बीपीका कर्मचारी समाजसेवामा समर्पित

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु अनाथ तथा सहायको सहयोगमा जुटेका छन् ।
कर्मचारीहरुले थोपा थोपा गरेर सागर बन्छ भन्ने मान्यतालाई पछ्याउदै कर्मचारीहरुबाटै रकम उठाएर पूर्वाञ्लमा रहेका अनाथ तथा सहायहरुलाई सहयोग गर्ने कामलाई निरन्तता दिएका हुन् । विगत पाचबर्षदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले मुठी दान सेवा समिति गठन गरेर यसरी सहयोगमा जुटेका हुन् ।
यसभन्दा अगाडि धनकुटास्थित मुलघाटमा रहेको विश्रान्ती वृद्धा आश्रम, धरानमा रहेको अपांग तथा असहाय केन्द्र तथा सरस्वती बाल अनाथ आश्रमलाई रकम उठाएर सहयोग गरिरहेका उनीहरुले पछिल्लो पुनः धरान ३ मा रहेका सरस्वती बाल अनाथ आश्रमलाई सहयोग गरेका हुन ।
यसपटक उनीहरुले सम्पूर्ण कर्मचारीहरुबा उठाएको रकमबाट १ सय ७५ केजी चामल, २० केज आलु, १० केजी कोपी, त्यसमा चाहिने नुन तेल लगायत नगद १ हजार ७ सय रुपैया नगद आश्रमकी अध्यक्ष नैनाकला न्यौपानेलाई बुझाएका हुन् ।
सधै आन्दोलनमात्र गर्ने गलत म्यासेज बोकेका कर्मचारीहरुले समाजसेवा पनि गर्छन् भन्ने सन्देश प्रवाह गर्नकै लागि प्रत्येक बर्ष यसरी नै विभिन्न स्थानका अनाथ तथा असहायहरुलाई सहयोग प्रदान गर्दै आएको प्रतिष्ठानका कर्मचारी महेश्वर चाम्लिङले बताउनुभयो ।
सहयोगकै भरमा चलेको सरस्वती अनाथ आश्रमले समेत कर्मचारीहरुले पटक पटक गरेको सहयोगप्रति आभार व्यक्त गरेको छ । आश्रमकी अध्यक्ष नैनाकला न्यौपानेले आश्रमलाई दोस्रो पटक सहयोग गरेको बताउदै उहाको सामाजिक कार्यको प्रशंसा गर्नुभयो ।
आश्रममा हाल २४ जना बालबालिका रहेका छन् । उनीहरुको सहयोगका लागि मुठी दान समितिका अध्यक्ष भुपध्वज बुढाथोकीको अगुवाईमा कर्मचारीहरुबाट थोरै थोरै सहयोग उठाइएको हो ।

तपाईको प्रतिक्रिया