सुनसरीमा छुरा प्रहार गरी युवकको हत्या गर्ने पक्राउ

सुनसरी, पुरानो रिसिईवीको कारण सुनसरीको ईटहरीमा दिलकुमार भन्ने रिजन चौधरीलाई छुरा प्रहार गरी हत्या पश्चात फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १५ बस्ने २० वर्षिय जयनारायण चौधरी रहेका छन्। चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीको नेतृत्वमा खटिइको टोलीले घटनाको २४ घण्टा नबित्दै हत्यामा प्रयोग गरिएको छुरासहित ईनरुवा नगरपालिका २ बाट सोमबार पक्राउ गरेको हो ।
जयनारायणले पुरानो रिसिईवी साध्न सुनसरी मधेली गाविस ९ बस्ने २१ वर्षिय दिलकुमार भन्ने रिजन चौधरीलाई आईतवार साँझ ईटहरी १५ बरसाहास्थित आफ्नो भाउजुको घरमा आएको बेला छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते दिलकुमारको उपचारकाक्रममा गोल्डेन अस्पताल विराटनगरमा आइतबार राती मृत्यु भएको थियो। पक्राउ परेका जयनारायणलाई इलाका प्रहरी कार्यालय पकलीबाट जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया