बाढीको त्रासमा रातभर सुत्दैनन् सुकुम्बासीका स्थानीयहरु

धरान÷ जब जब बर्षाद्को समय आउछ धरानका सर्दु र सेउती किनारमा घर बनाएर बस्ने सुकुम्बासीको निन्द्रा नै गायव हुने गरेको छ ।
बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बासोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर सुत्दैनन् । धरानका सर्दु र सेउती खोलाको किनारमा छाप्रो हालेर बस्दै गुजारा गर्दै आएका १५ हजार घर परिवार सुकुम्बासी बस्ती बर्षादको समयमा जोखिममा पर्ने गर्दछ । बाढीका सममयमा उनीहरु रातभर सुन्दैनन् । कारण बाढीले धनजनको क्षति गर्ला भन्नेचिन्ता उनीहरुमा छ ।
यस पटक भने बर्षाद्को समय भएपनि बाढी भने आएको छैन खोलामा । जब आकाशमा बादल मडारिन थाल्छ उनीहरुमा डर त्रासले डेरा जमाउछ । ५ बर्ष अगाडिदेखि परिवारका सेउतीको किनारमा छाप्रा बनाएर बस्दै आएकी २५ बर्षीय मनिता तामाङलाई राति पानी प¥यो कि निन्द्रा नै लाग्दैन । धरान ५ देउरालीमा पर्ने यस स्थानमा बर्षेनी आएको बाढीले धार परिवर्तन गरी घरै छेउमा पु¥याइसकेपछि उहालाई यस्तो त्रास बढेको हो । सम्बन्धित निकायले दीर्घकालीन समस्या समाधान गर्न नखोजेको र बालुवा गिटीको व्यापार गर्ने गिरोहका कारण बर्षेनी बस्ती जोखिमा पर्दै गएको तामाङको भनाई छ ।
यस्तै विगत चार बर्षदेखि सेउती खोलाको किनारामा छाप्रो बनाएर बस्दै आएकी ६० बर्षीया सुन्दरी राई बर्षाद्को समयमा कहिल्यै राम्ररी सुत्न नपाएको बताउनुहुन्छ । बर्षात्संगै आएको बाढीले खोला छेउमै भएको आफ्नो छाप्रो लग्ने हो कि चिन्ता उहामा पनि छ । १० बर्ष अगाडिसम्म आफ्नो छाप्रो खोलादेखि ५ सय मिटरको दुरीमा भएपनि बर्षेनी बाढीको कटानले घर नजिक खोला पुगेपछि उहालाई निन्द्रा लाग्न छाडेको हो । विगतमा खोलाको दीर्घकालीन समाधानका लागि धरान उपमहानगरपालिका धाउदा नगरपालिका आश्वासनबाहेक केही नदिएको गुनासो
राईको छ । अब भने निर्वाचित जनप्रतिनिधिले आफ्नो स्थानको दीर्घकालीन समस्या समाधान गर्नुृपर्ने उहाको भनाई छ ।
समस्या समाधान नभएपछि स्थानीयहरु नै त्यस स्थानमा अल्पकालीन समस्याका लागि तार जाली लगाउने गरेका छन् । स्थानीय बासिन्दा मिलेर तारजाली किनेर वैकल्पिक समस्या समाधान गरे पनि यो दीर्घकालीन हुन नसकेको उनीहरुको गुनासो छ ।
त्यसोे त यस पटक स्थानीय तहमा उठ्ने उमेद्वारहरुले सुकुम्बासीको समस्यालाई घोषणापत्रमा समावेश गरेर पहिलो प्राथमिकतामा राखेका छन् । उनीहरुले समस्या समाधान हुने आशामा उमेद्वारलाई पनि भोटदिए र जिताए । उनीहरुले सुकुम्बासीलाई भोट बैंकको मात्र नलिएर वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।
एकातिर बर्षाद्सगै आएको बाढीले बर्षेनी खोलाको कटानसंगै धार परिवर्तन गर्ने क्रमले तिब्रता पाएको छ भने यस्ता जोखिमपूर्ण स्थानमा घर बनाएर बस्नेको संख्या पनि बर्षेनी बढ्ने गरेको छ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तारा सुब्बाले पहिलो प्राथमिकताका रुपमा सुकुम्बासी समस्या समाधानलाई लिनुभएको
छ । यस्ता खोलाका किनारामा घर बनाएर बस्नेहरुलाई अन्य स्थानमा स्थान्तरण गर्ने वा दीर्घकालीन समस्या समाधान गर्ने भन्ने विषयमा अब धरान उपमहानगरपालिकाले सोच्ने बेला आइसकेको छ । हैन भने यो समस्या भोलि अझ विकराल भएर जाने निश्चित छ ।

तपाईको प्रतिक्रिया