प्रहरीमाथि अज्ञात समूहद्वारा बम विस्फोट

राजविराज÷ राज्यले समेत अत्यन्तै संवेदनशील प्रदेशका रुपमा राखेको प्रदेश नं. २ को सप्तरीमा अज्ञात समूहले प्रहरीको गस्ती टोलीमाथि बम विस्फोट गराउँदा ६ जना प्रहरी गम्भीर घाइते भएका छन् भने ६ जना सामान्य घाइते भएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी
विराटनगरका डिआइजी रमेश भट्टराईले दिएको जानकारी अनुसार शनिवार राति ८ः३० बजे अज्ञात समूहले सप्तरीको सुरंगा नगरपालिका वडा नं. ५ श्रीपुरमा गस्तीमा रहेको प्रहरी भ्यानमाथि बम विस्फोट
गराएका थिए ।
इलाका प्रहरी कार्यालय कडोरवनाको वा १ झ ७३९२ नम्बरको प्रहरी भेनमा बम विस्फोटका समयमा १२ जना प्रहरी गस्तीमा रहेका थिए । स्थानीयका अनुसार विस्फोटका समयमा १२ जना प्रहरी गस्तिमा रहेका थिए । विस्फोटनमा परी प्रहरी निरीक्षक राजेन्द्र यादवसहित ६ जना गम्भीर घाइते भएका थिए । उनीहरुको स्थानीय लहान अस्पतालमा उपचार भइरहेको छ । यता डिआइजी भट्टराई भन्नुहुन्छ, बम विस्फोटमा सवारी साधनमा क्षति पुगे पनि कुनै प्रहरी घाइते छैनन् । हामी कसले र किन विस्फोट गरायो भन्नेमा अनुसन्धान गरिरहेका छौं, यो आतंककारी हमला हो । उता सप्तरीका प्रहरी प्रमुख मुकेश सिंह समेत विस्पmोटनमा प्रहरी घाइते नभएको बताउनुहुन्छ । विस्फोट
गराउन समूहको खोजी भइरहेको समेत सिंहको कथन छ । सप्तरी लगायत दुई नं. प्रदेशका आठ वटा जिल्लामा आधा दर्जन भन्दा बढी सशस्त्र समूह सक्रिय रहे पनि हालसम्म विस्फोनको जिम्मा कसैले लिएका छैनन् । यही असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं. २ मा चुनावै हुन नदिन केही सशस्त्र समूह लागेको प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया