धरान÷सविधानसभाका पूर्व अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङ्गले नब्बे प्रतिशत भन्दा बढी जनताका प्रतिनिधिले बनाएको नेपालको संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन नै हुन नदिन विदेशी शक्तिहरु हात धुएर लागेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले २७ नं. बुद्धिजीवि शाखा कमिटी इटहरीले शनिवार गरेको
अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङ्गले त्यस्तो आरोप लगाउनु भएको हो । उपनेता नेम्बाङ्गले छिमेकी मुलुक भारतको नामै किटेर भन्नुभयो
भारतीय नेतृत्वले नेपालको आन्तरिक मामलामा चलखेल गरिरहेका छन् ।
उहाँले भन्नुभयो भारतीय नेतृत्वले नेपालको सविधानप्रति भ्रम छर्ने काम
गरिहेका छन् । उनीहरु भन्छन्, नेपालले दुई दिनमै सविधान बनायो । भारतीय चेलीहरु विवाह गरेर नेपाल आउँदा
नागरिकता पाउँदैनन्, जनसंख्याको हिसाबले प्रदेश बनाउनुपर्छ, तराईमा पहाड मिसाउनु हुँदेन आदि आदि । यो सबै आन्तरिक ममलामा हस्तक्षेपको नमुना हुन भन्दै उपनेता नेम्बाङ्गले कुनैपनि भारतीय चेलीहरु विवाह गरेर नेपाल आउँदा सात दिन भित्रैमा वैवाहिक अंगीकृत नागरिकता पाउँछन् तर नेपाली चेलीहरु विवाह गरेर भारत जाँदा सात बर्ष पर्खनुपर्छ ।
नेपालको संविधान जारी भएपछि तीन महिनामा भारतबाट विवाह गरेर नेपाल आएका ५ सय ४६ जना भारतीय चेलीले वैवाहिक अंगीकृत नागरिकता पाए, ६ महिनामा २० जिल्लाका २५ सयले त्यस्तो नागरिकता पाए भने अहिले भारतीय चेलीहरुले वैवाहिक अंगीकृत नागरिकता दश हजार भन्दा बढी लिइसकेका छन् । मधेशवादी दलहरुलाई उचालेर भारतले नेपालको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गरेको पटक पटक दोहो¥याउदै नेम्बाङ्गको प्रश्न थियो, हामीलाई मधेशी
विरोधीको पगरी समेत गुथाइएको छ । उहाँले भन्नुभयो काँग्रेस, एमाले, माअोवादी र अन्य दलका गरी १३ जना अंगीकृत नागरिकता भएका चेलीहरु सांसद छन् । उहाँको
आरोप थियो सविधान बनाउने बेला नेपालको नाम, झण्डा समेत परिवर्तन गर्न दबाब आयो तर त्यसलाई मेरै सक्रियता र पहलले परिवर्तन हुन नदिएको पनि उहाँले सुनाउनुभयो ।
उपनेता नेम्बाङ्गले भन्नुभयो नेपालको सविधान दुई दिनमा बनेको होइन । यो सविधान ५ बर्ष ८ महिनामा तयार भएर जारी भएको हो । नेपाली जनताको सविधान भएकोले यसका जराहरु हल्लाउने षड्यन्त्र भारतबाटै भइरहेको भन्दै नेम्बाङ्गले नेपालमा २००४ साल, २००७ साल, २०१५ साल, २०१९ साल, २०४७ सालमा बनेको जस्तो संविधान अहिलेको होइन । त्यसबेला बनाइएका संविधान शासकले अर्थात
राजाहरुले केही विज्ञ राखेर र मस्यौदा बनाएर जारी गरिएको थियो । अहिलेको सविधान जनताले जनताका लागि बनाएको संविधान हो । यो सविधानको सट्टामा अब अर्को संविधान आउनै नसक्ने उहाँले ठोकुवा गर्नुभयो । सविधानप्रतिको नेपाली जनताको चाहना ७० बर्ष पछि आएर पूरा भएको छ । उहाँले थप्नुभयो, तराईलाई पहाडबाट अलग गराउने अत्यन्तै ठूलो षड्यन्त्र भइरहेको छ । पछिल्लो पटक सविधान ससोधन दर्ता सत्ता पक्षले जुन गराएको छ त्यसलाई एमालेले विफल गराएरै छाड्छ । जनसंख्याको
आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने हो भने चार हजार जनसंख्या भएको मनाङ, मुस्ताङ्ग जस्ता जिल्ला जनप्रतिनिधिविहीन हुन्छन् । त्यसैले पनि संसोधनको विरुद्धमा एमाले लागेको हो । झण्डै पाँचसय एमाले बुद्धिजीविहरुको उपस्थितिमा भएको उक्त अन्रक्रियात्मक कार्यक्रममा एमाले
सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी, स्कुल विभाग प्रमुख मुरारी सुवेदीले समेत बोल्नुभएको थियो ।
