धरान÷ धरानकी इन्दु घिमिरे खरिद गरेको वाईवाई चाउचाउ म्याद गुज्रिएको भेटिएपछि अनुगमनको अख्तियारी पाएको प्रशासनले शनिवार भाटभाटेनीमा अनुगमन गरेको छ ।
घिमिरे चैत्र ३१ गते खरिद गरेको १० वटै चाउचाउमा म्याद गुज्रिएको पाइएपछि प्रशासनले आफ्नो ध्यान केन्द्रित गर्र्दै शनिवार गरेको अनुगमनका क्रममा समेत अधिकांश खाद्यान्न तथा पिय पदार्थमा म्याद समाप्त मिति उल्लेख नभए पनि टेष्टिलो अचार प्याकमा भने मूल्य केरमेट गरेर बढाइएको पाइएको छ ।
भारतबाट उत्पादन भएको टेस्टिलो अचारको भारतीय रुपैया ४० रुपैया उल्लेख गरेको भएपनि त्यसमा केरमेट गरेर नेपाली रुपैया ७५ बनाइएको अनुगमनका क्रममा पाइएको हो । भारु ४० रुपैयाको नेपाली रुपैया नेरु ६४ रुपैया पर्ने भएपनि त्यहा पाइएको ९७ वटै बट्टामा त्यस्तो मूल्य उल्लेख भएको पाएपछि बेच्न नपाउन गरी प्रशासनले शिलबन्दी गरदिएको छ ।
अनुगमनका क्रममा भाटभाटेनीले गल्ति गरेको पाइएकोले आवश्यक
कारबाहीका लागि प्रक्रिया अगाडि
सारिएको इलाका प्रशासन कार्यालय
धरानका शाखा अधिकृत लोकमान श्रेष्ठले जानकारी दिनुभयो ।
यसभन्दा अगाडि पनि अनुगमनका क्रममा म्याद गुज्रिएकै खाद्य तथा पेय पदार्थ पाइपछि गोदाम शिल गरेर प्रशासनले कारबाही गर्दा पनि यस्तो कार्य नरोकिएको प्रति उपभोक्ता हित संरक्षण मञ्च क्षेत्रीय समितिले समेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका पूर्वाञ्चल अध्यक्ष उद्धव श्रेष्ठले पटक पटक यस्तो कार्य नदोरियोस् भन्ने अभिप्रायले भाटभाटेनीलाई चार्डै नै सचेतनात्मक पत्र पठाउने जानकारी दिनुभयो ।
यता भाटभाटेनीका जिम्मेवारी व्यक्तिले समेत आफूहरुको गल्ति भएको स्वीकारेको छ । भाटभाटेनीकी धरान शाखा म्यानेजर सुरेखा मिश्रले कोरमेट भएको अचारको विषयमा आफूहरुको कुनै गल्ति नभएको दाबी गरे पनि म्याद गुज्रिएको चाउचाउका सम्बन्धमा भने आफूहरुबाट गल्ति भएको र पुनः त्यस्तो गल्ति नदोहो¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
फेला परेको त्यस्ता अचारलाई प्रशासनले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ सुनसरीका प्रतिनिधि, उपभोक्तावादी संघ संस्थाका रोवहरमा बेच्न नपाउने गरी शिलबन्दी गरेको छ ।
