नेपालमा हेपाटाइटिसका रोगी बढ्दै

विश्वमै दिनप्रतिदिन हेपाटाइटिसका विरामीहरु बढ्दै गए पनि यसको रोकथामका लागि कही कतैबाट ठोस कदम नचालिएको धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
विश्वमै महामारीको रुपमा फैलिदै गएको यो रोगका कारण बर्षेनी विश्वमा ३० देखि ४० लाख मानिसहरुले ज्यान गुमाइरहे पनि योरोगको नियन्त्रणका लागि कतैबाट पहल नभएको उनीहरुको भनाई छ ।
हेपाटाइटिस नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका धरानका ५ वटा संस्था, धरान उमपहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको विश्व हेपाटाइटिस दिवसको अवसरमा भएको कार्यक्रममा यस्तो सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ग्यास्टूोइन्टोलोजी विभागका प्रमुख डा. विक्रम प्रधानले नेपालमा यो रोगको संख्या बर्षेनी बढ्दै गएपनि नियन्त्रणका लागि नेपाल सरकारले कुनै कदम नचालेको बताउनुभयो । उहाले एचआइभी एड्स, क्षयरोग नियन्त्रणका लागि बजेट नै छुट्याएर कार्यक्रम आगाडि सारे पनि यी दुई रोग भन्दा बढी भयावह अवस्था भएको हेपाटाइटिस रोगका बारेमा भने सरकारले वेवास्ता गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया