धरान÷विगतका बर्षहरुमा झै यसपटक पनि धरान २ स्थित आवर फिटनेश सेन्टरले भव्य रुपमा तिज कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको तीज पर्वलाई सैन्टरले विशेष कार्यक्रमकै रुपमा मनाउँदै आएको छ । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य सघको मिलेनियम हलमा आयोजित कार्यक्रम सञ्चालन भने धरान ९ स्थित कृति टेलिभिजनकी प्रस्तोता समेत रहनु भएकी सिमी राईले गर्नुभएको थियो ।
फिटनेशले विगत तीन बर्षदेखि तीज विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सञ्चालक अमन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य महिला दिदी बहिनीको लागि सम्मान नै भएको श्रेष्ठको कथन छ । उहाँले भन्नुभयो, तिज विशेष कार्यक्रममा झण्डै ३ सय महिलाहरुको उपस्थिति रहेको थियो । जसमा समाजसका प्रवुद्ध वर्गमा गनिएका,
राजनतिमा होमिएका, समाजसेवी तथा विसुद्ध गृहणीको रुपमा रहेका महिलाहरुको सहभागिता रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
त्र
