अब के गर्ने ? राजीनामा दिने ?

बसन्तराज भट्टराई

अब के गर्ने ? यो घडी सबैको जीवनमा आँउछ । फरक यतिमात्र छ कि आज यो शब्द नेपाली काँगे्रशको सन्दर्भमा आएको छ । आज पार्टी भन्दैछ , अब के गर्ने भनेर ? समाधान छोटो र मीठो छ , सहज र सरल पनि छ । त्यो हो
राजीनामा ! यहाँ विकल्प छैन किन कि यो अकुशल एवं गैरजिम्मेवार राजनीतिका परिणाम हुन् । निर्वाचनका हाँस्यष्पद फलहरु । अब यस नेतृत्वले पार्टीको उठानका सम्बन्धमा एक कदम पनि अघि बढन सक्दैन । किन कि यस नेतृत्वले नेपाली जनताको विश्वाश गुमाई सकेको छ । त्यसैले मुलुकका नब्बे प्रतिशत जनता वामपन्थी गठबन्धन र उनीहरुको विजयोत्सवमा सहभागी नभएता पनि परैबाट दर्शक बनी हर्ष र उल्लासको अनुभूति गरिरहेका छन् । किन भने काँगे्रशी नियत , चरित्र र प्रवृत्तिको उदाङ्गो स्वरुप नेपाली जनताले यस २८ वर्षको अन्तरालमा देखिसके, बुझिसके अनि भोगीपनि सके । अबको समयमा पनि विपी, गणेशमान सिंहको नाम भजाएर खानु भनेको वेमानी हो साथै पाखण्ड पनि हो । किन कि यस २८ वर्ष भित्रमा धेरै विपी र गणेशमान जन्माउन सकिन्थो । किन्तु सम्पुण नेता र कार्यकर्ता आफ्नो भुडी र भकारी भर्दै फुर्सद भएन । त्यस्तो सोच कसको आँउथ्यो र ?समष्टिमा भन्दा आजका काँग्रेशीहरुको मुल्याङकन गर्दा यिनीहरुमा न त राष्ट्रियता छ , न त लोकतन्त्र छ, न त समाजवाद नै छ । संस्थाप्रतिको आस्था, निष्ठा र विश्वाश त यीनीहरुमा रत्तिभरी पनि छैन । केवल सत्ता र पदका उपाषक भए । जसले गर्दा पार्टीलाई समाप्त पारिदिए । विपी र गणेशमान सिंह पछि नेपाली काँगे्रशमा राष्टिूयताप्रति गम्भिरहुने नेताको अकाल परेको रहेछ । त्यसैले अब नेतृत्व परिवर्तन नै पार्टीको हकमा एकमात्र विकल्प देखिन्छ । तसर्थ सर्वप्रथम राष्टिूयता प्रति जागरुक र संस्थाप्रति समर्पित नेताकै खोज गर्नु आवश्यक देखिन्छ । जो केवल यूवा पुस्तामा सम्भव छ । त्यसैले अब नेपाली काँग्रेशको बागडोर यूवाहरुको हातमा मात्र सुरक्षित देखिन्छ । गगन थापा, विश्वप्रकाश, चन्द्र भण्डारी, गुरु प्रसाद, वद्री पाण्डे, गुरुङ्ग आदिको हातमा सम्पुर्ण संस्थाको नेतृत्व सोप्नु पर्छ । अनि यी नेताहरु अभिभावक बनेर युवाहरुको पछि उभ्भिनु पर्छ । त्यसपछि मात्र यस पार्टीले प्राणत्व प्राप्त गर्नेछ ।अबको राजनीति भनेको विपक्षमा
रहेर खबरदारगर्ने राजनीति हो । त्यसैले बलियो प्रतिपक्षीभै देखाउनु पर्नेछ । जो आफ्नो सत्तामा असक्षम र नृह हुनपुग्यो त्यस्तो व्यक्तिले विपक्षीको भुमिका के निर्वाह गर्ला त ? तसर्थ मुलुक र संस्थाप्रति गम्भिर सोचराख्ने यूवाहरुनै समाजवाद र लोकतन्त्रका सही हिमायति हुन् । अतः यीनीहरुमा नै राष्टिूयता र पार्टीको भविष्य सुरक्षित छ । त्यसैले संसददेखि सडकसम्मको तानाबानाबुन्दै संस्था र मुलुकलाई निर्दिष्ट गति प्रदानगर्न यूवाहरुको काँधमा पार्टीको जिम्मेवारी सोप्नै पर्छ । किन कि “अब के गर्ने ” भन्ने प्रश्नको सही समाधान नै यही हो । आजका केही नेताहरुमा पार्टीप्रतिको मोह अवश्य छ । किन्तु तिनीहरु पिछिडिएका छन् । गलत र अकुशल हातमा नेतृत्व लतपतिएकोले उनीहरु पनि मूकदर्शक हुनपुगेका छन् । वाध्य छन् । बोल्न सक्दैनन् । बोल्दा विद्रोह हुन्छ । त्यसैले रमिते भै बसेका छन् । तसर्थ अविलम्व उनीहरु त्याहाँबाट हट्नुपर्छ । किनभने कमजोर खेलाडीले कहीले पनि विश्वकप जिताउदैन । अनि खुलेर समर्थन र खुल्ला विरोध गर्ननसक्ने व्यक्ति नेता हुन सक्दैन । किनकि परेको वेला उ बोल्नै सक्दैन । केवल विवाद तनाव र कचिंगलको भरमा कहीले सम्म राजनीति गर्ने त? पार्टीलाई सदैव दाउमा मात्र लगाउने ?कार्यकर्ताहरुलाई सधै झोस्ने मात्रै ? उपलब्धि के त ? लज्जास्पद पराजय ! घृणीत राजनीति ! असक्षम नेतृत्व ! अनि कार्यकर्ता विच कुठाराघाती प्रवृत्ति ! अरुकेही प्राप्ती छन् ? २००३ सालमा नेपाली राष्टिूय काँगे्रशको जन्म भयो । विपी गणेशमानले व्यापक संगठन गरे। २००४ सालमा यो संस्था जनमतले सम्पन्न हुनपुग्यो । किन्तु राणाहरुको विरुद्ध लड्नको लागी जनमत प्रर्याप्त थिएन । त्यसैले विपीको अगाडि यही प्रश्न खडा भयो । “अब के गर्ने भनेर ।” विपीले तुरुन्तै निर्णय लिए । त्यही निर्णय अनुरुप सुवर्ण शम्शेरको प्रजातान्त्रिक काँग्रेश र विपी गणेशमानको राष्टिूय काँगे्रश एक हुनपुग्यो । किन कि त्यहाँ धनमत थियो, यहाँ जनमत थियो । जसको परिणाम २००७ सालको महाक्रान्ति, अनि प्रजातन्त्रको प्राप्ती । यसलाई भन्छन् सही निर्णय । अभेघअस्त्र । २०४६ सालमा गणेशमान सिंहको अगाडि पनि यही प्रश्नआई उभ्भियो । विपी थिएनन् । किशुनजी र गिरिजावावु उत्तर र दक्षिण धु्रवीय बन्नपुगे । “अब के गर्ने ?” प्रश्न उही छ । अविलम्व गणेशमान सिंहले भन्न पुगे । आन्दोलन गर्ने ? क्रान्ति गर्ने ? नेपाली जनतालाई सम्मानित नागरिक बनाउने । राजतन्त्र ढाल्ने । प्रजातन्त्रको पुनस्थापन गर्ने ? आखिरीमा यहाँ पनि प्रश्नको समाधान आयो । प्रजातन्त्रको पुनस्थापन हुनपुग्यो । गणेशमान सिंह नेपाली जनताका सर्वमान्य नेता बन्नपुगे । देशले मात्र नभएर विश्वलेनै उनलाई सम्मान ग¥यो । यहाँपनि अब के गर्ने ? भन्ने प्रश्नको सही समाधान खोज्न गणेशमानसिहं सफल भए। कृष्णप्रसाद भट्टराई पार्टी सभापति र गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री रहेको बेला काठमाण्डौ क्षेत्र नं. १ बाट सभापतिलाई चुनाव हराउने अभियोग गिरिजा प्रसादलाई लाग्यो । पार्टीले सम्पुर्ण
कारवाहीको अधिकार पार्टी सभापतिलाई नै सुम्पियो । त्यसवेला पनि किशुनजीको अगाडी “अब के गर्ने ?” भन्ने प्रश्न उभियो । किशुनजी योगी थिए । सन्त थिए । त्यसैले माफ गरिदिए । किन कि उनी आफ्नो पराजय भन्दापनि पार्टी एकतामा विश्वास
राख्थे । पार्टीप्रति अथाह आस्था र निष्ठा भएकोले आफ्नो अपमानलाई पिएर पार्टिको हकमा निर्णय गर्नपुगे । साँच्चै भन्ने होभने उनी यस लोकका मान्छे नै थिएनन् । कुनै देवलोकका देवपुरुष हुनुपर्छ । किन कि उनको “अब के गर्ने ?” भन्ने प्रश्नको उत्तरले सवै नेपाली जनतालाई गम्भिर एवं संवेदनशील बनाउंछ । आखिरीमा यस पञ्चतत्ववाट सिर्जित पृथ्वीमा लोभ लालच, क्रोध, मद, इष्र्या, अभिमान नभएको व्यक्तिपनि हुन्छ त ? आजपनि यस प्रश्नको जवाफ नेपाली काँगे्रशले खोजी रहेको छ । आखिरिमा किशुनले माफ किन गरे भनेर । यीनै प्रसङ्गहरुमा गिरिजा प्रसाद कोईरालाको अगाडी यहीप्रश्न आएर उभियो । अब के गर्ने भनेर । सशस्त्र क्रान्तिको नाममा पन्द्र हजार नेपालीले ज्यान गुमाईसकेका थिए । तसर्थ माओवादीहरुको क्रान्ति रुक्नेवाला थिएन । त्यसैले यस चुनौतिलाई
गिरिजा प्रसाद कोइरालाले आत्मसात गर्दै राष्टूको ज्वलन्त समस्याको
निराकरण नै एउटा कुशल राजनेताको धर्म हो भन्दै सम्पुर्ण माओवादीहरुलाई विनाशर्त मुलुकको राजनैतिक मुलधारमा ल्याउन सफल भए । यस घटनामा पनि “अब के गर्ने ?” भन्ने प्रश्नको सही समाधान गिरिजा प्रसाद कोईरालाले ल्याएर देखाए । भन्नुको मतलव माथीदेखिनै यस्ता समस्याहरु विविध कालखण्डहरुमा देखिएका छन् । आज यही प्रश्न देउवाको सामुन्ने आएको छ । अब के गर्ने ? भनेर ! जसको समाधान देउवाकै हाथमा छ । केन्द्रदेखि वूथसम्मका सम्पुर्ण संस्थागत संरचनाहरु मक्काई सकेका छन् । पसांगी सकेका छन् । धमिराले खाईसकेका छन् । अनि गनाई सकेका छन् । सक्रिय शदस्यहरुको हकमा भन्ने हो भने पार्टीलाई दरोपार्ने भन्दा आपैm बलियोहुने खेलमा निमार्ण गरिएका सदस्यहरु आफ्ना दलका भन्दा अन्य दलका ज्यादा बनेका छन् । जसले गर्दा पार्टिको चुरो नै हल्लिसकेको छ । संस्थाको सन्दर्भमा भन्दा विवाद, तनाव, अन्तर्घात, विश्वाशघात, क्षुद्रता, निकृष्टता सिवाय अरु केहीपनि देखिदैन । कार्यकर्ताहरु दलाली, कमीशनखोरी, कालावजारी अनि अपराधितन्त्रमा नै व्यक्तिन पुगेका छन् । संस्थाको कुनैपनि संरचनामा गर्वगर्ने स्थान छैन । मीयो विनाको दायी भएको छ । पार्टी सभापति एवं मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसीन रहँदा प्रधान न्यायाधिश सुशीला कार्की विरुद्ध महाअभियोग ल्याउनु, राजदुत सम्बन्धमा खरीद विक्रिको माहौल तैयार हुनु, आई.जी.पी. नियुक्ति, अख्तियार प्रमुख लोकमान सिंहका सन्दर्भहरु जस्ता विविध घटनाहरुले संस्थालाई गम्भिररुपमा प्रहार भएको
छ । संस्थाको मुल्यमान्यता र अस्तित्व नै खल्बलिएको छ । यीनै कारणहरुले पार्टीलाई प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा प्रभाव पारेकोले निर्वाचनमा लज्जास्पद परिणाम भोग्नुप¥यो । त्यसैले संस्थाका सम्पूर्ण निकायहरु भङ्ग गरिनु पर्छ । सकृय सदस्य विघटन हुनुपर्छ । यूवाहरुको हातमा पार्टीको वागडोर सुम्पिनु पर्छ । अनि पार्टी नयाँ सिराबाट सिर्जना गरिनु पर्छ । त्यसैले “अब के गर्ने ?” भन्ने प्रश्नको जवाफ नै यही हो । संस्था सदैव नीतिगत सोच, सैद्धान्तिक परिपाटी र वैचारिक धारणाहरुमा चल्छ । नैतिकता, आचरण, अनुशासन र मर्यादामा नेतृत्वपंक्ति उभिएको हुन्छ । तसर्थ संस्था कमजोर भएमा र फेल भएमा नेतृत्वकर्ता अकुशल असक्षम छ भन्ने स्पष्ट हुन्छ । अनि त्यस्तो स्थिति आउनु अघिनै आपूm हट्नु पर्छ । अर्थात संस्थालाई निकाश दिनुपर्छ ।
त्र

तपाईको प्रतिक्रिया