विजयपुर अध्यात्मिक मञ्चको अध्यक्षमा पितरुमल अग्रवाल

धरान÷विजयपुर अध्यामिक मञ्च सुनसरीको १८ औं साधारणसभाबाट पितरुमल अग्रवाल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।
धरान २ गीता मन्दिरको सभाहलमा भएको १८ औं अधिवेशनबाट अग्रवालको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति सर्वसम्मतबाट चयन भएको हो ।
अधिवेशनबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा नैनकला न्यौपाने, उपाध्यक्षमा शान्ता अधिकारी, महासचिवमा उद्धवप्रसाद अधिकारी, सचिवमा कमलप्रसाद भट्टराई, कोषाध्यक्षमा पंकज घिमिरे र प्रचारप्रसार सचिवमा दुर्गा काफ्लेलाई सर्वसम्मत चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा क्रमश ः राजेन्द्र भण्डारी, भुपध्वज बुढाथोकी, सुभद्रा सुवेदी, अरुणा पोखरेल, गंगाप्रसाद रेग्मी, हिमप्रसाद ओझा, सन्दिप सुवेदी, हरिप्रसाद ढकाल, कमलशंकर नेपाल सर्वसम्मत चयन भएका छन् ।
पूर्व अञ्चलाधीश समाजसेवी सूर्यप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको अधिवेशनको पहिलो सत्रमा
राप्रपाका नगर अध्यक्ष जुद्ध लोहनी, प्रा.डा. भरतप्रसाद भट्टराई, निकेतन उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी रमेश राई, विश्वहिन्दु परिषद् नेपालका केन्द्रीय अध्यक्ष देवराज अधिकारी, नेपाल साना उद्योग वाणिज्य संघका केन्द्रीय सभापति झलक श्रेष्ठ लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने अधिवेशनको निर्वाचन अधिकृतमा शिशिर न्यौपाने
रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया