धरान÷कुनै काकताली नपरे प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार मन्त्री मण्डल विस्तार गर्ने हुनुभएको छ ।
प्रधानमन्त्री भएको झण्डै डेढ महिनापछि एउटा मन्त्री मण्डल विस्तार गर्न नसकी रहेका देउवालाई चौतर्फी दबाब परेपछि उनले आज जसरी भएपनि मन्त्री मण्डल गठन गर्ने सोच बनाएको स्रोतले जनकारी दिएको छ । अत्यन्तै सुस्त देखिएका प्रधानमन्त्री देउवाले आफ्नै किचेन क्याविनेटको दबाव, अवसरवादी, चाकडीवाज स्थानीय स्तरमै अपाच्य देखिएका समानुपातिकका केही सभासदलाई पनि मन्त्री मण्डलमा सहभागी गराउने हुनुभएको छ । मन्त्री मण्डल विस्तारलाई लिएर हिजो मंगलबार माओवदाी केन्द्रका अध्यक्ष पुष्पकमल दाकाल, काँग्रेसका नेता रामचन्द्र पौड्याल र प्रधानमन्त्री निवास बालुवाटारमा दिनभरी जसो आकांक्षीहरुको भीड देखिएको
थियो ।
यसैबीच सत्तारुढ दलले मन्त्रालयको भाडबन्डा मिलाउन बनाएको कार्यदलले हिजो मन्त्रालयको संख्या र मन्त्रीहरुको नाम टुङगो लगाउने भएको छ । कांग्रेसकातर्फबाट नेता बिमलेन्द्र निधी, रमेश लेखक तथा माओवादी केन्द्रका उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका कृष्णबहादुर महरा र नेता वर्षमान पुन अनन्त सहभागि कार्यदलले मंगलबार मन्त्रालयको संख्या र मन्त्रीहरुको नाम टुङगो लगाउने भएको हो । त्यसका लागि कार्यदलको बैठक मंगलबार बिहानैबाट बालुवाटरमा बसेको
थियो ।
यसअघि कार्यदलमा पटक–पटक छलफल भएपनि मन्त्रालयको संख्यामा कुरा नमिल्दा भाडबन्डा मिल्न सकेको थिएन । मन्त्रालयको भागबण्डामा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ८ र गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले २ मन्त्रालय लिने सहमति भएको
थियो । तर, विचमा मन्त्रालयको संख्यामै कुरो नमिलेपछि कार्यदलले मन्त्री र मन्त्रालयबारे निर्णय गर्न सकेको थिएन ।
सहमतिमै सत्तारुढ दल कांग्रेस, माओवादीबीच दोस्रो चरणको स्थानीय निर्वाचनपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएपनि स्थानीय निर्वाचन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल
विस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सर्वत्र आलोचना हुन थालेपछि देउवा स्वयंले कार्यदलका सदस्यहरुलाई भागबण्डा छिटो मिलाउन ताकेता गरेको बालुवाटार श्रोतले जनाएको छ ।
साउन २ गते सोमबार नै मन्त्रिमण्डल विस्तारको तयारीमा रहेका देउवा कार्यदलमा सहमति नजुटेपछि कार्यदलका सदस्यहरुसँग आक्रोशित बनेका थिए । सोमबार बेलुका कार्यदलका सदस्यहरुलाई बालुवाटरमा बोलाएर देउवाले कार्यदलको काम
कारवाहीप्रति प्रश्न गर्दै जसरी पनि बुधबार मन्त्रिमण्डल विस्तार गर्नुपर्छ त्यसका लागि मंगलबार दिनभरमा मिलाइसक्नु भन्दै कड्किएका थिए ।
यसरी मिलाइदैछ भागवण्डा
कार्यदलका एक सदस्यका अनुसार पुर्व सहमति अनुसार नै मन्त्री र मन्त्रालयको भागबण्डा मिलाइने छ । जसका लागि कांग्रेसले १० मन्त्रालय राख्ने र माओवादीले ८ मन्त्रालय पाउनेगरी सहमति जुटाउन लागिएको हो । तर, माओवादीले १० वटा मन्त्रालय मागिरहेको बताइएको कांग्रेसको दावी छ । माओवादी श्रोतका अनसार सुरुमा माओवादीले १० मन्त्रालय पाउनेगरी सहमति भएको र त्यसैअनुसार आफुले दावी गरेको हो । त्यस्तै लोकतान्त्रिक फोरमले २ मन्त्रालय पाउनेछ । तत्काललाई केही मन्त्रालय प्रधानमन्त्री आफैले राख्नेगरी सहमति जुटाउने प्रयास भइरहेको बुझिएको छ ।
राप्रपा, राजपा संसफोरम बाहिरै
सत्तागठबन्धन दर्विलो बनाउन र असन्तुष्ट राजपालाई समेत सरकारमा सहभागि गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको योजना तत्काल पुरा नहुने भएको छ ।
संविधान संशोधनको ग्यारेन्टी नभएकाले राजपा सरकारमा नजाने निश्चित भएको छ । त्यस्तै राप्रपा पनि उसको आफ्नै आन्तरिक कारणले यो पटकको मन्त्रिमण्डल विस्तारमा नपर्ने भएको छ । त्यस्तै संघीय समाजबादी फोरम पनि अहिलेको मन्त्रिमण्डल विस्तारबाट बाहिरै रहने भएको छ । यसअघि शेरबहादुर देउवा जेठ २३ मा प्रधानमन्त्रीमा निर्वा्चित भएर जेठ २४ मा पद तथा गोपनियताको सपथ ग्रहण गर्दा कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन र फोरम लोकतान्त्रिकबाट एक जनालाई समेटेर सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
