विजयीको भव्य स्वागत एवम् ¥याली

धरान÷सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित वाम गठबन्धनका सूर्य ध्वाजा वाहक विजयीहरुले सोमबार धरानमा भव्य स्वागतसँगै विशाल ¥याली निकालेका छन् ।
वाम पकडको क्षेत्रको रुपमा रहँदै आएको सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिभाका लागि जयकुमार राई आÏना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशोक राई भन्दा दोब्बर मतले विजयी हुनु भएको थियो । जयकुमार राईले ४४ हजार ५ सय २८ मत प्राप्त गर्नुभएको थियो भने अशोक राईले २२ हजार १ सय २३ मत मात्र प्राप्त गर्नुभएको थियो ।
यसैगरी एमालेका तर्फबाट प्रदेशसभाको मुख्य मन्त्रीका रुपमा पार्टीभित्रैबाट अगाडि सारिनु भएका प्रदेशसभा (ख) बाट निर्वाचित एमाले सचिव भीम आचार्यले २० हजार २ सय ११ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका बुद्धिबहादुर कटुवालले १२ हजार ९ सय ६४ मत मात्र प्राप्त गर्नुभएको थियो । यता प्रदेश सभा (क) बाट वाम गठबन्धनकै एमाले उमेद्वार प्रदीप भण्डारीले १९२४३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १३ हजार ७ सय ७० मत मात्र प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाका विजयी एमाले उमेद्वारहरुको संयुक्त विजयी ¥यालीका कारण धरानको ट्राफिक अस्तव्यस्त भएको थियो । निर्वाचित तीन जनालाई स्थानीयले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए भने निर्वाचितहरुले समेत आफूहरुले निर्वाचनताका अगाडि
सारेका मुद्दाहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया