का“ग्रेस अब जुट

सिद्धिकर्ण शर्मा
नेपाली काँग्रैस (२००३) राजनीति एकीकृत भएको ७० बर्ष पार गर्दैछ यसका अङ्ग प्रत्यङ्गमा उतारचढाव धेरै भए । ठूलाठूला चुनौतिहरुको सामना गर्दै आÏनो उद्देश्यलाई विस्तार गर्दै आउँदा यसको जन्मदाता पिता माता सले छाडेर जानुभयो । बीपी कोइरला (सानदाजु) ले त जीवनमासुखको अनुभूति गर्नुभएन, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई तथा गिरिजाबाबुदेखि मंगलादेवी भाउजुलाई सुख चयन कहिल्यै आएन प्रजातन्त्र नै उहाँहरुको प्यारो थियो । जीवन प्यारो कहिल्यै भएन । प्रजातन्त्र नरहे देश रहँदैन भन्ने बीपीको सिद्धान्त र पार्टीको आदर्श थियो । सुवर्ण शमशेर, रुद्रप्रसाद गिरी लगायत पंत्तिःकार समेत भारतबाट पार्टी छाडी पञ्च हुन आउँदाको दुःखद् व्यवहार अहिले पनि सुधारिएको छैन । नेता कार्यकर्ता गुट–फुटको सिन्ताको छहारीमुनि बेको देख्दा अब नेपाली काँग्रेस कहाँ छ † भन्दै खोज्नुपर्ने अवस्था आइसकेको छ । शुशिल बबुको दुःखद निधनपश्चात नेपाली काँग्रेस, वडा, गाउँ, नगरहरुमा आउको हावाहुरी बतासले ल्याएको धुलो मैलेले आँखा अन्धा बनाइदिएको छ जस्तो देखिन्छ । वडा, गाउा, नगरस्तरका नव निर्वाचित नेताज्यूहरु अहिले कहाँ आनन्दमग्नसँग निधाइरहनु भएको छ । अब निन्द्राबाट व्युझिने बेला आइसकेको छ ।
दुई तिहाई बहुमत ल्याएर देश बनाउँछु भन्दै दोस्रो शक्ति नेकपा एमालेका नेताहरु राष्ट्रि जन जागरणको अभियानमा मेची महाकालीको दौडाहा जानुभयो । यो दौडाहाले नेपाली जनतामा के असर पार्ला ? गत बर्षको कर्मचारी तलब बृद्धिको गुणगग्राही एकातिर छ । अकोर्एतिर सविधान ससोधन ससदबाट असफल पार्ने जस्ता राष्ट्रवादी उद्घोषले गर्द जनमानसमा पक्कै पनि चेतना दिनेछ । (२०७४) वैसाख ३१ गते मुलुकले २० बर्षे आयुको काँचुली फेर्ने अवसर प्राप्त गर्दैछ । पजातन्त्रको चेतनचनामुलक सन्देश लिएर घरैदैलो गुर्नपर्ने बेलामा नेपाली काँग्रेस केन्द्रदेखि वडासम्म निदाइरहेका छन् । खै काँग्रेसको कार्यक्रम ? गुटगतको नीति अवलम्बन गरेका पार्टीका नव निर्वाचित नेताज्यूहरुले आÏनै वडामा उमेद्वार दिने कार्यकर्ता नपाइएला भन्ने डर छ ।
आफूहरुलाई चाकरी नदिने कार्यकर्ताको पत्ता कटाउन माहिर नेताहरुले अब रिसराग द्वेष त्यागेर आÏना कार्यकर्तामाझ जानुको विकल्प देखिदैन । पार्टीको अस्तित्व बचाउने बेला आइसकेको छ । गिरिजाबाबुले जस्तो पार्टी संगठन गर्दा बीपी सानदाजुले जस्तै गरी वर्गीय संगठन विस्तार गर्नुपर्छ । नेपाल प्रहरीका तीन खेमा र नेपाली सेनाका पूर्व कर्मचारी संघ, बुद्धिजीवि र उत्तरदायी हुन्छन् । त्यस्तै जेष्ठ नागरिक सघ पनि राजनीतिका ज्ञान कोष हुन् । प्रजातन्त्र ल्याउनेम यिनीहरुको ठूलो योगदान छ । यी सबैलाई नेपाली काँग्रेसले उपेक्षा गर्नु हुँदैन । यो संक्रमणकालमा काँग्रेसलाई चाररिबाट चेपुवामा पारेको छ । झन पार्टीभित्रै पौडेल ज्यू र देवा ज्यूको अत्तः करणमा मेल नदेखिु भनेको विडम्बना बनेको छ । त्यसैको ज्वलन्त हो स्थानीय वडासम्म पैलिएको विभाजन पार्टीभित्रको यो तुसारापात हटाउन र मेटाउन कि त नेताहरु नै गाउँ पालिका तथा नगरपालिकामा गईउकतावद्ध गराउनुपर्छ कि त कुर्सीमा बसेका अन्य नेतालाई नै अनुशासनको प्रशिक्षण दिएर नयाँ पुरानलाई एकता गराउनुपर्छ । नत्र आगामी वैसाख ३१गते हुने निर्वाचनमा नेपाली कँग्रेसकोदुःखद पराजय हुन बेर छैन ।
स्थानीय तहका नेकाका नेता एवम् कार्यकर्ताहरु केन्द्रको मुख नताक तपाईहरुको प्रतिष्ठा बचाउन पनि म पार्टीलाई कोरामीनको सुई दिएर बचाउछु भन्ने प्रतिज्ञा गर । आÏनो सहकर्मी साथीको रिसडाह गर्नु भनेको तपाईको ठूलो कमजोरी हुनेछ । भोलि पश्चाताप गर्नु हुँदैन । वडा नगर क्षेत्र भएर घरदैलो कार्यक्रम बनाउ । मतदाता नावावली संकलन गर । मतदाताको दृष्ट्रिमा खराब नदेखिएकालाई उमद्वारी बनाउँदा बाँसको तामा नुहेजसतो नुहेर घरदैलो गर्न थाल । पैडेल देउवा गुट नभनी राजनीति गर । तयो तिम्रो पुष्पदाकर हुन्छ । पार्टीको बैठक बोलएर पुराना साथीहरुलाईसँग साथमा लिएर हिँड्दा सानो बनिदिैन । मनभित्रको कालो मैलो धोई पखाली गरी शुद्ध बनेर निस्कदा जनताले तिमालाई पत्याउने छन् । हामो सम्मानित नेता ज्यूहरले बोल्नु भएका अम्बरवणीलाई स्कृतिमामा राख्नुपर्छ ।
(लेखक प्रजातन्त्र सेनानी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया