धरान÷ धरानमा अपराधिक घट्ना नियन्त्रणमा प्रहरीले धेरै प्रयास ग¥यो । धरानमा चोरी डकैती,लागू औषध प्रयोगकर्तार कारोबारीको संख्यामा ह्वात्तै वृद्धि भएपछि यसलाई नियन्त्रण गर्न कोशी अञ्चल
प्रहरी कार्यालयको मातहतमा रहने गरी डेल्टा अप्रेशन प्रहरीले चलायो भने हरेक महिनाको १ गते र १५ गते महिनाको दुईपटक प्रहरी आफैले चौक चौक र गल्ली गल्लीमा सार्वजनिक सुनुवाईको आयोजना गर्दै सर्वसाधारणबाट राय सुझाव लिएर प्रहरीले काम थाल्यो । प्रहरीको यो कार्यले केही मात्रामा सुधार आएपनि सोचेजस्तो सुधार हुन नसकेपछि अहिले प्रहरीकै आग्रहमा धरानका चौक चौक र गल्लीगल्लीमा सिसि क्यामेरा जडानलाई निरन्तता दिन थालिएको छ । इलाका प्रहरी कार्यालय धरानको पहलमा स्थानीय बासीको सक्रियतमा यसरी सिसी क्यारा जडान कार्यलाई निरन्तता दिइएको हो । यसले चोरीका घट्नादेखि लिएर लागू औषध, चोरीका घट्नालाई निरुत्साहित बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
केही दिन अगाडि नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेको घरबाट सञ्चार सामाग्रीको रुपमा लिइएको क्यामरा, ल्यापटप, नगद ६ हजार सहित ३ लाख बराबरको चोरी भयो । धरान १६ राजस्व कार्यालय पछाडिको एक तलेघरको झ्यालबाट छिरेर चोरी गर्ने व्यक्तिको हुलियासम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । एक बर्ष अगाडि पनि काफ्लेकै भान्साकोठा बराबर ५०÷६० हजार बराबरको भान्सामा प्रयोग गर्ने सामाग्री लगेको थियो । यस्तै धरान १६कै रमेश भट्राईको समेत काफ्लेको भन्दा १५ दिन अगाडि एउटा ल्यावसहित अन्य सामाग्री घरबाटै चोरी भयो ।
यी र यस्ता त उदाहरणमात्र हुन् यस्ता धेरै घट्ना धरानमा घट्न थालेपछि अहिले धरानमा हुने अपराधिक घट्ना, लागू औषध र चोरीका घट्नालाई निरुत्साहित पार्न स्थानीयकै सक्रियतामा आफ्नो चौकमा सिसी क्यामरा जडानमा लागेका छन् ।
दुई बर्ष अगाडि धरान १६ जानकी पथमा सिसी क्यामरासहित साइरन जडान गरेपछि त्यस टोलमा अहिले चोरीका घट्नाहरु नियन्त्रणमा आएका छन् । यसैलाई मध्यनजर गरी इलाका प्रहरी कार्यालय धरानले विभिन्न संघ संस्था तथा सर्वसाधारणसंगको सहकार्यमा सिसी क्यामरा जडान कार्यलाई
निरन्तता दिएको हो ।
धरानका मुख्य र आपराधिक गतिविधि बढी स्थानमा हालसम्म १ दर्जन भन्दा बढी स्थानमा सिसी क्यामेरा जडान भइसकेका छन् । यसै क्रममा पछिल्लो समयमा धरान १५ मिलन चौक र श्यामचौकमा समेत इलाका प्रहरी कार्यालयको पहलमा ४ वटा सिसी क्यामरा जडान गरिएका छन् । सुनसरी उद्योग वाणिज्य संघको ४० हजार सहयोग र स्थानीय सर्वसाधारणबाट संकलन भएको २ लाख ९ हजार लागतमा सिसी क्यामरा जडान गरिएको हो ।
जडान पश्चात आयोजित कार्यक्रममा स्थानीयहरुले आफ्नो गाउ टोलको विकास र शान्ति सुरक्षालाई मजबुत बनाउन कसैको मुख ताक्नु नपर्ने बताए ।उनीहरुले स्थानीयहरु जागरुक भए धरानमा छिट्टै नै अपराधिक गतिवधि नियन्त्रण भएर जाने ठोकुवा समेत गरे ।
त्यस्तो पटक पटक चोरीको मारमा पर्नुभएका नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष सन्तोष काफ्लेले समेत सिसी क्यामेरा जडान गर्दा अपराधिक घट्ना, चोरीका घट्नामा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । चाड पर्व नजिकिएसंगै चोरीका घट्नामा बृद्धि भएकोले यसको नियन्त्रणमा ठूलो सहयोग पुग्ने उहाको भनाई छ ।
धरानलाई शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीहरु जति सक्रियता पूर्वक लागेपनि जनताको साथ बिना सम्भव नहुने भएकोले प्रहरीले धरानमा जनतासंग सहकार्य गरेर विभिन्न कार्यक्रम ल्याइएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाले सिसी क्यामरा जडानपश्चात
अपराधीहरु अपराध गर्न डराउने, घट्ना घटिसकेपछि पनि अनुसन्धान गर्न सहज हुने भएकोले पनि प्रहरीले सर्वसाधारणसंग सहकार्य गरेर
धरानका विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।
विगतमा समेत धरानमा यस्ता गतिविधि नभएका होइनन् । प्रहरीले लागू औषध नियन्त्रका लागि विद्यालयमा गएर सचेतना गर्ने, लागू औषध सम्बन्धी काम गर्ने संघ संस्थासंग सहकार्य गरेर सचेतनात्मक कार्यक्रम गर्ने लगायतका धेरै कामहरु प्रहरीले गरेको थियो । तर यी काम भन्दा पनि अपराधिक घट्नाका सम्भावित स्थान तथा चौकमा सिसी क्यामेरा जडान भने अरु कार्यक्रम भन्दा अझ प्रभावकारी हुने सर्वसाधारणले विश्वास व्यक्त गरेका छन् ।

