बंगलादेशमा मनाङका लागि किरण चेम्जोङ तगारो

सात पटकको लिग च्याम्पियन क्लब मनाङ मर्रुयाङ्दी ४ वर्षपछि विदेशी भूमिमा अर्को उपाधि जित्न लालायित देखिन्छ । यसैका लागि सोमबार साँझ ६ बजेर १५ मिनेटमा मनाङ बंगलादेशमा आयोजना भइरहेको शेख कमाल अन्तर्रा्ष्ट्रिय क्लब कपअन्तर्गत फाइनल प्रवेशका लागि माल्दिभ्सको टिएस क्लबविरूद्ध उत्रिँदैछ ।
झापामा गत महिना झापा गोल्डकपको उपाधि जितेर बंगलादेश पुगेको मनाङको मनोवल उच्च छ । तर, मनाङको अगाडि आज आफ्नै क्लबका पूर्व गोलरक्षक किरण चेम्जोङ सबैभन्दा ठूलो तगारो बन्दै छन् ।
किरणलाई यही प्रतियोगिता अगाडि मादिभ्स क्लबले एक वर्षका लागि अनुबन्धित गरेको थियो । उनी अहिले उत्कृष्ट लयमा छन् । किरण २०१५–१६ को सिजन मनाङमा आवद्ध थिए । त्यसैले उनलाई मनाङको बलियो र कमजोर पक्ष दुवै थाहा छ ।
यो प्रतियोगिताअन्तर्गत लिग
चरणको खेलमा किरणले २ गोलमात्र खाएका छन् । उनको स्तरीय प्रदर्शनका कारण टिएस क्लब अपराजित बन्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।
मनाङ भने भाग्यले साथ पाएपछि सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणको खेलमा बंगाली क्लब ढाका मोहम्देनले अफगानी क्लब साहिनलाई २–१ गोलले पराजित गरेपछि मनाङ राम्रो गोल औसतमा सेमिफाइनल प्रवेश गरेको थियो ।
त्र

तपाईको प्रतिक्रिया