लोकतन्त्र आएपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाड्यो । यो वर्ष पनि सरकारले कुनै औपचारिक कार्याक्रम गरेन । तर, क्रिसमसमा विदा दिने सरकारले पृथ्वी जयन्तीलाई चटक्कै विर्सिएको भन्दै आलोचना भएको
छ ।
यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिका सह–संयोजक समेत रहेका इतिहासविद् तथा संस्कृतिविद् डा. रमेश ढुंगेलसँग गरेको कुराकानीः
पृथ्वीनारायण शाहबारे हामीकहाँ वस्तुगत मूल्यांकन कत्तिको भएको छ ?
– हुँदै नभएको त होइन । एक तप्काबाट भएको छ । तर, राष्ट्रिय स्तरमा धेरै कुरा चिन्तन नै नगरीकन भावावेश र हुलमुलमा बिगार्ने हाम्रो प्रवृत्ति बढेको छ । विगत एक–दुई दशयताको राजनीतिक परिवर्तनको क्रममै यस्तो भयो । एउटा तप्काले पृथ्वीनारायण शाहको योगदानलाई भुल्नु हुँदैन भनेर आवाज उठाइरहेको छ । तर, राष्ट्रले हुलमुलवादलाई प्रश्रय दियो । जनतामा बहसै नगरीकन पृथ्वी जयन्ती र एकता दिवस हटाइयो ।
युद्ध र आन्दोलनको बेला पृथ्वीनारायणलाई नै मुख्य तारो बनाएर सालिकहरु ढालियो । जसले राष्ट्र निर्माण गर्रुयो र हामीलाई हाम्रो देश भन्ने जग दियो, त्यो जग नै भत्काउन थालियो । जुन राष्ट्रियताको लागि घातक थियो । पृथ्वीनारायण शाह ऐतिहासिक आवश्यकता थिए, उनी राजा मात्र नभई
राष्ट्रनिर्माता थिए भन्ने व्याख्या पहिल्यैदेखि हुनुपथ्र्यो । जुन नहुँदा आज इतिहासको अपव्याख्या गर्ने ठाउँ बनिरहेको छ । एकता दिवस नै नामेट पार्ने काम भएको छ । नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो ।
उनी एकीकरणका अभियन्ता र
राष्ट्रनिर्माता हुन् कि होइनन् भनेर पछिल्लो समय बहस भइरहेको छ, यो अवस्थामा
राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने आधारहरू के छन् त ?
– पृथ्वीनारायणलाई सम्झनु र उनलाई सम्मान गर्दै राष्ट्रिय दिवस मान्नु भनेको अहिले धमिरा लाग्दै गरेको नेपाली राष्ट्रियताको जुन जरा छ, त्यसमा फेरि नयाँ अंकुरण गराउनु हो । विरोधी तत्वहरुले त्यही कुरा बुझेर विरोध गरिरहेका छन् । नेपाल देश नरहोस् भन्नेले जरामा धमिरा छोडेको छ, पृथ्वीनारायणलाई सम्झिनु भनेको त्यो धमिरा मार्नु हो । त्यसैले धमिरा लगाउने तत्वले अनेक बहाना गरेर भरिसक्य अवरोध गर्छ । तर, हामीले एकता दिवसको मर्म छोड्नु हुँदैन । हामीले छोड्यौं भने नेपाल राष्ट्रको मुख्य जग नै बिर्से जस्तो हुन्छ । त्यो नभई न आजका हामी रहन्थ्यौं, न विभिन्न दलहरु हुन्थे, न त आजको अग्रगामी राजनीतिक फड्को मानिएको गणतन्त्र नै आउँथ्यो ।
कुनै देशलाई चट पार्नु छ भने सबैभन्दा पहिले त्यहाँको सांस्कृतिक र धार्मिक धरोहरमाथि नै आक्रमण हुने हो । त्यही कुरा अहिले भइरहेको छ । त्यसभित्रका संवर्द्धनकर्ता र निर्माणकर्ता पृथ्वीनारायण भएकाले उनीमाथि प्रहार भइरहेको छ ।
पृथ्वीनारायणको सालिक भत्काउने र एकता दिवसै नमान्ने कुरा के बाट प्रेरित भए जस्तो लाग्छ ?
– मानव स्वभाव परिवर्तन चाहन्छ, जुन स्वाभाविक पनि हो । दुई सय ५० वर्षयता धेरै शासकहरुले शासन गरे । मान्छेहरुमा एक किसिमको मनोटोनस पैदा भयो । शासकहरु नै खराब भएर देशको विकास भएन, हामी गरिब भयौं भन्ने धेरैलाई लाग्यो । विरोधमा व्यक्ति, समूह र राजनीतिक पार्टी आन्दोलित भए । परिवर्तन खोज्ने क्रममा पहिले गरेको योगदानलाई हुलमुलमा पारेर बिर्सने काम भयो । सोच्दै नसोची आज पृथ्वी जयन्ती बन्द गर्दिउ“m, भोलि पशुपतिनाथमा पूजारी फेर्दिउ“m, बहुमत भएको जातजातिलाई शासकसँग लगेर तिनीहरुको गलत परिभाषा जोडिदिऊँ भन्ने लहर चल्यो । सबै दोष शासक र तिनको संस्थापकमा लगेर हाल्दिने प्रवृत्ति हावी भयो । त्यही घानमा पृथ्वीनारायण परे । जुन पूर्णरुपमा गलत हो । सोचविचार तथा अध्ययन नगरी र इतिहास नबुझी गरियो । त्यसमा हामीले पुनर्विचार गर्नुपर्ने अवस्था छ ।
हामीले पृथ्वीनारायणलाई सम्झिनुपर्ने कारणहरु चाहिँ के हुन् ?
– पृथ्वीनारायण शाह नभएको भए अहिलेको नेपाल हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा जानुपर्ने हुन्छ । जन्मन त अर्को कोही जन्मन्थ्यो होला, कहिले जन्मन्थ्यो, धेरै समय पनि लाग्न सक्थ्यो । उनी सुरुमा त ठूलो देशको राजा हुन्छु भन्ने सोचले नै महत्वाकांक्षी भएर राज्य विस्तारमा निस्किए । सामन्ती युगमा त्यस्तो आवश्यकता थियो । तर, स्रोतहरु अध्ययन गर्दा उनी त तुलनात्मक रुपमा सन्तुलित, पक्षपातरहित देखिन्छन् । पाँच दर्जनभन्दा धेरै भुरेटाकुरे राज्यमा गोर्खा त जम्मा १२ हजार घर भएको सानो राज्य थियो । त्यति सानो राज्यले आफू हाराहारीको र आफूभन्दा ठूला राज्यलाई जित्दै जाने भिजन निकाल्यो । पछि राज्य विस्तार हुँदै जाँदा पृथ्वीनारायणलाई यसरी त
राज्य ठूलो र बलियो बन्ने रहेछ, यो क्षेत्रका धर्म–संस्कृति र सभ्यताहरु पनि बच्ने रैछन् भनेर सोच आएको देखिन्छ ।
उनी निश्चित धर्म र जातिको मात्र रक्षक बनेनन् । लडाइँका क्रममा आफ्नै सगोत्री समेत मार्नुपर्छ भनेर उनले आफ्नो गोत्र समेत परिवर्तन गरेका थिए । फेरि एकीकरणको अभियानमा उनको मार्ने र मिच्ने मात्र प्रवृत्ति थिएन । मेरो छत्र मान्नू, स्थानीय अधिकार तिमीहरुकै हुन्छ भनेर उनले सम्झौताको नीति पनि अपनाए । यस्ता भयंकर भिजन लिएर नेपाल राष्ट्र निर्माण गरेकोले उनको योगदान उच्च छ ।
सारा विश्वमा नै सामन्ती र साम्राज्यवादी शासन व्याप्त भएको समयमा पृथ्वीनारायण चाहिँ कसरी फरक थिए ?
– सामन्त युगमा तुलना ग¥यो भने उनी साझा संस्कृतिका परिचायक थिए । उनले मसँग खस छन्, खाँडहरु छन्, मगर छन्, गुरुङ छन्, यिनैलाई सदाएर मैले राज्य अघि बढाउनुपर्छ भनेका छन् । जो पहुँचमा छन्, उनीहरुलाई नै प्रयोग गर्ने हो । उनले गोर्खाबाट राज्य विस्तार अभियान सुरु गरे, त्यतिखेर एकैचोटि किराँत वा नेवारलाई सेना नायक त कसरी बनाउँथे ?
काठमाडौं उपत्यका जितेपछि यहाँ नेवारहरुको संस्कृतिको सबैभन्दा प्रशंसा गर्ने उनै हुन् । उनले राजनीतिक रुपमा विजय हासिल गरे पनि र सांस्कृतिक रुपले आत्मसमर्पण गरे । डबलीमा बोलाएर भारदारहरुले तीन वटै शहरका झाँकीहरु हेर्नू, मुजरा हेर्न नजानू भन्थे । सबै संस्कृति जस्ताको तस्तै संरक्षण गरेर राख्दिएको हुनाले उपत्यकाको नेवारी सभ्यता जीवित रह्यो ।
कुमारी प्रथा, सम्यक पूजा, कार्तिक नाच लगायतका कुरामा फेरबदल गरेनन् । सांस्कृतिक क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि उनले आत्मनिर्भरतामा जोड दिए । बरु उनका पछिका सन्तानबाट केही कमजोरी भएका छन् । उनी साझा संस्कृतिकै
परिचायक हुन् ।
त्यसो भए उनलाई निश्चित जातिको पृष्ठपोषक भए भनेर किन आरोप लगाइन्छ त ?
– त्यो त पछिल्लो समयमा अध्ययन बिना लगाइएको आरोप हो । पृथ्वीनारायणले राज्य विस्तार गर्ने क्रममा सबैभन्दा पहिले आफ्नै गोत्रको राजामाथि युद्ध गर्दै सुरु गरे । पहिले मकवानपुरको सेन राज्य जितेका हुन्, जुन उनको आफ्नै ससुराली थियो । त्यस क्रममा आफ्नै जेठान दिगबन्धन सेनलाई मारे । उनले पहिले नेवार र किराँत राज्य त जितेका होइनन् । कुनै पनि जातीय राज्य जितेका होइनन् । किराँत राज्य भन्ने नै थिएन, त्यो त सेनहरुले पहिल्यै लिइसकेका राज्य थिए । त्यतिबेला कुनै जातीय राज्य नभई चौदण्डी, विजयपुर, मकवानपुर जस्ता राज्य थिए । त्यही राज्य जितेका हुन् उनले ।
कीर्तिपुरमा उनले गोर्खाको विरोध ग¥यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन, यति धार्नी भयो भन्ने फाल्तु
कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो, किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायणको ।
हाम्रो राज्य खोसियो, हामीलाई दमन गरियो भनेर अपव्याख्या गरिएकै हो ।
अन्तर्राष्ट्रिय जगतमा अपव्याख्या पनि भएको छ यहाँ । नेपालको अपव्याख्या गर्न युरोप र अमेरिकासम्मका विश्वविद्यालयका फोरमहरु प्रयोग गरिएको छ । अहिले पृथ्वीनारायणले जातीय हिसाबमा मान्छे मार्दै हिँड्यो भन्ने कुराको जवाफ खोज्नुपर्छ हामीले । इतिहास कसैको मनपरी गर्ने ठेक्का होइन । यसमा त वास्तविकताको विश्लेषण गरिनुपर्छ ।
उनीबारे बोल्न हामीले सेन्टिमेन्टल हुनु जरुरी छैन, प्रमाण र प्रमेयले नै स्पष्ट बोल्छन् ।
उनीबारे अफवाह फैलिनुको कारण के हो ?
– उनले कीर्तिपुरेको नाक काटे, जातीय रुपमा थिचोमिचो गरे भनिएको पाइन्छ । कीर्तिपुरमा उनले गोर्खाको विरोध ग¥यो भने यस्तै हुन्छ भनेर देखाउन केहीको नाक काटेकै हुन् । यति धार्नी भयो भन्ने फाल्तु कुरा चाहिँ क्रिश्चियनहरुले फैलाएको अतिशयोक्ति हो । किनकि क्रिश्चियनको साँच्चै विरोधी थिए पृथ्वीनारायण । उतिबेला क्रिश्चियनहरुलाई सात दिनभित्र निस्किएर जान उनले आदेश दिएका थिए ।
यहाँ कति क्रिश्चियन पनि बनेका थिए, उनीहरु पनि सँगै भागेका थिए । त्यसपछि नै क्रिश्चियनहरु शाह राजाको विरोधमा लागेका हुन् । अहिले पनि नेपालमा इसाईकरणको प्रयास स्पष्ट देखिन्छ । त्यो चाहिँ नेपालको दुर्भाग्य हो ।
त्यसको अर्थ पृथ्वीनारायणप्रति पूर्वाग्रही भावना विकास हुनुमा पश्चिमा मुलुकहरुको पनि हात छ ?
– क्रिश्चियनहरुमा क्याथोलिकहरु आफूभित्रै रमाउने खालमा भए पनि प्रोस्टेस्टेन्टहरु चाहिँ संसारै क्रिश्चियनको साम्राज्य हुनुपर्छ भनेर कुदिरहेका छन् । क्रिश्चियानिटी भनेको मिसिनरी रिलिजन हो ।
हिन्दूहरुलाई तल–वितल पार्ने क्रिश्चियनहरुको सोच पक्कै छ । प्रोस्टेस्टेन्ट अन्तर्गत नयाँ किसिमका खेलहरु भइरहेका छन् । यहाँनेर चर्चहरु सशक्त छन् । तिनले पृथ्वीनारायणलाई एउटा शत्रुका रुपमा
लिए । नेपालमा र भारतमा रहेका हिन्दूका संस्थाहरुलाई निशाना बनाए ।
युरोपेली सभ्यतामा विकास भएका कुरा हाम्रो न्याय प्रणालीमा पसेका छन् । हाम्रो परम्परा, स्थानीय मान्यता, हिन्दू धर्मका कुरा अब कम हुँदै गए । तिनलाई अझ मास्न क्रिश्चियनहरुको भित्रभित्रै जोड छ । अंग्रेजको शासनले भारतमा धर्म(संस्कृतिको ग्रिप कमजोर भए पनि नेपालभित्र भने ग्रिप बाँकी छ भनेर तहसनहस पार्न उनीहरु लागेका छन् ।
त्यसमाथि पृथ्वीनारायण राष्ट्रिय एकता र सांस्कृतिक धरोहरका प्रतीक भए । उनी हिन्दुपति नभए पनि ‘यो त असली हिन्दुस्ताना रहेछ’ भनेर क्रिश्चियनबाट पीडितहरु यहाँ आऊ, ओत पाउँछौ भने । त्यसैले क्रिश्चियनहरुले विभिन्न जातजातिमा उनी नै मुख्य शत्रु हो, उनले आक्रामक नीति लिएर तिमीहरुलाई दमन गरेर खाए भन्ने व्याख्या गरे । जनता परिवर्तनको क्रममा भएको बेला त्यस्तो भ्रम पारियो । त्यसबाट उनी आक्रमणको तारोमा परे ।
क्रिश्चियनहरुको प्रभाव बढिरहँदा
राजनीतिक परिवर्तनको क्रममा हाम्रो इतिहास मेट्न यहाँका नेताहरु पनि प्रयोग भएको देखिन्छ ?
– अवश्य भए र प्रष्ट रुपमा भए । कतिपय नेता त क्रिश्चियनको पैंतालाको धूलो भइरहेका छन् । यहाँ त क्रिश्चियनहरुको जग्गा जमिन किन्दिनुप¥यो भने उनीहरु नै पछि–पछि लाग्छन् । ठूला–ठूला पदमा र पोलिसी मेकिङमा पुगेका मान्छेहरु प्रष्ट रुपमा बिकेका छन् यहाँ । यो देशलाई धर्म निरपेक्ष भनेर राख्नु त्यसैको एउटा उपक्रम हो । नत्र किन धर्मनिरपेक्ष भनेर संविधानमा
राख्नुप¥यो ?
पृथ्वीनारायणले पनि त्यही साझा संस्कृतिकै कुरा गरेका थिए । क्रिश्चियनले पैसा दिएर, बोकेर मन्त्री बनाइदिन्छन् यहाँ । अनेकथरि ढाँट र छलका समूहको नाम दिएको छ, भित्रभित्रै क्रिश्चियनको गतिविधि छ । कुनै भोटै नआउने पार्टी बनाइदिएको छ, त्यसबाट फुतुफुतु फुल मन्त्री भएर खाए अस्तिसम्म । तिनको काम के छ भने, क्रिश्चियन फैलाउने, चर्च बनाउने ।
अहिले जातीय–सांस्कृतिक विविधताको एकता खलबलिएको जुन अवस्था छ, यो बेला पृथ्वीनारायणलाई सम्झिनुपर्ने आवश्यकता झन् प्रबल भएको हो ?
– हो । उनले ‘चारै वर्ण छत्तीसै जातको साझा फूलबारी हो, चेतना भया’ भनेर दिव्योपदेशमा भनेका छन् । चेतना भया भनेर उनले आदेश पनि दिएका हैनन् । कतिले अपव्याख्या गर्छन् । यदि तिमीलाई यो देशप्रति अलिकता गम्भीरता छ भने यो देश चारै वर्ण छत्तीस जातको साझा फूलबारी हो भनेको हो ।
पछिल्लो समय जनजाति भन्ने शब्दलाई गलत रुपमा प्रयोग गरिएको छ । जनजाति टर्म बाह्य शक्तिबाट निर्देसित
हो । जन भनेको जनता, जाति भनेको आम समुदाय भएकोले हामी सबै जनजाति हौं । पहिलेको समयमा एउटा रुलिङ क्लास हुन्थ्यो, अर्को जनता हुन्थ्यो । जनजाति भनेको त्यही थियो । अहिले चाहिँ क्षेत्री, बाहुन र
ठकुरीलाई सर्लक्क झिकेर अलग्याएपछि बाँकी जनजाति हुने भए । कलुषित दृष्टिकोणले बनाइएको हो त्यो चिज । अरु चाहिँ शासक हुन् त ? त्यसलाई बकाइदा छाती खोलेरै संविधानमै उल्लेख गर्न थालियो । गलत त्यहीँ छ । पृथ्वीनारायणको सालिक ठोक्न थालियो, गलत त्यहीँ छ ।
उनले विभिन्न जातलाई हाने भनिएको पाइन्छ । त्यसको लागि कसैले प्रमाण अघि सारोस् । उनले आफ्ना जात च्यापेर अरुलाई पूर्वाग्रहवश हानेका छैनन् । उनले त आफ्नै ससुरालीलाई पनि बाँकी राखेनन् । बरु
किराँत र लिम्बूसँग सम्झौता गरे । कुनै पनि एउटा जातलाई थिचोमिचो गरौं भन्ने उनको सोच थिएन । त्यो बेकारको कुरा हो । सबैको साथ लिएर एकता अभियान सफल पारेकोले अहिलेको संवेदनशील समयमा त्यो मर्म झन् महत्वपूर्ण भएको छ ।
अहिले नयाँ परिवर्तनकारी उनले
गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने ।
पृथ्वीनारायणले ‘नेपाल दुई ढुंगा बीचको तरुल रहेछ’ भनेका छन् । यसबाट उनमा भूराजनीतिक चेत कस्तो रहेछ भन्ने
बुझिन्छ ?
