धरान, ÷सुच्चा राई कल्याणकारी समाजले छोरी चोमालङ राइको स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
धरान ६ भानुचौकमा शनिवार भएको रक्तदानमा ९२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा ५७ पुरुष र महिलाले ३५ महिलाल रक्तदान गरेका थिए ।
सुच्चा राई कल्याणकारी समाज केन्द्रीय समितिले आयोजना गरेको सो
रक्तदान कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले गर्नुभएको थियो । यस्तै रक्तदान कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव विनोद सुच्चा राईले गर्नुभएको थियो ।
