सुनसरीबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस दुई, एमाले एक तथा प्रदेशसभामा एमाले पाँच काँग्रस दुई क्षेत्र नं. ३ मा विवाद हु“दा मतगणना स्थगित ः सर्वदलीय सहमतिपछि पछि मत गणना शुरु

इनरुवा÷मुलुकभरिकै प्रतिनिधिसभाको निर्वाचनको
परिणाम आइसक्दा सुनसरी क्षेत्र नं. ३ मा भने कहिले मतपत्रको अर्धकट्टी त कहिले शिल नमिलेको भन्दै बाम गठबन्धनकी एमाले प्रत्यासी भगवती चौधरीले विवाद गरेपछि हिजो दिनभरि मगणना कार्य अगाडि बढ्न सकेन । तर मंगलबारको सर्वदलीय वैठकपछि भएको सहमतिपश्चात मत गणना शुरु भएको छ ।
नेपालीकाँग्रेसका प्रभावशाली नेता, उपप्रधानमन्त्री, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग प्रतिष्पर्धी रहेकी भगवती चौधरीले करिब २० हजार मत गणना हुन बाँकी रहँदा आफूलाई कम मत आउन थालेपछि धाँधलीको आरोप लगाउँदै विवाद गरेपछि मतगणना कार्य नै अगाडि बढ्न सकेको थिएन । मत पेटिकामा अर्धकट्टी भेटियो भनेर सोमबार अपरान्ह विवाद भएपनि मंगलबार बसेको सवदलीय वैठकले सहमति जुटाएर पुनः मत गणना शुरु गर्न लाग्दा मतपेटिकामा सातवटा शिल हुनुपर्नेमा ६ वटा मात्र भएको भन्दै छानबिनको माग गरेपछि सुनसरी क्षेत्र नं. ३ को मत गणना कार्य केही बेर रोकिएको थियो ।
चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सिट भएको सुनसरीमा सुनसरी क्षेत्र नं. १ मा एमाले र क्षेत्र नं. २ र ४ मा नेपाली काँग्रेसले जित हात पारिसकेका छन् । सुनसरी क्षेत्र नं. १ मा एमालेका जयकुमार राई, क्षेत्र नं. २ मा नेपाली काँग्रेसका सीताराम मेहता र क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भइसक्नु भएको छ । जयकुमार
राईले ४४ हजार ५ सय २८ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरमका अशोक राईले आधा भन्दा कम मत ल्याउनु भएको थियो । उता क्षेत्र नं. २ मा नेपाली काँग्रेसका सीताराम मेहताले ४१ हजार ४ सय ९५ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी प्रत्यासी डमर सुवेदीले ३५ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको थियो । सुनसरी क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी पूर्व राप्रपा नेता तथा वाम गठबन्धनका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको थियो ।
यता प्रदेशसभा १ को (क) मा एमालेका प्रदीप भण्डारीले आÏना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर
राईलाई पराजित गर्नुभएको छ । भण्डारीले १९ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको थियो भने राईले १३ हजार ७ सय ७० मत मात्र प्राप्त गर्नुभएको थियो । क्षेत्र नं. १ कै ख मा वाम गठबन्धनका भीम आचार्यले २० हजार २ सय ११ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिबहादुर कटुवालले १२ हजार ९ सय ६४ मत प्राप्त गर्नुभएको थियो । आचार्य प्रदेश नं. १ को मुख्यमन्त्रीका प्रवल दावेदार पनि हुनुहुन्छ । यसैगरी क्षेत्र नं. २ को क मा नेकपा एमालेका सर्वध्वज सावा विजयी हुनुभएको छ । सावाले नेपाली काँग्रेसका हेमकर्ण पौड्याललाई पराजित गर्नुभएको हो । सावाले २४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभएको थियो भने पौडेलले १९ हजार २ सय ४५ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र नं. २ को ख मा नेपाली काँग्रेसका राजीव कोइराला निर्वाचित हुनुभएको छ । कोइरलाले १७ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी एमालेका
रामप्रसाद मेहताले १६ हजार ४ सय ७५ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र नं. ३ को प्रदेशसभा क मा एमालेका लिलम बस्नेत विजयी हुनुभएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका बस्नेतले नेपाली काँग्रेसका कुमारजंग थापालाइ पराजित गर्नुभएको हो । बस्नेतले १९ हजार ६ सय ६५ प्राप्त गर्दा थापाले भने १७ हजार ६ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सुनसरी क्षेत्र न. ४ प्रदेशसभा क बाट वामगठबन्धनका जगदिश कुस्यौत निर्वाचित हुनुभएको छ । पूव सांसद समेत रहनु भएका कुस्यौत प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्छ । कुस्यौतले नेपाली काँग्रेससका रेवतीरमण दुलाललाई पराजित गर्नुभएको हो । कुस्यौले १६ हजार ६ सय ९० मत पाप्त गर्नुभएको थियो भने दुललालले १५ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको थियो । यसैगरी क्षेत्र नं. ४ को ख बाट नेपाली काँगेसका जाहिर अन्सारी विजयी हुनु भएको छ । उहाँले माओवादी केन्द्रका जाकिर हुसैनललाई पराजित गर्नुभएको थियो । काँग्रेसका अन्सारीले ११ हजार ८ सय २५ मत प्राप्त गर्नुभएको थियो भने हुसैनले ७ हजार ६ सय ७० मत पाप्त गर्नुभएको थियो । यसैगरी प्रदेशसभा ३ को ख मा नेपाली काँग्रेसका पुराना कार्यकर्ता अगमलाल चौधरी विजयी हुनु भएको छ । उहाँले एमालेका रामदेव यादवलाई पराजित गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया