सिक्रेज एण्ड वर्किङ्ग लसका कारण साउन २६ गतेदेखि पेट्रोल र २९ गतेदेखि डिजल खरिद बन्द नेपाल पेट्रोलिम डिलर्स राष्ट्रिय एसोएसनको क्षेत्रीय तथा केन्द्रीय स्तरमा संघर्ष समिति गठन

धरान÷एक बर्ष अगाडि भएको मधेश आन्दोलनमा भारतीय नाकाबन्दीको नाममा र भर्खरै मात्र राज्यको नियम कानुनलाई धोती लगाएर जग्गा खरिद प्रकरणमा
करोडौ रुपैया कुम्ल्याएका नेपाल आयल निगमका महानिर्देशक गोपाल खड्काको गलत रवैयाका कारण मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ ।
सिक्रेज एण्ड वर्किङ्ग लसका विषयमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बारम्बार नेपाल आयल निगमको ध्यानाकर्षण गराउँदा समेत वेवास्ता भएपछि बाध्य भएर एसोसिएसनले भोलि साउन २६ गतेदेखि पेट्रोल र २९ गतेदेखि डिजल खरिद बन्द गर्ने रसाउन ३१ गते देखि देश भरका पेट्रोल पम्प बन्द गर्र्दै संघर्षमा उत्रिने भएको छ ।
हाल डिलरहरुले एक केल खरिद गर्दा नेपाल आयल निगमले ३० देखि ४० लिटर कम परिणाममा पम्पमा आइपुग्ने भएकोले त्यसको क्षतिुपूर्ति आयल निगमले व्यहोर्नुपर्ने एसोसिएसनको माग रहेको छ । श्रावण १४ र १५ गते सम्पन्न कार्यसमितिको पूर्ण बैठकले क्षेत्रीय स्तरमा गठन गरिएका आन्दोलन परिचालन समितिहरुले निर्धारण
गरेको आन्दोलनका कार्यक्रमहरुमा नेपाल सरकारको तर्फबाट नेपाल आयल निगम सञ्चालक समितिले समस्या समाधान गर्न पटक पटक भनेर १५ दिनको समय सीमाभित्र परिणाम लसका सम्बन्धमा प्रमाणित भएका तथ्यांकहरुलई अधार मानी समस्या समाधान हुन नसकेकोले आन्दोलनमा जानु परेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन कोशीका सदस्य गोपाल श्रेष्ठले बताउनुभयो ।
पेट्रोलको खरिद अधिराज्यभरि बन्द
गरेर समस्या समाधान गर्न दबाब दिँदा पनि समस्या समाधान हुन नसके साउन २९ गतेबाट समस्या समाधान नहुन्ज्याल अधिराज्यभरि पेट्रोल र डिजल दुवैको विलिङ्ग (खरिद) नगर्ने नगराउने, साउन ३० गतेभित्र सम्पूर्ण मौज्जात विक्री गरी ३१ गतेबाट पेट्रोल पम्प पूर्ण रुपले बन्द गर्ने निर्णय समेत एसोसिएसनले गरेको छ । स्थानीय स्तरमा गठन गरिएका क्षेत्रीय संघर्ष समितिहरुले आÏनो क्षेत्रको पेट्रोलियम पदार्थ खरिद गर्ने सम्पूर्ण विक्रेताहरु, ढुवानी व्यसायीहरु, मजदुर प्रतिनिधिहरु, उपभोक्ता प्रतिनिधिहरुको भेला गराई कार्यक्रम मार्फत सबैलाई सुसुचित गराउने, परिणाममा हुने लसदेखि व्यवसायमा भएको समस्याहरु अवगत गराउने भएको छ । एसोसिएसनले विक्रेताको विक्री स्थलमा डिस्पेन्सिङ्ग पम्पबाट पेट्रोलियम पदार्थ विक्री गर्दा नेपाल आयल निगमले जारी गरेको विजकमा उल्लेख गरिएको परिणाम अनुसार नै प्राप्त हुुनुपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिणाम नेपाल आयल निगमले समयोजन गर्नुपर्ने, नेपाल आयल निगमले विक्रेतालाई उपलब्ध
गराउने पेट्रोलियम पदार्थकोे परिणाम गुणस्तर तथा नापतौल कार्यालयले समेत प्रमाणित गरेको हुनुपर्ने, पेट्रोलियम पदार्थ ढुवानी गर्ने निगमको करारनामा गरेका सम्पूर्ण टैकलहरीहरुमा जडान गर्ने र गरिएका लकिङ्ग सिस्टमहरुलाई अविलम्ब सञ्चालनमा ल्याउनुपर्ने, प्याक्ड विक्रेताबाट साधारण विक्रेतामा जानका लागि निश्चित समय तोकेर एक पटकलाई अवसर दिनुपर्ने, गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ्ग पम्पमा लगाएको शिल दुरुस्त हुँदाहुँदै पनि प्राविधिक कारणले परिणाम घटि बढी भएमा पम्पलाई कारबाही नगरी तत्काल पुनः क्यालिब्रेसन गरिनुपर्ने, नेपाल आयल निगमको हाताभित्र रहेका क्लालिव्रेंसन टावरहरुलाई चुस्त दुरुस्त राखी संचालन गर्नुपर्ने र नभएका स्थानहरुमा अबिलम्ब क्यालिवे्रशन टावर ६ महिनाभित्र निर्माण गर्नुपर्ने, नेपाल आयल निगमको पूर्वाधार समय सापेक्ष सुधार गर्दै लैजानुपर्ने र सबै डिपोहरुमा लोडिङ्ग अनलोडिङ्ग प्वाइन्ट र मौज्दात क्षमता बृद्धि गर्नुपर्नेै विक्रेताको माग अनुसार निगमका सम्पूर्ण डिपोहरुबाट डिपो लोड गरेर मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने, निगमको डिपोहरुबाट सञ्चालन गरिने कार्यहरु जस्तै विक्रेताको डिमान्ड, बैंक भौचर, तापक्रम एकीन तथा क्यालिब्रेशन चाटहरु अनलाइन प्रविधिबाट सञ्चालन गरिनु पर्ने, निगमका डिपो नभएका विक्री केन्द्रहरुमा अत्याधुनिक डिपो निर्माणको थालनी हुनुपर्ने, नेपाल आयल निगमले विक्रेताहरुबाट लिएको धरौटी रकम क वर्गका वैंकहरुले मुद्धति खातामा दिने
सरहको व्याज उपलब्ध गराउनुपर्ने र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जेठ ३० गते नेपाल आयल निगमम समक्ष् पेश गरेको सम्पूर्ण मागहरु अविलम्ब सम्बोधन हुनुपर्ने जनाएको छ ।
एसोसिएसनले संघर्षलाई प्रभावकारी र सशक्त बनाउन केन्द्रीय स्तरमा दिलेन्द्रप्रसाद प्रधानको संयोजकत्वमा १० सदस्यीय संघर्ष समिति बनाएको छ भने क्षेत्रीय स्तरमा समेत समितिहरु निर्माण गरेको छ । आन्दोलन परिचालन समिति थानकोट डिपोमा अच्युतबहादुर खड्का, नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा मुकुन्द न्यौपाने, वीरगञ्ज डिपोमा सुरेन्द्र श्रीवास्तव, पश्चिमाञ्चल डिपोमा प्रेम न्यौपाने, मध्य पश्चिमाञ्चल डिपोमा टिपी न्यौपाने, सुदुर पश्चिामाञ्चल डिपोमा खगेन्द्र पनेरु, अमलेखगञ्ज डिपोमा ईश्वरी भट्टराई, निगमको इन्धन डिपो पोखरामा जगत बराललाई संयोजक तोकेको छ ।

तपाईको प्रतिक्रिया