गजल

मधु प्याला
मधुशाला, धरान–७

दिएकी थियौ नपिउने कसम, निभाउनु छ अन्र्तज्वाला के गरु म ?
हिडेको थिए भगवानको मन्दिर, आइपुगे मधुशाला के गरु म ?

जड्याहा बनाएरै छाड्ने भयो, नाइ नभन्ने मेरो बानीले
भोलि न आउने दिदैछिन् निम्तो, विदाईमा मधुबाला के गरु म ?

तिमी भन्छौ पिए मरिन्छ, कोही भन्छ पिउनाले बाँचिन्छ
जहर हो कि यो औषधि हो, भनुला पिइहाला के गरु म ?

भागबण्डा ग¥यो पिरतीले कस्तो, हत्था दिएर हातमा तिम्रो
सहन सकिन भागमा परेको, दर्दको तीखो भाला के गरु म ?

यो झोलले ठूलो काम भयो, बद्नामी सही नाम त भयो
शेर सुनाउदै थमाउछ शायर, भएिको मधु प्याला के गरु म ?

विसञ्चो मेरो सुनेर सोधिन, कुन दबाई ल्याउनु भएको छ ?
तुरुन्तै लाग्ने भट्टीमा पाइने, ल्याएको छु असरवाला के गरु म ?

सुम–सुमाएको थुम–थुमाएको, सिलाएको र टालेको थिए
दुख्दैछ फेरि जिन्दगी आज, उप्कियो घाउछाला के गरु म ?

तपाईको प्रतिक्रिया