नेपालमै पहिलो पटक पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञ (अठारवटै पुराण) धरानमा भव्य रुपमा शुरु (अठार पुराण ः मार्कन्डेय, मत्स्य, भागवत, भविष्य, व्रम्ह, व्रम्हाण्ड, व्रम्हवैतवे, विष्णु, वराह, वामन, शिव, अग्नी, नरदिप, पदम, लिंग, गरुड, कुर्म, स्कन्द)

धरान÷विगत एक बर्षदेखिको अथक प्रयासबाट अन्ततः विश्व हिन्दु परिषद् नेपालको आयोजनामा धरानमा वृहत सत्सङ्ग, शास्त्रार्थ एवम् पिण्डेश्वर अस्टादश महापुराण ज्ञान महायज्ञ हिजोदेखि शुभारम्भ भएको छ ।
हिजो फागुन १७ गते मंगलबारका दिन धरान नगरीमा अठारवटै महापुरणको भव्य शोभायात्रा भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीम्मका पवित्र नदीहरुबाट ल्याएको जल सहितको कलश यात्रा, दुई वटा हात्तीद्वारा कलश यात्रासँगै बजार परिणमा गरिएको छ । महायज्ञको विधिवत शुभारम्भ गर्न नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य कौशिकीघाट चतराधाम (पुरानो हरिद्वार) बाट पैदलै हिडेर धरान आइपुग्नु भएको छ । महायज्ञको शुभारम्भ पश्चात प्रत्येक दिन ॐकार
परिवारभित्रका कुनै एक विशिष्ट व्यक्तित्व एवम् धर्म गुरुको प्रमुख आतिथ्यमा नेपाल अधिराज्यको चौधै अञ्चलबाट आउनु भएका विद्वान पण्डित वाचक मध्ये एक जनाबाट एउटा पुराणको सारसंग्रह दैनिक वाचन तथा प्रमुख अतिथिको सारगर्भित सम्बोधन भई २१ दिनपछि चैत्र ६ गते आइतबार दिन १८ वटै महापुराण ज्ञान महायज्ञ कार्यक्रमको समापन हुने भएको छ । एकै पटक एउटै मण्डपमा २१ दिन भित्र १८ पुराण सुन्न पाइने अवसरलाई दुर्लभ मानिन्छ ।
यसैगरी १८ पुराणको नेपाली भाषामा सारसंग्रह समेटिएको विशाल ग्रन्थ समेत विमोचन हुनेछ । उक्त सारसंग्रहले नेपाली भाषी श्रद्धालुजनले नेपाली भाषामै आफनै घरमा बसी बसी आफै अठार पुराणको अध्ययन र मनन गर्न पाउनेछन् । महायज्ञको सबैभन्दा आकर्षक पक्ष भनेको संकल्प हो । आयोजकहरुले संकल्प गर्नेहरुको संख्यालाई सीमित राखेका छन् । संकल्पकर्ताहरुले आफ्नो नाम आयोजक समिति समक्ष दर्ता गराई संकल्प गर्नुपर्नेछ । १८ वटै पुराणको संकल्प शुल्क २१ हजार १ सय ११ राखिएको छ भने आफ्नो इच्छाले सहयोग गर्न चाहनेले पनि सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञले धर्म, संस्कार, संस्कृति, परम्परा र इतिहासप्रति सचेत हुन सिकाउछ
देवराज अधिकारी
अध्यक्ष विश्वहिन्दु परिषद नेपाल
विश्वहिन्दु परिषद् नेपालको अयोजनामा धरानमा वृहत सत्सङ्ग,शास्त्रार्थ एवम् पिण्डेश्वर अठार महापुराण ज्ञान महायज्ञको सुभारम्भ भएको छ ।
–विश्व हिन्दु परिष्द् नेपालका अध्यक्ष देवराज अधिकारी भन्नुहुन्छ–– वैद्धिक सनातन धर्मालम्बीहरुलाई आजको अवस्थामा वैद्धिक सनातन धर्मको पक्षमा आफ्नो धर्म संस्कर, संस्कृति, परम्परा र इतिहासप्रति सचेत हुन र जागरुक भई संरक्षण गर्न महायज्ञको आयोजना गरिएको हो ।
–महायज्ञ शुभारम्भ हुनु भन्दा एक दिन अगाडि पितृहरुलाई स्मरण गदै कार्यक्रम सम्पन्न गर्न आर्शीवादको लागि नान्नेमुखी सम्पन्न ।
–समाजमा हामीले परम्परागत रुपमा मानि आएको यथार्थलाई वर्तमान अवस्थामा विभिन्न तत्वहरुले कमजोर बनाउन लागेको देखिएकोले हामीले आफनो ठाउँबाट प्रयास गरेमा बचाउन सकिन्छ भन्ने सोचले यसको आयोजना गरेका हौं ।
–महायज्ञबाट संकलित रकमबाट विश्वकै सबैभन्दा ठूलो अष्टधातुको त्रिशुल पिण्डेश्वर बाबाधाम परिषरमा राखिने छ । अष्ट धातुमा तामा, सुन, चाँदी, पित्तल काँसा, फलाम लगायतका धातुहरु रहने छन् ।
–पाठ गर्ने व्राम्हणहरु ३१ जना हुन्छन् प्रवचन गर्नेहरु १८ जना
हुन्छन् ।
पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञले धरान धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना बढेर जानेछ
राजेन्द्र साह
कार्यक्रम संयोजक
अध्यक्ष–सुनसरी उद्योग वाणिज्य संघ
–धरान पर्यटकीय दृष्टिले त्यसमा पनि धार्मिक पर्यटकको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । नेपालमै पहिलोपटक यस प्रकारको महायज्ञको आयोजना धरानमै हुनु सम्पूर्ण धरानेहरुका लागि गौरवको कुरा हो ।
–सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष समेत रहनु भएका साह भन्नुहुन्छ– यतिबेला महायज्ञमा नेपालको अत्यन्तै दुर्गम क्षेत्रहरु रोल्पा, रुकुम, मनाङ्ग, मुस्ताङ, डोल्पा, दैलेख, लगायतका स्थानबाट मानिसहरु
आइरहनु भएको छ । उहाहरु महापुराण अवधिभरि धरानमा बस्दा यहाँका ऐतिहासिक मठ मन्दिरहरु पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, विष्णुपादुका, बराहक्षेत्र, चतराको औलिया बाबा, रामधुनीको दर्शन गर्नुहुनेछ । यसले यहाँको धार्मिक पर्यटनलाई आगामी दिनमा थप प्रोत्साहन गर्नेछ ।
–नेपालका प्रथम जगतगुरु अनन्तश्री विभुषित वालसन्त मोहन शरण देवाचार्यबाट अनुष्ठानको उद्घाटन गरिनेछ ।
–अठारवटै महापुराणको नेपाली भाषामा सारसंग्रह समेटिएको महत्वपूर्ण विशाल ग्रन्थको विमोचन हुनेछ ।
–प्रत्येक दिन ॐकार परिवारभित्रका एक विशिष्ट व्यक्तित्व एवम् धर्म गुरुको प्रमुख आतिथ्यमा नेपाल अधिराज्यको १४ अञ्चलबाट आउनु भएका विभिन्न वाचक विद्वान पण्डित ज्यूहरुले हरेक दिन एक एक पुराणको कथा सार संक्षिप्तमा व्याखा गर्नु हुनेछ ।
धरानका लागि गौरव हो
माणिकचन्द सुराणा
सह–संयोजक
आयोजक समिति
–धरानमा पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञ हुनु नै सबैभन्दा ठूलो गौरवको कुरा हो । यस प्रकारको महायज्ञ एकै स्थानमा नेपालमा मात्र हैन भरतमा समेत कही भएको मलाई थाहा छैन ।
–धरानमा यस प्रकारको कार्यक्रम गर्ने योजना विश्वहिन्दु परिषद् नेपालले गरेको हो । त्यसले अहिले आएर साकार रुप लिएको छ । हालसम्म सम्पूर्ण काम योजना अनुरुप नै दुरुस्त रुपमा अगाडि बढेको छ ।
–म सह–संयोजकको नाताले अन्य साथीहरु सूर्यशेखर श्रेष्ठ लगायत हरेक क्षेत्रमा सक्रिय भएर लागि रहेका छौ । मेरो जिम्मेवारी छुटयाइएको भएपनि जतिबेला जे काम आइलाग्यो त्यसैमा दौडिएको छु । कहिले संयोजक राजेन्द साहसँगै आर्थिक संकलनमा दौडिए, कहिले महायज्ञका विषयमा स्थानीयलाई जानकारी गराए । अर्थात जे जति काम भएको छ सबैमा मैले आफूलाई सहभागी गराएको छु । महायज्ञप्रति स्थानीयले देखाएको उत्साहको मुक्तकण्ठले प्र्रसंसा गर्नैपर्छ ।
खानपान र आवासको समुचित व्यवस्था
गौरीशंकर अग्रवाल
संयोजक
आवास तथा व्यवस्थापन समिति
–धरानमा हिजोदेखि शुभाम्म भएको पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञमा देश तथा विदेशबाट आउनु हुने श्रद्धालु भक्तजनहरुको लागि आयोजकका तर्फबाट आवास व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाउनु भएका समाजसेवी गौरीशंकर अग्रवालले आÏनो जिम्मेवारी पूरा भइसकेको बताउनु भएको छ ।
–धरान वडा नं. ५ स्थित रहेको गीता मन्दिरको धर्मशालाका सम्पूर्ण कोठाहरु, अग्रसेन भवनका सम्पूर्ण कोठाहरु आगन्तुकहरुका लागि बुक
गरिएको छ । यी दुवै धर्मशालाम ३ सय आगन्तुक बस्न सक्ने र अपुग भएमा धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको गेष्ट हाउस र बसन्त स्मृति प्रतिष्ठानलाई समेत पााहुनाका लागि बुक गरिने अग्रवालले बताउनुभयो ।
–महायज्ञमा हालसम्म अर्थात कलश शोभा यात्राको पहिलो दिन वाग्लुङ, महाकालीको कञ्चनपुर, चितवन, भक्तपुर, काठमाण्डौ,
विराटनगर, इलाम, खोटाङ्ग, ताप्लेजुङबाट भक्तजनहरु आइसक्नु भएको छ । आगन्तुक टाढा टाढाबाट आएकाहरुका लागि आयोजकका तर्फबाट आवास र खानपिनको निःशुल्क व्यवस्था गरिएको छ ।
त्र

तपाईको प्रतिक्रिया