– उनले राज्य जितेर विस्तार गर्दै गए । जित्दै जाँदा कतिसम्म फैलिने भन्ने कुरा आयो । कतिसम्म जाने र बनाएको कुरालाई कसरी बचाएर लैजाने भनेर उनीभित्र प्रश्न उठ्न थाल्यो । उनले सोचे, उत्तरमा त्यत्रो ठूलो बादशाह छ, सजग भएन भने नेपाललाई सर्लक्कै किचिदिन सक्छ । दक्षिणको बादशाह अंग्रेज झन् महाचतुर छ, छुद्र बुद्धि लगाएर खाइदिन सक्छ भनेका छन् उनले ।
यी दुइटा ठूला ढुंगा हुन, ढुंगो लड्यो भने तरुल त किचिन्छ । तर, तलकोसँग सजग भयो र माथिको सँग पनि जोगिएर बस्यो भने तरुल बाँचे जस्तो बाँच्न सकिन्छ भन्ने धारणा उनले बनाए । उनमा
भूराजनीतिक स्थितिको ज्ञान रहेछ । आज पनि अंग्रेजले उपनिवेश बनाएको दक्षिणको छिमेकीसँग सावधान भएर बस्नुपर्ने अवस्था छ ।
डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो, हामी आफैंलाई भष्म बनाउने कुरा हो
अहिले नयाँ परिवर्तनकारी उनले
गरेको भूराजनीतिको व्याख्यालाई गलत व्याख्या गरेर नेपाल भनेको त दुई ढुंगाको बीचको डाइनामाइट हो भने । माओवादीबाट सुरु भएको डाइनामाइट भन्ने कन्सेप्ट निकै क्याची भयो । डाइनामाइट भएर दुइटै ढुंगालाई फोडेर हामी त विशेष हुन सक्छौं भनेर धेरैले गजब माने । तर, अहिलेको युगमा त्यसमा पनि यति सानो मुलुक डाइनामाइट हुन सम्भव छैन । डाइनामाइट भएर चीन र भारतलाई पनि समस्या सिर्जना गरिदिनु त दुस्साहस मात्र हो । हामी आफैंलाई भष्म बनाउने कुरा हो । अहिले कूटनीति चल्छ । कूटनीतिमा डाइनामाइटको नीति चल्दैन । पृथ्वीनारायणले चाहिँ सुरक्षा र संवर्द्धन गर्ने कुरा गरे । उनकै नीति बरु उपयोगी हुन्छ ।
उनी साम्राज्यवादी शक्ति विरुद्ध लडे, उनलाई नै साम्राज्यवादी पनि भनियो । साम्राज्य खडा गर्ने उनको त्यस्तो योजना देखिन्छ ?
– एकदम अन्याय हो त्यो आरोप । त्यतिबेलाको दृष्टिकोणबाट हेरौं, यदि पृथ्वीनारायणले स(साना भुरे टाकुरे राज्यलाई एकीकरण गर्ने अभियानको सूत्रपात
नगरेको भए तिनलाई टुक्रा(टुक्रा गर्दै अंग्रेजले खाइदिन सक्थ्यो । राज्यहरुको बीचमा आन्तरिक द्वन्द्व थियो । एउटाको झुन्ड बटुलेर अर्को राज्यमा पाकिरहेको धान लुट्न जान्थे, त्यस्तो तल्लो स्तर थियो । कुनै जनता सुरक्षित थिएनन् । जनताले नै एउटा भरपर्दो र बलियो शासक खोजिरहेको अवस्था थियो । एकातिर आफैंभित्र द्वन्द्व थियो भने अर्को्तिर त्यस्तो कमजोर अवस्थामा बाहिरको ठूलो शक्ति सहयोग गर्न राज्यहरुमा पसिरहेको थियो ।
पृथ्वीनारायणले दूरदर्शिता देखाएर अंग्रेज फौज राज्यहरुमा पस्नु अगावै आक्रमण गरेर भगाए । अंग्रेज फौज पसेको भए आजको नेपाल नरहन सक्थ्यो । अहिलेको जस्तो नेपाल कुनै हालतमा बन्ने थिएन । इतिहास नै अर्कै हुन्थ्यो ।
