कार्तिकदेखि धरानबाटै मालपोत कार्यालयले काम थाल्ने

धरान/अब धराने जनताले जग्गाको खरिद बिक्री गर्नुपरेमा चालिस किलोमिटर सुनसरी सदरमुकाम इनरुवा धाउनु नपर्ने भएको छ । यही कार्तिकको अन्तिम सातादेखि जग्गाको सम्पूर्ण खरिदविक्रीको काम धरानबाटै हुने भएपछि समय र खर्चको बचत हुने भएको छ ।
मन्त्रिपरिषदको गत विहीबार बसेको वैठकले मुलुकका विभिन्न स्थानमा मालपोतका शाखा कार्यालय खोल्ने निर्णयसागै धरानमा समेत शाखा कार्यालय खोल्ने निर्णय भएको छ । धरानमा नापी, मालपोतका शाखा कार्यालय खोल्नुपर्ने आवाज धेरै अगाडिदेखि उठ्दै आएको थियो । यसभन्दा अगाडिका सरकारले धरानेहरुले पठाएको मागका सम्बन्धमा वेवास्ता गर्दै आएको थियो । तर नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन भएपछि मालपोतको शाखा कार्यालय धरानमा राख्ने निर्णय भएको छ । नेपाली कााग्रेस सुनसरीका सभापति राजिव कोइरालाका अनुसार जिल्लाको उत्तरी बेल्टका मानिसलाई जग्गा खरिद बिक्रीका लागि जिल्लासम्म धाउनुपर्ने बाध्यता अब हाटेको छ । प्रधानमन्त्री सुशिल कोइरालाको निर्देशनमा देशभरि २१ वटा शाखा थप गर्ने निर्णय भए बमोजिम धरानमा पनि शाखा कार्यालय राख्न लागिएको हो । सभापति कोइरालाका अनुसार धरानमा शाखा कार्यालय स्थापना भएपछि, धरान, बराहक्षेत्र, विष्णुपादुका, हाासपोसाका बासिन्दाले सेवा पाउने
छन् ।
यहाा स्मरणीय कुरा के छ भने नेपाली कााग्रेसकै सरकारले धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित गराएको हो । वि.सं २०४५को भुकम्पबाट उजाड धरानबाट पुनरावेदन अदालत विराटनगर सारिएपछि धरान एउटा मृत सहरको रुपमा परिणत भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कारण हाल धरान पुनर्जीवन पाएको छ ।

तपाईको प्रतिक्रिया