पहिलो चरणमा भएको प्रदेश नं. ३, ४ र ६ को मतगणना र घोषित परिणाममा काँग्रेस–एमाले अगाडि दोस्रो चरणको आगामी जेष्ठ ३१ गते हुने निर्वाचनमा प्रदेश नं. १, २, ५ र ७ का मतदाता प्रभावित हुने

धरान÷बीस बर्षपछि पहिलो चरण अन्तर्गत वैसाख ३१ गते भएको प्रदेश नं. ३, ४ र ६ को स्थानीय तहको निर्वाचनको मत गणना र घोषित परिणाम अनुसार हालसम्म नेपाली काँग्रेस र एमाले अग्रस्थानमा देखिएका छन् ।
मुलुकका चार महानगरपालिका काठमाण्डौ, ललितपुर, पोखरा र भरतपुरमा प्राप्त पछिल्ला मत परिणाम अनुसार एमाले अग्रस्थानमा देखिएको छ भने नगरपालिका र गाउँ पालिकाहरुमा समेत काँग्रेस, एमालेबीचमै जुहारी चलेको देखिन्छ । हाल घोषित मत
परिणामले दोस्रो चरणमा हुने प्रदेश नं. १, २, ५ र ७ को निर्वाचनमा मतदाताहरु प्रभावित हुने देखिएको छ ।
हालसम्म भएको मत गणनामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ भने नेपाली काँग्रेस दोसो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
यसैबीच देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा चलिरहँदा सबै महानगरमा एमालेले अग्रता लिइरहेको छ । भरतपुर महानगरपालिकामा एक पटक माओवादीकी रेणु दाहालले अग्रता लिए पनि फेरि एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।
काठमाडौं महानगरपालिकामा झनै ढिलो गणना भइरहँदा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यलाई दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा छन् । उनलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले
पछ्याइरहेकी छन् ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले कांग्रेसका चिरिबाबु महर्जनलाई पछि पारेर अग्रता कायमै राखेका छन् ।
पोखरा महानगरपालिकामा पनि एमालेका मानवहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रामजी
कुँवरलाई सुरुदेखि नै पछि पारेर अग्रता
लिइरहेका छन् ।
लाखभन्दा बढी मत खसेका महानगरपालिकामा जुन गतिमा मतगणना भइरहेको छ,निर्वाचन आयोगले विकल्प नखोज्ने हो भने महानगरपालिकाहरुको गणना एक सातामा पनि सकिने देखिँदैन ।

तपाईको प्रतिक्रिया