बाढीले रिजाल टा“सीमा ६ करोडको क्षति

इटहरी÷साउनको तेस्रो साता आएको अविरल बर्षाका कारण
इटहरीस्थित रिजाल टाँसी इण्डष्ट्रिज प्रा.लिमा मात्र ६ करोड भन्दा बढी क्षति पुगेको छ ।
बाढीबाट इटहरी–८मा जनाको मृत्यु भएको थियो भने अरबौको भौतिक संरचना क्षति पुगेको थियो । बूढीखोला, टेंग्रााखोला र खेतिखोलोका पानीले इटहरीको बजार चारफुटसम्म डुबाएको थियो ।
खेति खोलामा आएको बाढीले इटहरी–५ स्थित रिजाल टाँसी इण्डष्ट्रिज चारफुट डुबानमा पर्दा आँप, अनारका चाना, खोर्सानी, सुन्तलाको रस, अकबरे खोर्सानी, अम्बाल लगायतका अर्ध तयारी कच्चा पदार्थ (सेमी फिसिङ्ग गुड्स) पानीले बगाएको थियो । एकातिर कच्चा पदार्थ बाढीले बगाएको र अर्कोतर्फ तयारी सामान मात्र हैन प्लान्ट मेसिनरी,माटरहरु, एक स्कार्पियो जिप, एक मिनी ट्रक, हुन्डाइको कार, मोटर साइकल समेत कामै नलाग्ने गरी थन्किएको उद्योगका प्रशासन प्रमुख खेलनारायण पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योका उत्तर र दािण्को पर्खालसमेत बाढीले भत्काइदिएको छ । तयारीसाानका बगेका कार्टुनहरु, तयारी कार्टुनहरु अध्यापी उद्योग परिषरमा देख्न सकिन्छ ।
यसैगरी इटहरी ८ स्थित रहेको भवानी टि चेष्ट इण्डष्ट्रिजमा समेत बाढीले १० करोड भन्दा बढीको क्षति पु¥याएको उद्योग सञ्चालक राकेश गोयलले जानकारी दिनुभयो । विभिन्न साइजका तयारी प्लाइउड, भेनियर, मेसिनरी प्लान्ट सबै पानीले बर्बाद गरिदियो गोलिले भन्नुभयो । उहाँले भन्नुभयो यसपटक त दशा नै लागको रहेको
रहेछ । केही दिन अगाडि विद्युत सर्ट भएर आगलागी हुँदा करोडौको तयारी सामान जलेर नष्ट भयो अहिले फेरि बाढीले सखाब बनायो उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया