‘घुम्न जाऔं धरान’ को नारासहित माघ ८ गतेदेखि धरानमा सडक उत्सव हुने

धरान÷ पुर्वको सुन्दर नगरी
धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले ‘घुम्न जाउ धरान’भन्ने मुद नाराका साथ धरान सडक उत्सव हुने भएको छ ।
पछिल्लो समयमा धरानमा सहाशिक खेलको हवको रुपमा विकास हुदै गएकोले सहाशिक खेलको प्रचार प्रसारसगै धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्येश्यले आगामी माग ८ देखी १० गते सम्म धरान सडक उत्सव हुन लागेको हो ।
होटल एसोसिएसनअफ धरानको आयोजनमा २ लाखको हाराकारीमा आन्तरिक तथा भारतिय पर्यकट आउने अपेक्षा गरिएको उत्सवमा साहाशिक खेलको प्रवद्र्धन सगै धरानमा रहेका विभिन्न आदिवासी जनाजातीको परिकार तथा भाmकीहरुको समेत प्रर्वद्धन गरिने होेटल एसोसिएसनका अध्यक्ष सुवर्ण श्रेष्ठको भनाई छ । उत्सव अवधीभर १ करोड बराबरको कारोबार हुने उपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
पछिल्लो समयमा नेपालमा पनि स्ट्रिट फुडको संस्कृती बढ्दै गएकोले सडकमा खाने र सडकमै रमाउन चाहने धरानसगै आपसका पर्यटकहरुको लागी लक्षित गरी आयोजना गरिएको उत्सवमा पुर्वमै पहिलो पटक सुरु गरिएको जंगल सफारी, प्याराग्लाइडिङ, ¥याफ्टिङ क्नोनिकको समेत विषेश छुटमा प्याकेज बनाइएको उत्सव आयोजक समितिका संयोजक तथा एसोसिएसनका महासचिव श्याम पोख्रेलले वताउनु भयो । धरान १२ चतरालाइनमा हुने उत्सवमा साहशिक
खेलसगै जातिय परिकार, अटोमोमाइल्स सगै औद्योगिक र निशुल्क स्वास्थ्य
परिक्षण सहित १ सय वटा विभिन्न स्टलहरु रहने संयोजकले पोख्रेलले वताउनु भयो ।
उत्सवमा सस्तो बजारसगै हस्तकलाका समाग्री समेत रहने उहाको भनाई छ ।
सडक उत्सवमा पर्यटन सुचना केन्द्र राखिने र त्यहाूबाट पर्यटकहरुलाई धरान र आसपासको पर्यटकीय गन्तव्यहरुको जानकारी दिएर घुम्न जान प्रोत्साहित गरिने आयोजको भनाई छ । उत्सवले धरानलाई पर्यटकीय हवको रुपमा विकास गर्न र स्थानीय उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्ने होटल व्यवसायीहरुको भनाई छ । उत्सवमा रस्सि तान , साइक्लिङ मिनि म्याराथुन लगाएतका खेलकुद प्रतियोगितासगै विभिन्न जातजातिका झाकी सहितको सागिंतिक तथा साँस्कृति कार्यक्रम समेत हुने होटल एसोसिएसन धरानका सचिव सचेन्द्र राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया