१६ करोडको गाडी
शितल निवासमा गजधुम्न बस्नु बाहेक अर्के कुनै काम नभएकी हाम्री
राष्ट्रपति विद्यादेवी भण्डारीले १६
करोडको गाडी मागिन भनेर आम सर्वसाधारणको थुतुनोदेखि लिएर सामाजिक सञ्जालका भित्ताहरु रंगिए । कसैले भण्डारीलाई तथानाम गाली
गरे, कसैले अलि अलि गाली गरे अनि कसैले वाल वतलबै राखेनन् । तथानाम गाली गर्नेलाई प्रहरीले प्रक्राउ पनि ग¥यो । तर घण्टाघरले एउटा कुराचाहिँ पटक्कै बुझेन भण्डारीले १६ करोडको गाडी मागिन भने पनि के विराइन् हँ ? बल्ल बल्ल शितल निवास छिरेकी जाबो १६ करोडको गाडी नि चढ्न नपाए फुइøयाँको मतलब । दिने भन्या
सरकार हो । लिने भन्या शितल निवासले नै हो । दिनेले दिन्छु भन्या छन् लिनेले लिन्छु भन्या छन् । बीचमा उभयचरहरुलाई के को खसखस ? चढ्न दिनु नि विचरीलाई ? सधै चढ्ने हैन क्या रे ? ऐरै गैरे नत्थु खैरेहरुले
करोडौका गाडी चढ्न हुने राष्ट्रपतिले चड्न नहुने भन्ने कही छ र ? सरकार राष्ट्रपतिको माग छिटो पूरा गर्दे । कसैले सिटामोल खान नपाएर मरुन कि बाँचुन, भुकम्प पीडितहरुका घर बनुन कि नबनुन, बाडीले बगाएर निर्दोहरु
बाँचून कि मरुँन, कर्णलीका कावाहरुले खान पाउन कि नपाउन । राष्ट्रपतिलाई १६ करोडको गाडी दिनैपर्छ । कि कसो हौ ?
फेरि टुक्रने भयो
अभागीलाई रिस ज्यादा उठ्न भन्थे हो कि क्या हो ? अब हेरौ न त्यो मुसा प्रवृत्तिका राप्रपा अध्येक्षे कमलाउले मन्त्री बन्नका लागि पार्टी नै फोड्ने सुरसार गर्दैछन् । पार्टी भित्रै पुछिन छाडेका कमलाउलाई जसरी नि मन्त्री बन्नु प¥या छ । आफूभन्दा अग्रज नेताहरुलाई सुइँको सम्म नदिएर आÏना पक्षेका ८२ जनालाई केन्द्रीय सदस्ये बनाएपछि अब भने राप्रपा टुक्रिने लगभग पक्का भा’छ । गोडापाँचेक महिना अगाडिमात्र एकीकरण भएको राप्रपालाई कमलाउले आÏनो एकलौटी बपौति ठानेपछि पशुपति शमशेरको नाकबाट धुवाको मुस्लो छुटेको छ । नामै पशुपति त्यसमाथि नाकैबाट धुँवाको मुस्लो छुटेपछि पार्टी सग्लो रहने त
कुरै भएन ।
मधेशम आश रे
नमच्चिने पिङको सय झड्का भनेझैँ देशभरिबाट सिनित्त बढारिएको माउवादी केन्द्रलाई मधेशबाट आशा लागेको छ रे । माने स्थानीय तहको तेस्रोे चरणको निर्वाचनमा मधेशबाट अलि धेरै सिट ल्याउने ध्यान्नमा माउवादी लाग्या छ । कँग्रेसको बुई चढेर खुबै मच्चिएर हिड्या थ्यो अन्तेमा आपूm पनि डुब्यो कँग्रेसलाई पनि डुबाएको कस्ले बुझ्या छैन ? टिकापुरमा ११ करोड बाँड्दा पनि झालेमोलेले ब्याङ्ग पछार्देको प्रचण्डाउ आफै खोक्दै हिड्या छन् । अझ २ नं. प्रदेश † जति खन्याए पनि माउवादी कतै देखा पर्ला जस्तो छैन । संविधान सभाको निर्वाचनमा प्रचण्डाउ आफै
सिराहाबाट चिप्लिएका थे । रातारात बाक्सा साटेर तीन चार सएक मतले उकासेको किन बिर्सिएको होला ?
केन्द्रमा पहिलो हुन्छ रे ?
हैन हौ नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले के भन्या हँ ? अस्तिका दिन पोखरा पुगेर उन्ले भनेछन् स्थानीय तहमा काँग्रेसले लाजमर्दो ढंगले हारेपनि केन्द्रमा काँग्रेसले नै जित्छ भनेर ठोकुवै गरेछन् । बुद्धि बिग्रिएसी’ यस्तै हो । सधै केन्द्रमै बसेर खाने बानी परेको कँग्रेसलाई यसपटक जन्ताले लोप्पा खुवाएको सिंहले नबुझेको देख्दा घण्टाघरलाई कुरी कुरी लागेको छ । जरा भए पो टुप्पो हल्हली पलाएर आउँछ त ? जरै नभएसी कताबाट पलाउनु ? केन्द्रीय नेताहरुको त यस्तो बुद्धि छ अनि फुइøयाँ काँग्रेस उँभो लाग्छ ?
महिनादिन बढाउन माग
छुटेका मतदाहरुको नाम संकलन गर्न निर्वाचन आयोगले अस्तिका दिनदेखि १५ दिनको सीमा तोकेको छ । तर यो समये कम भयो एक महिना राख्नुपर्छ भनेर बुटवलतिर आफ्नै वडामा हारेका पूर्व स्वाँठ मन्त्री अस्तिका दिन आइकाजी माने बुढानिलकण्ठे काजीलाई दुई चार जना सडिया ठ्याँकेहरु लिएर वाल्वाटाराँ पुगेछन् । यता झालेमालेहरु गाउँ गाउँबाट छुटेका मतदाता लिएर निर्वाचन कार्यालय धाउन थाल्या छन् । अनि समय पुगेन भनेर काँग्रेसकै स्वाँठहरु चिच्याउँछन् । हैन यी सुकिला कँग्रेसहरुको सद्बुद्धि कहिले पलाउँछ हँ ? जिल्ला र गाउँ धाउने बेलामा केन्द्रमा लम्पसार पर्छन् । अनि चुनाउमा फाँक भएसी’ आÏनोले
अन्तरघात ग¥यो, झालेमाले पैसा बाँड्यो भनेर गला नै फुट्ने्गरी चिच्याउँछन् । यही ताल हो भने केन्द्र पनि शिव, प्रदेश पनि शिव होला जस्तो पो छ ।
पौड्याल वाको चेतावनी
जुन गोरुको सिङ छैन त्यसेको नाम तीखे भनेझै रामचन्द्रे बाले अस्तिका दिन बुढानिलकण्ठे काजीलाई चेताउनी दिएछन् । काजीले काँग्रेस सिध्याउनी भए भनेर वा चिच्याएका चिच्यायै छन् । काँग्रेस माडेर काजीलाई ढुट्टो पारिसके भनेर विचरा पिरोलीएका पिरोलियै छन् । कसैले सुने पो , सबै बलेकै आगो ताप्ने त हुन नि † ंसंसदीय दलका नेता नि देउवा, सभापति नि देउवा, पर्धानमन्तरी नि देउवा । पार्टीलाई खरानी नै बनाएनी सबै गतिला पद काजीसँगै छ । यसो दायाँ बायाँ गरेर लाभ काजीबाटै लिन सकिन्छ ।
रामचन्द्र बाले कसैलाई केही दिन सक्ने होइनन् । विचारा आपैm त महादेउ उत्तानो टाङ कस्ले देला वर । अनि वाले कजीलाई चेतावनी दिएर केही होला जस्तो छैन ।
असारे विकास
असार महिना कर्मर्चारीहरुका लागि साह«ै फलिफापको महिना हुँदो रै’छ हाम्रो देशाँ । अब हेरौ न अरुबेला कुर्सीमै ँगेर बस्ने, कार्यालयभित्रै पत्ति फिट्ने, रेष्टराँतिर गएर धोक्ने, मैयाहरुसँग डान्सवारमा गएर उफ्रनेहरु यतिबेला विकास निर्माणमा सक्रिय भएर लागेका छने । किसानलाई असारमा धान रोप्ने चटोरो हुन्छ कर्मचार्री हरुलाई चाहिँ कसरी बजेट सिध्याउने भन्ने चटारो । यतिबेला बजेट सिध्याउन भएका सडक खनेर गडडड रोडबाटै पानी बग्ने बनाएका छन्, अलकत्रा सुँघाएर खाल्डाखुल्डी पुर्ने, लात्ताले हान्दा प्वाक्क जाने बलिया ड्रेन निर्माणमा विचराहरु अहोरात्र खटिएका छन् । विचराहरुलाई बजेट सिध्याउने चटारोले हायल कायल बनाएको छ । जय होस् ।
अन्तेमा
यो देशलाई सतिले सरापेको भनेर त्यसै भन्या होइन । अब हेरौ न सबैभन्दा सिनियर, इमान्दार, नेताहरुको ढोका नचाहर्ने नवराज सिलवालाई एआइजी बनाएन छ । बनाउनु पनि हुँदैन इमान्दारहरु यो देशका भाइरस हुन् । एउटा इमान्दारले अरुलाई पनि इमान्दार बन्न उक्साउँछ । भ्रष्टहरुले राज गरेको देशाँ इमान्दार हुनु त अभिषाप हो । आइजीपी बन्नुपर्नैे मान्छेलाई रकम, गाडी दिएन, चाडी बजाउन आए भनेर तानावाना बुनियो अब अहिले एआजीसमेत बनाइएन । जय होस् भ्रष्टहरुको…।
