धरान काँग्रेस २०१५ तिर फकेर हेर्दा

विश्वराज शर्मा

नेपाली काँग्रेसको विषयमा मलाई केही जान्न र बुझ्न धेरै नभएपनि अलि अलि जिज्ञासु नै छु । र जिज्ञासा राखेर हिँड्ने गर्दछु । केही दिन पहिले चन्द्रप्रसाद श्रेष्ठ दाईसँग भेट भयो । र मलाई २०१५ सालको आम निर्वाचन ताकाका नेपाली काँग्रेस धरान नगर समितिका मन्त्री (सचिवप्रति विधानमा परिमार्जन
गरिएको) हो भन्ने त मैले सुनेको थिएँ । तर त्यो कमिटीको सभापति को थियो कार्यसमितिमा को को थिए थाहा थिएन । सौभाग्यबस उहँसँग यिनै कुराहरु राखेँ । चन्द्र दाईले किन ? केही लेख लेख्नलाई हो कि जनकारी लागि मात्र हो भन्ने कुरा गर्नुभएपछि त्यस सम्बन्धी एउटा लेख लेख्न लागि कोसिस गरिरहेको छु, जानकारीको अभावमा अलमल्ल परेको थिएँ उहाँलाई भेटेर अब मनमा टुसा पलाएर आयो । यस सम्बन्धमा ऐतिहासिक जानकारी गराइदिनु हुन आग्रह गरें र चन्द्रदाईकै कुराकानीका आधारमा यो लेख लेखिरहेको छु ।
२०१५ सालमा संसदय आम निर्वाचन हुने पक्का पक्की भएपछि निर्वाचन सञ्चालन गर्न संगठन चाहियो त्यसको महसुस गरी म, भागत गोविन्द श्रेष्ठ,
नारायण प्रसाद अर्याल भएर नेपाली काँग्रेस नेता स्व. गणेशमान श्रेष्ठसँग भेटी निर्वाचन संचालन गर्न काँग्रेसको आधिकरिक संगठन निर्माण गर्न आवश्यक छ, यसको बन्दोबस्त, तपाईले गिरिजाबाबुलाई भनेर गठन गर्ने कार्यतिर अग्रसर हुनुपर्छ भनिी हामीहरुले आग्रह ग¥यौँ र तत्कालीन यस क्षेत्रका नेपाली काँग्रसका नेता पनि गणेशमन दाई नै हुनुन्थ्यो । गणेशमान दाईले आठ दश दिन पर्खनुहोस तर्पाहरुले राम्रो कुरा ल्याउनु भएको छ र तपाईहरुको उसाह र जाँगरको म कदर गर्दछु भन्दै हामीलाई विदा दिनुभयो ।
त्यसको प्रपञ्च सबै मिलाएर पन्ध्र दिन पछि हामीहरुलाई गणेशमान दाईले सबै साथीहरुलाई खबर गर्नुहोला, गिरिजाबाबु यही आएर नगर समिति गठन गर्नुहुने भएको छ । (सायद त्यतिखेर मोरङ र सुनसरी भन्ने छुट्टिएकै थिएन गिरिजाबबु दुवै क्षेत्रको सभापति हुनुन्थ्यो । त्यसै अनुसार हामीले सबै साथीहरुलाई घर घरमा गएर खबर ग¥यौं । त्यतिखेर वामपन्थीको जगजगी थियो धरानमा । मानिस पाउनै मुस्किल, धरै मिहिनेत गरेर १५÷२० जना मानिसहरुलाई जम्मा ग¥यौं । त्यसपछि यथा समयमा गिरिजाबाबु धरानमा अउनुभयो । हामीहरु मुस्किलले २५ जना मानिसहरु पु¥याउन अथवा भेला गराउन सफल भयौं । यो भेला गणेशमन दाईकै घरमा भएको थियो । त्यो भेलालाई
गिरिजाबाबुले संम्बोधन गर्नुभयो र भन्नुभयो संसदीय आम निर्वाचन आउँदैछ, यो क्षेत्रमा हामीहरुले कसै गरेर भएपनि जित्नुपर्छ । तपाईहरुको काँधमा यो जिम्मेवारी
