धरान÷ कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुल नजिक कार र टिपर एक आपसमा जुध्दा कार चालकको मृत्यु भएको छ ।
सोमबार करिव १ बजेको समयमा बा १६ च १०२९ कार र को १ ख ६१२८ ट्रिपर ठक्कर एक आपसमा ठोकिदा कार चालक इटहरी ६ का ४२ वर्षीय सुन्दर श्रेष्ठको घटना स्थल मै मृत्यु भएको
धरान प्रहरीले जनकारी दिएको छ । कारमा सवार पर्साका ३० बर्षीया सुनिल पटेल घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टका इन्चार्ज तिलक गिरीले जानकारी दिनुभयो । टाउकोमा उनको अवस्था सुधार उन्मुख हुदै गएको इन्चार्ज गिरीले जानकारी दिनुभयो ।
