मगरहरुले धुमधामका साथ मनाए सार ल्हेस

धरान÷ आफ्नो पहिचानलाई बचाउने उद्दे्श्यले मगरजातिहरुले शनिवार सार ल्हेस (माघे संक्रान्ति) मनाएका
छन् ।
विगतमा घर घरमा मनाउने यो पर्व पछिल्लो समय सामुहिक मनाउन थालिएको छ । फुल फलेको बर्षको रुपमा मनाउने गरिएको यो पर्व धरानमा भने ०६२ सालदेखि नै सामुहिक रुपमा मनाउने गरिए पनि अन्य स्थानमा भने ०६५ सालदेखिमात्र मनाउन गरिएको हो ।
नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा धरानको सैनिक भवनमा धरानका मगरहरुले हर्षोल्लासका साथ सार ल्हेस मनाएका छन् । विगतमा आन्दोलनको रुपमा सामुहिक रुपमा मनाउन थालिएको यो पर्व अहिले पनि आन्दोलनकै रुपमा मनाइदै आएको नेपाल मगर संघ धरान उपमहानगर समितिका अ्रध्यक्ष चित्रथापा मगरले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन जितबहादुर सिञ्जाली प्रतिष्ठान काठमाण्डौका अध्यक्ष सञ्जोग मगरले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता म्युजिक चेयर, घैला फुटाउने र टोपी लुकाउने प्रतियोगितामा प्रतिष्पर्धा गराइएको थियो भने मगरहरुको जातीय नाच कौडा नृत्य तथा स्थानीय कलाकाहरुको बेजोड प्रस्तुति राखिएको थियो ।
नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा सूर्योदय विद्या विहारका अध्यक्ष प्रदीप थापा मगरेले निर्माण हुन लागेको मगर वौद्ध गुम्बाका लागि ५० हजार सहयोग समेत गर्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजाति समन्वय जिविस सुनसरीका अध्यक्ष सन्दिप श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासघ सुनसरीका अ्रध्यक्ष रामबहादुर योञ्जन लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया