सुनसरी क्षेत्र नं. ३ मा हेभिवेटका गच्छदारका प्रतिष्पर्धी वाम गठबन्धनकी चौधरी अत्यन्तै कमजोर ठूला,साना र स्वतन्त्र गरी प्रतिनिधिसभामा १०, प्रदेश सभा (क) मा ९ र (ख) मा १० उमेद्वार भिड्दै

इटहरी÷आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ३ यतिबेला सबैको चासोको रुपमा रहेको छ । उक्त क्षेत्रको चुनावी माहोल यतिबेला उत्कर्षमा पुगेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभाका अन्य ९ प्रतिष्पर्धीसँगै नेपाली काँग्रेसका हेभिवेट उमेद्वार विजयकुमार गच्छदार चुनावी अभियानमा रहनु भएकोले पनि यस क्षेत्रप्रति सबैको चासो बढेको हो ।
वि.सं. २०४८ सालदेखि सुनसरी क्षेत्र नं. ३ बाट अत्याधिक वहुमतले विजयी हुँदै आउनु भएका उपप्रधानमन्त्री, संघीय ममला तथा स्थानीय विकास मन्त्री गच्छदारका प्रतिष्पर्धी वाम गठबन्धनकी भगवती चौधरी अत्यन्तै कमजोर देखिएकी छन् ।
सुनसरी क्षेत्र नं. ३ खनारका हरि चौधरी भन्नुहुन्छ वास्तवमा हामीले यहाँ गच्छदारको प्रतिष्पर्धी नै कोही देखेका छैनौं । राष्ट्रिय
राजनीतिमै प्रभाव पार्ने व्यक्तित्व गच्छदारले आफ्नो क्षेत्रमा मात्र नभएर सुनसरी जिल्ला र मुलुकका लागि पु¥याउनु भएको योगदानको यस क्षेत्रका जनताले उच्च मुल्यांकन गरेका छन् । उता इटहरी १० की जुनु राई भन्नुहुन्छ हामी त गच्छदारलाई नै भोट हाल्छौं । इटहरी १५ की अम्बिका अर्यालयको कथन पनि हरि चौधरी र जुनु
राईको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ, भोट माग्न यतिबेला दलका उमेद्वारहरु घरमा आउँछन् । कसैलाई दिन्न भन्न सकिदैन तर भोट भने गच्छदारलाई नै दिने हो । उता गढी गाउँपालिका वडा नं. १ का राम आशिष भन्छन् चर्को व्याजदरमा ऋण लगानी गर्ने एमालेकी भगवती चौधरीले गच्छदारलाई चुनौति दिएको देख्दा कहाँ राजाराम कहाँ गंगुतेली भनेझै लाग्छ भनेर व्यंग्य गरे । उनले भने गच्छदारले यहाँ विकास मात्र गर्नुभएको छैन हाम्रा छेराछोरीको शिक्षा दिक्षामा पनि ठूलो टेवा पु¥याउनु भएको छ । त्यसैले भोट त गच्छदारलाई नै दिने हो । उता इनरुवा नगरपालिका वडा नं. ७ का वैकुण्ठ नेपाल भन्नुहुन्छ हामी आगामी मंसिर २१ गते हुने निर्वाचनमा गच्छदारको विकल्प खोज्नै सक्दैनौं । दुहवी ६ का अमरदिप साहको कथन पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ आज दुवही मात्र नभएर गाउँ गाउँमा सडक, विद्युत, विद्यालयको
स्तरोन्नति, पुल पुलेसा गच्छदारकै कारण निर्माण भएका हुन् । उहाँलाई यस क्षेत्रका मतदाताले अत्याधिक वहुमतले विजयी
गराउँछन् लेखेर राख्नुस् ।
वाम गठबन्धनबाट प्रत्यासी बनेकी एमालेकी उमेद्वार भगवती चौधरी यतिबेला मतदातालाई भ्रममा पार्न सामाजिक सञ्जालमा आफूमाथि आक्रमणको धम्की भएको, परिवारै विस्थापित गरिदिने भनेको जस्ता अनर्गल प्रचार गर्न थालेपछि
चौधरीप्रति मतदाताहरु थप रुष्ट बनेका
छन् । सुनसरी क्षेत्र नं. ३ मा स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले २१५७७ मत प्राप्त गरेको थियो । एमालेले २००२७, माओवादीले ५९९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८८९, फोरम लोकतान्त्रिकले १७६७३, संघीय समाजवादी फोरमले ३४२७ मत पाएका थिए । माओवादी र एमालेको सम्पूर्ण मत जोड्दा २६०२० हुन्छ । यता नेपाली काँग्रेस, लोकान्त्रिक फोरम,
