हिरासातमै रहेको समयमा आत्महत्या

धरान÷ धरानमा कुनै घट्ना हुदा सर्वसाारणले समेत फोन गरेर बोलाउदा समेत समयमै नपुग्ने प्रहरी आइतबार विहान भने इलाका प्रहरी कार्यालयभित्रै तनावमा देखिए ।
तनावमा हुनुको कारण थियो
हिरासतको शौचालयभित्र नै एक कैदीको आत्महत्या । साउन २० गते हाडनाता करणी गरी फरार रहेका धरान ५ टापुलाइनका ३२ बर्षीय श्रीधन विकले सौचालयभित्रै आफूले लगाएको सटको प्रयोग गरी आत्महत्या गरेपछि प्रहरीलाई तनाव बढेको थियो ।
खोटाङ जिल्ला दिप्सन घर भई गत वैशाख देखि धरान ५ स्थित टापुलाईनमा बसोबास गर्दै आएका विकले आफ्नै हाडनाताभित्रजबरजस्ती करणी गरी
फरार रहेका थिए ।
उनलाई प्रहरीकै सक्रियतामा भदौ ४ गते प्रक्राउ गरी हिरासतमा लिई आवश्यक कारबाही अगाडि बढाइएको थियो । तीन कोठामा रहेका कैदीका लागि हिरासतभित्रै रहेको एउटा सौचालयमा उनी आफूले लगाएको सटको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेका थिए । उनी पटक पटक शौचालय छिर्दै बाहिर निस्किदै गरेको इलाका प्रहरी कार्यालय धरानले
हिरासतमा जोडेको सिसी क्यामरामा कैद भएको दृश्यबाट समेत प्रष्ट हुन्छ । हिरासतमा बस्नेमध्ये पालै पालो एक जना जाग्राम बस्ने नियम छ । यसरी बस्नुको प्रमुख कारण कैदी बन्दीलाई केही समस्या परेको खण्डमा उसले प्रहरीलाई खबर गर्ने काम रहेको छ । आत्महत्या गर्ने विकले पनि त्यसैको फाइदा उठाएको देखिन्छ । जाग्राम बस्ने आफ्नो पालोमा सबै निदाएको मौका छोपी सौचालय जाने निहुमा आत्मा हत्या गरेको प्रहरीले राखेको सिस्ीि टिवी क्यामराबाट पनि प्रष्ट हुन्छ ।
इलाका प्रहरी कार्यालय धरानमा हिरासतमै रहेको समयमा आत्महत्या गरेको घट्ना भने पहिलो हो । यस भन्दा अगाडि पनि एक कैदीले शौचालयमा प्रयोग गरिने फिनेल खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए तर उनको त्यो प्रयास असफल भएको थियो ।
घट्ना पश्चात धरानका नव निर्वाचित जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ स्ुनसरीको टोली, राजनैतिक दलका प्रतिनिधि, मानव अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुको रोवरमा सनाखत गराइएको थियो । सनाखतपछि पोष्टमार्टमका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो भने । शव पोष्टमार्टमपछि मृतककैै श्रीमतीलाई बुझाईएको थियो ।

तपाईको प्रतिक्रिया