क्या वात घरेलु मन्तरी ?
सौचुवा खाके विल्ली चला हज कर्ने भन्ने उखान यतिबेला हाम्रा देशकाँ घरेलु मन्तरीको स्वभावसँग ठ्याक्कै मिल्न पुग्या छ । दश बर्षसम्म आफन्त सिध्याउने अभियानमा लाग्दा घरेलु मन्तरी जनार्जन शर्माले केचाहिँँ गर्न बाँकी राखे र ? अर्काको घरको
अन्नपात, धन सम्पत्ति, जग जमीन, घरवार त भ्याए भ्याए विचरा गरिबले छोराछोरीलाई दूध खुवाउन पालेको लैनो गाई, गर्भिणी गाई, कोरली गाई समेत काटेर कार्जेकर्ता र आफूले बजाएका थिए । आज घरेलु मन्तरी भएसी’ तिन्का रुप रंग नै फेरिएको छ । अब हेरै न केही दिन अगाडि गाई काटेर खाएको आरोपमा एकै घरका चार जनालाई गोर्खेलौरी कसेर थुन्न मात्र आदेश दिएनछन् कडा भन्दा कडा कारबाही गर्न समेत निर्देशन दिएछन् । यसैलाई भन्छन् सडकको फोहोर धनीले टिपे सरसफाई गरिबले टिप्ने खाते। कि कसो हौं ?
पौड्याल देउवा जुहारी
यतिबेला नेप्लिज काँग्रेसभित्र भित्र भाँडभैलो मच्चिएको छ । रामचन्द्रे बा र बुढानिलकण्ठे कजील अच्या अहिले त वाल्वाटारे मुखिया बीचमा दह«ै गाँड कोराकोर चल्न थाल्या रै’छ । सरकारको ठेक्का लने मुखिया, पार्ठीको ठेक्का लिने मुखिया संसदीय दलको ठेकेदारी नि मुखिया । तर स्थानीय निर्वाचनमा झालेमालेले पाहा पछारेझै पछारिएिसी ठेकेदार मुखिया हरेउ जस्ता भा’छन् । उक त ज्यान गए नि नबुझिने बाली तयसमाथि पाहा झै पछारिएसी मुखिया बाको टेन्सिन कति बढ्या होला ? हिजो आज जुनसुकै काँग्र।लाई देखि नि मुखिया वा अन्तरघाती देख्छन् । अनि प्वाक्क बोल्छन् अन्तरघातीलाई कारबाही गरेरै छाड्छु । जसलाई नि अन्तरघाती देखेपछि पौड्याल बाबको पनि कन्सिरी नतातिने कुरै भएन । सबै कुराको ठेक्का आफू लिने अनि दोष अरुलाई लगाउने भनेर पौड्याल वा कड्केसी मुखिया केहीबेर थुतुनो बन्द गर्छने रे । वाल्वाटारे भान्सेहरु यसै भन्छन् ।
गनगनेको दौडधूप
गरिब देशको मन्त्री बन्नुभन्दा समृद्ध देशको नागरिक बन्नु उत्तम भनेर अस्ति भर्खरै इजरयलतिर पुगेर भाषन ठोकेर आका गनगने थापा यतिबेला मन्त्री बन्न कन्दनी कसेर दौडधुपमा लाग्या छन् । एकपटक सत्ताको स्वाद पाएसी’ ज्यान गए कसैले छाडदैनन् । गनगने थापालाई पनि यही भएको हो । हिजो सत्तामा छँदा यता फर्कियो कमिशन, उता फर्कियो भागबण्डा । मामाके घोडी मेरे हिही सरकारी गाडीमा गार्डसहित सर्रर्र, विदेश भ्रमणमा
राज्यकोषको दोहन । त्यस्तो मजुगन जीन्दगी छाडेर सडकमा लम्याङ्ग–लम्याङ्ग हिड्ने त खेर गाकै जुनी हो । नेपालमा के छ र काम भन्दा बढी भाषन छाटिदियो । त्यै वाही वाही अब अहिले मन्त्री नपाउने भएसी गनगने थापाले माउवादी केन्द्रको उदाहरण दिन थाल्या रै’छन् । माउवादीले जनार्जन शर्मालाई फेरि दोहो¥याएर मन्त्री दियो मलाई नि दिनुपर्छ भन्दै आÏना हुक्के ढोके, वैठकेहरुलाई उचाल्न थाल्या रै’छन् । अरु अब मन्त्री खान उतै पो छिर्ने हो कि ?
अनि फुइया दिन्छन् ?
यसपाली कँग्रसलाई काँग्रेसले नै भोट दिएनछन् दिउन पनि कसरी ? राम्रालाई भन्दा हाम्रालाई वाल्वाटारे मुखियाले टिकट ट्यास पारेर उमेद्वार बनाएर पठाएसी किन भोट दिन्थे । हामा उमेद्वार सबैतिर लम्पासार भएर सुतेपछि वाल्वाटारे मुखिया कड्किए अब म अन्तरघातीलाई
कारबाही गर्छु । एक त हाम्रोलाई टिकीट्यास गरेर पठाउने अर्केातिर प्रचण्डाउको बुई चढेर चुनाव लड भन्ने । कुनचाहिँ कार्जेकर्ताको कन्पारो तात्दैन ? पहिला आफू प्रचण्डाउसँग मिलेर अन्तरघात गर्ने अनि सबैतिर सोत्तर भएसी कारर्वाही गर्छु भन्ने ? नेता मिल्दा तालमेल हुने अनि कार्जेकर्ता कार्जेकर्ता मिल्दाचाहिँ
अन्तरघात हुने ? बुझिएन वा †
खप्रओ सुटुक्क उत्तर
झालेमालेका अध्येक्षे खप्रओ अस्तिका दिन सुटुक्क बुढीमाउ च्यापेर उत्तरतिर लागेछन् । माने चीनतिर । वहानाचाहिँ बनाए माने सरोवर माने कैलाशको दर्शन गर्ने । तर गृुह्य कुराचाहिँ बेग्लै छ रे । एक कान दोकान मैदान भएर फैलिइ हाल्यो । दक्षिणको लिटो खाएर उत्तरको भजन गाउने खप्रओको महिमा बुझ्नै नसकिने भयो । उत्तरका माउते सिजिङ्ग पिङको निमन्त्रणमा गाका रे भन्छन् फेरि यता जाने बेलामा कैलाशको दर्शन गर्न भन्थे । हैन हौ भन्दा पनि सोझो
कुरा गर्नु नि † यस्ता बाँगा टिंगा गफ किन गर्नु ? पिण्ड खाने बेलामा पनि त्यसरी ढाट्नु त भएन नि † कि कसो हौ ?
विचरा बाउराम
बेलामा बुद्धि पु¥याउनुपर्छ हर्के बेलामा बुद्धि पु¥याउनुपर्छ भन्थे हो रै’छ । अहिले हर्केको हालत नेपालका पूर्व पर्धानमन्तरी बाउरामको भा’छ । अहिले त उनी बाउरामबाट विचरा
बाउराम भएका छन् । अमत्याइँ लागेर सनक्क सन्किएर नयाँ शक्ति बनाउनँछु भन्दै बडो ठूलो पल्टिएर हिड्या थे । विचारा कहाँ गईस हराउने बिलाउनेको देशमा भनेजस्तो भा’छन् । मन
नपरेको मान्छेको मुखै गन्हाउँछ भने झै विचारा निर्वाचनमा कसैले साथ दिएनन् । धन्न उपिन्द्र जादवले अलिकति भए नि च्यापी दिएछन् । अहिले उपिन्द्रसँगै पार्टीलाई मिलाउने र जादवलाई नै अध्यक्ष मान्न विचरा बाउराम राजी भएछन् । बद्धिमा विर्को लागेसी’ यस्तै हो ।
चुनाव चिन्ह हवाइजहाज
काँग्रेसको बुई चढेर स्थानीय निर्वाचनमा पुरै नाक काटिनबाट जोगिएको माउवादी केन्द्रले अब आफ्नो चुनाउ चिन्ह परिर्वन गर्ने भएको छ । सोच त अति उत्तम हो । मालेको चुनाव चिन्हसँग आफ्नो हसियाँ हतौडा मिल्दोजुल्दो भएकोले चुनाउ हारेको उसले निचोड निकाल्या रै’छ । झण्डै पाँच हजार वहालवाला केन्द्रीय सदस्य रहेको त्यत्रो महान गौरवशाली पार्टीले हवाइजहाज चुनाउ चिन्ह
राख्ने रे । कुरो त सही हो माउवादी हिजोको टाँट पल्टिएको कम्युनिष्ट पार्टी नै होइन । श्रीमतिको पेट दुख्दा सर्रर प्लेन चढेर थाइल्याण्ड पुग्ने, अल्छी र वाक्क दिक्क लाग्दा सुविधा सम्पन्न रिसोर्टमा गएर आराम गर्ने, आलिसान महलमा खुट्टा हल्लाउने मर्सिटिजमा सर्रर्र दौडाने भइसकेका छन् । अनि जाबो हँसिया हतौडा चुनाव चिन्ह
राखेर पनि कही चुनाउ जितिन्छ
त ? कि कसो हौ ?
अन्तेमा
काँग्रेस–माउवादी सविधान ससोधनको मागमा माछो–माछो भ्यागुतो बनाएपछि अन्ततः राजपा र झालेमालेबीचमा माया पिरती बस्न थालेको छ । यी दुईमा माया पिरती बसेमा प्रदेश नं. २ बाट काँग्रेस माउवादीको सिला खोज्नु पर्ने हुन्छ । त्यसैले यी दुइको लभ नपरोस भनेर भिलेनको रुपमा काँग्रेस माउवादीले रोल खेल्ने रे । लौ गरिखाओ ।
