मधु प्याला
मधुशाला, धरान–७
धागो सरी बाच्ने चाहना, गाँठो परेको धेरै भो
कसरी यसलाई जीन्दगी भनू ? ज्युदै मरेको धेरै भो
घर घडेरी कही छैन, पिरतीमा पनि सुकुम्बासी भइयो
दिलमा राख्ने कोही छ ? डेरा सरेको धेरै भो ।
विश्वस्त छैन होला भगवान, मैले शुल्क चढाउछु भनेर
अझै पनि टाढै छ, भाकल गरेको धेरै भो
इश्क सलामत चाहन्छौ भने, तुरुन्त आई नविकरण गर
फिक्का भइसक्यो तिम्रो तस्विर, रंग भरेको धेरै भो
मूर्खता हो कि बहादुरी हो, खोला सम्झेर हाम फाले प्रेममा
किनार अझै भेट्टाएको छुइन, समुन्द्र तरेको धेरै भो
ढुंगे युग भन्दा पहिले कि, पछि थियो तिम्रो सत्य युग
झुट सत्य, भ्रम छरेको धेरै भो लाग्ने नै भयो
उज्यालोको दाममा अँध्यारो किन्दैछ
किन विहान भएन भूपी ? तारा झरेको धेरै भो
किन हामी पछि प¥यौ ? पिके दाइले हास्दै भन्यो
घाँस उम्रिएको हाम्रो सोचमा, भैसी चरेको धेरै भो ।
