धरान÷स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या अत्याधिक भएको भन्दै उमेद्वार र मतदाताले व्यापक गुनासो गरे तापनि जिल्ला निर्वाचन कार्यालय सुनसरीले यसपटक समेत मतदाता शिक्षा कार्यक्रम ढिलो गरी सम्पन्न गरेको छ ।
आगामी मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा उमेद्वारहरुले मनोनयन गराएको एक हप्ता पछि जिल्ला निर्वाचन कार्यालय सुनसरीको क्षेत्र नं. १ का लागि निर्वाचन शिक्षा कार्यक्रम र मतदाता शिक्षा स्वयम् स्वयसेवकहरुको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
सुनसरीका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला अदालत सुनसरीका माननीय न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले प्रशिक्षण कार्यक्रममा बोल्दै भन्नुभयो राज्यले यति धेरै स्रोत साधन प्रयोग गरेर निर्वाचन गदैछ । यसभन्दा अगाडि सम्पन भएको स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या अत्याधिक देखिएपछि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै धेरै जनगुनासाहरु आए । मतदान गर्नै तरिका, मतपत्र पट्याउने तरिका, मतदान कसरी गर्ने आदिका बारेमा स्वयम्सेवीहरुले मतदातालाई घर–घरमा गएर सिकाउनुपर्छ । उहाँले प्रशिक्षण कार्यक्रममा सहभागी सबैलाई अब त्यस्तो नहोस भनेर आग्रह समेत गर्नुभयो ।
तालिम समन्वयकर्ता तथा जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नवराज आचार्यले स्थानीय निकायको निर्वाचनको अनुभव समेत हाल प्रशिक्षण कार्यक्रममा सहभागीहरुमा भएको हुँदा आगामी निर्वाचनमा बदर मतको संख्या न्यून हुने आशा व्यक्त
गर्नुभयो । उहाँले भन्नुभयो मतदाताहरुलाई घर–घरमा गएर निर्वाचन शिक्षा दिँदा यो निर्वाचन चिन्हमा मतदान गर्नुस् भनेर भनेको समेत अयोगमा उजुरी परेको छ । मतदान शिक्षा कार्यक्रममा सहभागी तपाईहरु कुनै राजनैतिक दलको निकट हुनुहुन्छ होला, उमेदवार तपाईका आफन्त पर्लान् तर त्यसरी नभन्न आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले २०७४ साल नेपालमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएकोले यो बर्षलाई निर्वाचन बर्षको रुपमा समेत लिइएको छ । मतदाता शिक्षा कार्यक्रम केही ढिलो हुनुमा निर्वाचन सम्बन्धी आवश्यक सामाग्री कार्तिक २२ गते मात्र प्राप्त भएको हो भन्दै भट्टराईले आयोगले स्रोत सामाग्री उपलब्ध गराउने नियुक्त पत्र दिने कामलाई तिबता दिने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयमसेविका, विद्यायका शिक्षक शिक्षिका गरी १ सय ३६ जनाको सहभागिता रहेको थियो । एक दिने प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई दुई समूहमा विभाजित गरेर मतदान किन गर्ने, सहज ढंगले मतदान कसरी गर्ने भन्ने कुरामा प्रशिक्षण दिइएको
थियो ।
