ताप्लेजुङ्ग÷ओलाङ्गचुङ्गगोलाका स्थानीय बासिन्दाको आर्थिक सहयोगमा चिनियाँ ठेकेदार कम्पनी नेनेले ताप्लेजुङ्गको गोला बजारदेखि नेपाल तिब्बत सीमा टिप्पला भन्याज्याङ्ग सम्मको २१ किमी सडकको ट्रयाक खुलेसँगै चिनियाँ नागरिक, प्रहरी र चिनियाँ सरकारका अधिकारीहरुको आउजाउ बाक्लिएको छ ।
ओलाचुङ्गगोला सीमा प्रहरी कार्यालय छेउको चौरबाट शुरु भएको ट्रयाकले टिप्पला भन्ज्याङ्ग हुँदै तिब्बतको रिउ बजार जोडिएको
छ । सडकले तिब्बतको रिउ बजार जोडेपछि स्थानीय बासिन्दा खुशी देखिन्छन् । हिडेरै खाद्यान्न लगायतका समानको जोहो गर्न उनीहरु रिउ सम्म पुग्ने गर्दथे अब मोटरबाटै पुग्न सकिने भइयो गोलाका यान्जी शेर्पाले बताए ।
स्थानीयको दुई करोड ५० लाखको आर्थिक संकलनबाट निर्माण भएको सडकको ट्रयाक खुलेसँगै चाइनिज नागरिकहरु, प्रहरी र अधिकारीहरु जिल्लाको तल्लो भेगसम्म आउने गरेको यान्साका नोर्वु सेर्पा बताउँछन् । यसभन्दा अगाडि छिटपुट मात्र आउने चाइनिज नागरिकको यहा यतिबेला बाक्लो आवातजावत देखिने सेर्पाले बताए । नोर्बुका अनुसार उनीहरु खास गरेर सिक्किमसँग सीमा जोडिएका नालाक, घाँसा, मेवैनी, गोपालातर्फ जाने गरेका छन् । विगत केही महिना यता उनीहरु यी ठाउँमा आएर १५ दिन, महिना दिनसम्म बस्ने गरेका छन् । ताप्लेजुङ्गसँग नेपालको सिक्किमसँगको सीमाना झिनसम भन्ज्याङ्ग, खंगला बजारसम्म जोडिएको छ । यसका अलावा चिनियाँहरु पानबुक, लोनाक, तोेपकेखोला, लोहवदा, धुन्धुन, तानखु, सिनाम, सिवरेक, खासलिनमा समेत हप्तौ आएर बस्ने गरेको गोलाका फेदन शेर्पा बताउँछन् ।
फेदेन शेर्पाका अनुसार नेपाली नागरिकहरु रिउ बजार सम्म जानु पर्दा नागरिकता देखाउनुपर्छ । त्यसैको आधारमा उनीहरुले एउटा स्लिप दिन्छन् । बढीमा दुई ३ दिनको लागि मात्र स्लिपले काम गर्छ । त्यसभन्दा बढी बस्यो भने चाइनिज प्रहरीले प्रक्राउ गरेर नेपालतर्फ ल्याएर छोडिदिन्छ । तर चाइनिजहरु निर्धक्क हप्तौसम्म बस्ने
गरेको समेत उनले बताए । यसै सम्बन्धमा हामीले ताप्लेजुङ्गका प्रहरी प्रमुख रामबहादर केसीसँग सम्पर्क राख्दा उनले भने त्यस्तो त नहुनु पर्ने हो । पासपोर्ट भिसा लागेर अध्यागमनबाट सर्ट स्टेकोलागि आएका हुन्छन् । सर्ट स्टेको लागि आउँदा हप्तौ, महिनौ सम्म बस्दा तपाईहरु सोधपुछ गनुूहुन्न त भन्ने जिज्ञासामा उनले पहिला त बोल्नै मानेनन् । पछि पटक पटक आग्रह गर्दा उनले भने त्यस्तो भेटिएमा हामी समातेर अध्यागमनमा बुझाउँछौं । अहिलेसम्म त्यसरी बिना पासपोर्ट भिसा ताप्लेजुङ्गका विभिन्न स्थानमा आएर बस्ने कति चिनियाँ नागरिक,
प्रहरी चिनियाँ अधिकारीसँग सोधपुछ गरेर अध्यागमनमा बुझाउनु भयो त भन्ने सवालमा उनले केही खुलाएनन् ।
ताप्लेजुङ्ग मेपैनीका छिरिङ्ग भन्छन खै यतातिर त पहिलो भन्दा धेरै नै चिनियाहरु आउँछन् । न तिनका बोली बुझिन्छ । इसारा गर्छन् हामी पनि त्यसै गरिदिन्छौ यहाँ समरणीय कुरा के छ भने झण्डै तीन महिना यता सिक्कम–भुटानको दोक्लाममा सडक निर्माणको विषयलाई लिएर दुवै देश (भारत–चीन) विवाद चुलिदै गएको छ । त्यहाँको बस्तुस्थिति अध्ययन गर्न पनि चिनिया अधिकारी प्रहरी त्यसरी आएको हुन सक्ने धेरैको बुझाई छ । यसै सम्बन्धमा ताप्लेजुङ्गका प्रमुख जिल्ला अधिकारीसँग बारम्बार बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । तर ताप्लेजुङ्गमा चिनियाँहरुको आउजाउ बाक्लिदै गएकोमा ओलाङ्गचुङ्गबासीहरुले े त्यति निको भने मानेका छैनन् ।
