दुर्गा पूजा अर्थात नवरात्री एक धामिर्क पर्व हो जसलाई नेपाली जनताहरुले वर्षमा एकपटक मान्ने गर्दछन्, दशैंको रुपमा । नौ दिनसम्म मनाइने भएका कारण यो पर्वलाई
नवरात्री भनिएको हो र यो अवधिभरी मानिसहरुले ब्रत राख्दै देवी दुर्गाको
आराधना गर्ने गर्दछन् । हरेक पूजाजस्तै दुर्गा पूजाको पनि अलग इतिहास रहेको छ । के तपाइलाई थाहा छ दुर्गा पूजा किन गरिन्छ ? सबैभन्दा पहिले दुर्गा पूजा कसले गरेका थिए ।
दुर्गा पूजा कसले र कहिले गरियो भन्ने बारेमा केही लिखित रेकर्ड छैन । तर किंवदन्तीहरु र पौराणिक कथाहरु अनुसार, दुर्गा पूजाको सुरुवात भगवान रामले गरेका थिए । नवरात्री असोज महिनामा मनाइन्छ र यो पर्वको सुरुवात भगवान रामले रावणसँग युद्ध गर्न जानुभन्दा अघि गरेको मानिन्छ ।
लंकामाथि विजय प्राप्त गरेर आफ्नी श्रीमती सीतालाई रावणसँग मुक्त गर्नका लागि भगवान राम दुर्गा माताको आशिर्वाद प्राप्त गर्न चाहन्थे । यस पूजामा भगवान रामले देवी दुर्गालाई १०८ कमलका फूलहरु अपिर्त गर्दै १०८ बत्ती पनि बालेका थिए । भनिन्छ, यस पूजाको क्रममा एक दानवले ती १०८ फूलमध्ये एउटा फूल चोरका थिए र भगवान
रामले पूजा पूरा गर्नका लागि उनको आँखा चढाउने विचार गरेका थिए ।
तर त्योभन्दा अघि नै दुर्गा माता प्रकट भएर भगवान रामलाई विजयको वरदान दिएकी थिइन् । नवरात्रीको नवौँ दिनमा भगवान रामले रावणको वध गरेका थिए । यही विजयलाई उत्सवका रुपमा मनाउने क्रममा नवरात्रीको पूजा गरिएको मान्यता जनमानसमा रहि आएको छ ।