राप्रपाको कुल मत ४११३९ हुन्छ । क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफनो उमेद्वारी दिएको छैन । उसले विजयकुमार गच्छदारलाई समर्थन गरेर संगै प्रचार अभियानमा समेत होमिएको छ । गच्छदार वाम गठबन्धन भन्दा स्थानीय तहमा खसेको मत भन्दा १५११९ मतले अगाडि हुनुहुन्छ । सुनसरी क्षेत्र नं. ३ मा नेपाली काँग्रेस र वाम गठबन्धनकी एमाले उमेद्वार भगवती चौधरी बीचमै फराकिलो मत अन्तरले प्रतिष्पर्धा हुने मतदाताहरु बताउँछन् । उक्त क्षेत्रमा यतिबेला एमाले र नेपाली काँग्रेसबाहेक अन्य आठ उमेद्वारहरु समेत चुनावी मैदानमा रहेका छन् । स्वतन्त्रबाट कृष्णकुमार सन्यासी, संघीय समाजवादी फोरमबाट पदमकुमार अधिकारी, राष्ट्रिय जनता पार्टीबाट मनिष प्रसाद रौनियार, स्वतन्त्रबाट मो. नसुरुद्धिन मियाँ, विमलकुमार पौड्याल, सज्जन ऋषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीबाट विश्वेश्वर यादव, ग्रिन पार्टी नेपालबाट सन्तोष कुमार तिम्सिना उमेद्वार बनेका छन् ।
नेपाली काँग्रेसका प्रभावशाली उमेद्वार विजयकुमार गच्छदारलाई स्वतन्त्र र साना दलका उमेद्वारहरुको समेत समर्थन रहेको बताइएको छ । जसका कारण उक्त क्षेत्रमा नेपाली काँग्रेस र वाम गठबन्धनको मत अन्तर
फराकिलो हुने दुहवीका त्रिलोकीप्रसाद साह बताउनुहुन्छ । गच्छदारको चुनावी कार्यक्रममा साना दलका नेता तथा कार्यकर्ताहरु समेत सहभागी हुने गरेको साहले बताउनुभयो । सोमबार भएको चुनावी कार्यक्रममा क्षेत्र नं. ३ का सशक्त उमेद्वार गच्छदारले भन्नुभयो विजयको विजय यात्रा जारी रहन्छ । आफनो जितमा कुनै तत्वले पूर्ण विराम लगाउन नसक्ने उहाँको दाबी थियो । उहाँले भन्नुभयो मैले गरेको कामको मुल्यांकन यस क्षेत्रका जनताले हिजो पनि गर्नुभएको थियो र भोलि पनि गर्नुहुनेछ । जनता आÏनो साथमा रहेकोले आÏना प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले आपूmले जित्ने पनि उहाँले बताउनुभयो । उपप्रधानमन्त्री, संघीय मामला तथा स्थानीय विकास मन्त्री गच्छदारले अब कसैले पैसाको भरमा भोट किनेर जित्छु भन्ने दिवास्वप्न नदेख्न पनि आÏना प्रतिद्वन्द्वीलाई चेतावनी दिनुभयो । निर्वाचनमा मतदाताले उमेद्वारको कामको मुल्यांकन गर्ने भएकोले मतदाताको मन जित्न आवश्यक छ । उहाँले भन्नुभयो मंसिर २१ को निर्वाचन पछि मुलुकले नयाँ गति लिने भएकोले सुझबुझका साथ मतदाताले आफनो अधिकार प्रयोग गर्नेमा आफू विश्वस्त छु । नेपाली काँग्रेस क्षेत्र नं. ३ सीतागञ्जमा भएको उक्त
अन्तरक्रियामा दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, महासमिति सदस्य एवम् काँग्रेस नेता सिद्धार्थ कोइराला, गोमा पुराजुली अन्सारीलगायतको उपस्थिति
रहेको थियो ।
आठ सय ५५ प्रवेश
दुहवी÷मुलुकको राजनीति यतिबेला वामधुविकरणर लोकतान्त्रिक धु्रविकरणमा विभाजित रहादै पतिनिधिसभा र पदेशसभाको निर्वाचनको पूर्व सन्ध्यामा सुनसरी क्षेत्र नं. ३ मा एमाले, माओवादी, संघीय समाजवादी फोरम, राप्रपा लगायतका दल परित्याग गरी नेपाली काँग्रेसमा ठूलो संख्यामा प्रवेश गरेका छन् ।
मंसिर १ गते मात्र राप्रपाका पूर्व महामन्त्री समेत रहनु भएका र केही दिन अगाडि मात्र नेपाली काँगेसमा प्रवेश गर्नुभएका नरेन्द्रकुमर चौधरीको पहलमा सुनसरीको एकम्बामा ५ सय ५५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यसैगरी मंसिर ४ गते वर्जु गाउँ पालिकाम ४ सय ७ जना विभिन्न परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया