तीन वर्षभित्र १५ सय मेगावाट बिजुली उत्पादन हुन्छः घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी तीन वर्ष भित्र १५ सय मेगावाट विद्युत उत्पादन हुने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले नेपालमा जलविद्युत क्षेत्रको विकास उत्साहजनक ढंगले अघि बढिरहेको दाबी गरे । उनले जलविद्युतमा लगानी गर्ने उद्यमीको लगानी र विद्युतको अभावमा कुनै पनि उद्योग डुब्ने अवस्था नआउने पनि उल्लेख गरे । ‘उद्योगको माग अनुसार विद्युत वितरण गर्न नेपाल विद्युत प्राधिकरण समक्ष छ’, घिसिङले भने ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले विद्युत अभाव भएकाले रुग्ण अवस्थामा रहेका उद्योग संचालनका लागि समस्या भइरहेको बताए । उनले जलविद्युत क्षेत्रको लगानीको प्रतिफल सर्वसाधारणले पाउन अझै केही समय कुर्नु पर्ने अवस्था रहनु उद्योगी व्यवसायीका लागि खुसीको कुरा नभएको टिप्पणी गरे ।
कार्यक्रममा उर्जाविद्हरुले उर्जा क्षेत्रबाट आउने मुनाफा जति नेपाल विद्युत प्राधिकरणमा खर्च हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया