टोरमा २ सय ५० जना युवायुवतीहरुलाई आकर्षक पारिश्रमिकसहित रोजगारको अवसर समेत प्रदान गर्दैछौं ।’ सोही प्रयोजनका लागि हाल स्टोरले धरान तथा आपसपासका क्षेत्रका युवायुवतीहरुलाई इटहरीमा तालिम दिइरहेको छ ।
विहानैदेखि ग्राहकहरु खचाखच
छोटो समयमा पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखाले उपभोक्ता एवम् ग्राहकहरुको मन जित्न सफल भएको छ । स्टोरका ग्राउन्ड Ïलोरको पश्चिम भागमा रहेको बेकरी आइटममा त्यहाँ पुग्ने जोकोहीको पनि एकपटक आँखा नपुगी रहन सक्दैन ।
गोरखा डिपार्टमेन्ट स्टोर आफैले सञ्चालन गरेको सुनसरीको एकम्बास्थित गोरखा डेरी उद्योगबाट उत्पादित सुद्ध गाई भैँसीको दूध घ्युबाट उत्पादित बेकरी स्वादिस्ष्ट र ताजा भएकै कारण उपभोक्ताहरुको आँखा त्यहाँ पुग्नु स्वभाविक हो । यदाकदा ग्राहकहरु बेकरी आइटम तथा मिठाई खरिद गर्नकै लागि घण्टौ लाइनमा बस्छन् ।
बेकरी तथा स्वादिष्ट मिठाइहरु गोरखा डिपार्टमेन्ट स्टोरका आÏनै उत्पादन हुन् । ग्राउन्ड Ïलोरमा बेकरी आइटम र मिठाइसँग पेय पदार्थहरु समेत रहेका छन् । बेकरी सपमा वर्थ डे केक, सुजी पप, क्याटबरी रोल, फ्रुट केक, स्लाइस केक, आइसक्रिम, मिल्क ब्रेड, रसबरी, लालमोहन, चटपट, सुगर फ्रि खुवा, स्मल पप, नमकिन पप, पेटिज पप, बटर पाइनापल, क्वाटबरी विस्कुट, ग्लोेसेर, तिल विस्कुट, स्विट पिनट, काजु विस्कुट, खजुरी, कोकोनट पिन, चोको विस्कुट, जुली विस्कुट, क्रिम डुनट, सादा डुनट, काजु वर्फी, बदाम वर्फी, कालाकन्द, वर्फी लड्डु, गोरखा टोष्ट, वर्फी पप, नरिबल विस्कुट लगायत दर्जनौ आइटमहरु रहेका छन् । यसका अलावा ग्राउन्ड Ïलोरमै खाद्यान्न लगायतका हजारौ आइटमहरु समेत रहेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको इटहरीस्थित मुख्यालयको पहिलो तलामा जे जति आइटमहरु रहेका छन् पथरी र विराटचौकको विस्तारित शाखामा समेत त्यति नै प्रकारका सामानहरु रहेका छन् र मुल्य समेत एकै नाश रहेको छ । जसका कारण ती क्षेत्रका स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले इटहरी आइरहनु पर्न झन्झटबाट मुक्ति पाएका छन् । यसले गर्दा उनीहरुको समयको समेत बचत भएको छ ।
लिक्वायर सेक्सनमा महिलाहरुको भीड बढ्दै
डिपार्टमेन्ट स्टोरको भुइँतलाको उत्तरपट्टि रहेको लिक्वायर सेक्सनमा पछिल्ला दिनमा महिलाहरुको भीड उल्लेख्यमात्रामा बढेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । स्वदेशी तथा विदेशी ब्राण्डका हिस्वी, वाइन, जीन, ब्राण्डी, रम, भोड्काका अलवा वाइनहरु रोयल विग, मास्टर डिभाइन,, हिन्वाका व्राण्डहरु भुइँतलामा रहेका छन् । अक्सर गरेर अरु ब्राण्डका रक्सीहरु पुरुषहरुले खरिद गरेर लिएर जाने भए तापनि हिन्वा, रोयल विग मास्टर डिभाइन जस्ता वायनहरु महिलाहरुले बढी खरिद गर्न थालेका छन् । यसबाट प्रष्ट हुन्छ महिलाहरु पनि हल्का पेयपदार्थ वाइनप्रति आकर्षित हुँदै गएका छन् ।