आइपरेको छ । यसलाई साँगठनिक रुपले कुशलतापूर्वक निभाउन एउटा धरान नगर समिति गठन गर्न आवश्यक छ । यसको लागि तपाईहरु छलफल गरेर सभापति छान्नुहोस भन्नुभयो । हामीहले गिरिजाबाबु र गणेशमान दाइकै उपस्थितिमा छलफल गरी हालको समयमा यस भेगका बामपन्थीहरुसँग वादविवाद र तर्क गर्न सक्ने व्यक्ति भागत गोविन्द श्रेष्ठ हो, उहाँलाई बनाउँदा हामी निर्वाचनमा जान पनि सजिलो हुन्छ । सम्भवत ः निर्वाचन परिणाम पनि हामै्र पोल्टामा पर्न सक्ने सम्भावना दुवै नताहरुलाइ अवगत
गरायौं ।
हमीहरुले प्रस्ताव गरेको नाममा दुवै नेताहरु सहमत हुनुभयो र गिरिजाबबुले गणेशमान दाईलाई क–कसलाई कुनकुन पोष्टमा राख्ने तिमीले मिलाउनु भन्नुभयो र हामीलाई गणेशमान दाईले भने अनुसार गिरिजाप्रसाद कोइराला र गणेशमान श्रेष्ठको उपस्थितिमा नेपाली काँग्रेस धरान नगर समिति निम्न प्रकार गठन ग¥यौं ।
श्री भागवत गोविन्द श्रेष्ठ (लाखे)–सभापति
श्री हर्कबहादुर श्रेष्ठ–उपसभापति
श्री चन्द्रप्रसाद श्रेष्ठ–मन्त्री
श्री शिवप्रसाद अग्रवाल (शोफर)–कोषाध्यक्ष
श्री श्रीप्रसाद आचार्य (हाल झुक्का)– उपमन्त्री (पहिलाको पानबारी)
श्री नारायणप्रसाद अर्याल (चतरा)–सदस्य
श्री गजेन्द्रप्रसाद आचार्य –सदस्य
श्री लक्ष्मणमोहन पलिखे–सदस्य
श्री गरुडध्वज पौडेल (कालाबन्जार)–सदस्य
श्री रामप्रसाद आचार्य (पानबारी)–सदस्य
श्री मुकुन्द घिमिरे–सदस्य
यो कमिटी बनाउँदा गिरिजाबाबु अत्यन्तै खुशी हुनुभएको थियो । कमिटीका सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिनुभयो र आम निर्वाचनमा लाग्न प्रेरित गर्नुभयो । केही कठिनाई आएको खण्डमा गणेशमानसँग सरसल्लाह गर्न निर्देशन पनि दिनुभयो । र भन्नुभयो निर्वाचनमा चाहिने सामाग्रीहरु सम्पूर्ण म उपलब्ध गराइदिन्छु, त्यसको चिन्ता दिनु पर्दैन अब तपाईहरुको सम्पूर्ण शक्ति सगठनतर्फ लगाउनुहोस् । यसरी हामीले संगठन त तयार ग¥यौं । तर हाम्रो सामुन्ने ठूलो चुनौति थियो धरान वामपन्थीमय थिये, के गरौ कसो गरौ र कसरी मानिसलाई आकर्षित गर्ने कुरामा हामीहरु चिन्ता गर्न थाल्यौं । यता फर्कदा पनि बामपन्थी उता फर्कदा पनि वामपन्थीसँग हामो आमन्ने सामना हुन्थ्यो । आ–आÏनो बुताअनुसार वामपन्थीहरुसँगै तर्क, वितर्क, वादविवाद गर्दै कठिन परिश्रम गरेर काँग्रेसको संगठन १० प्रतिशतबाट ४० प्रतिशतमा बढाउन सफल भयौं । साह«ै साँघुरो प्रषवबाट संगठनलाई हामीले हिडाएर कमसेकम चालीस प्रतिशतमा उतार्न सफल भएकोमा गिरिजाबाबु र गणेशमन दाई खुशी हुनुभयो । यसै
रÏतारमा हामले पढेलेखेका नौजवानहरुलाई लक्षित गरेर सतिश्चन्द्र गिरी मेरो समकालीन भएकोले नेपाली कँग्रेसमा प्रवेश गराउन सफल भए भने भागवत गोविन्द दाईले मोतिराज ताम्राकार र अम्बरबहादुर आचार्यलाई पनि सामेल गराउन सफल हुनुभयो । त्यस्तै साविक ९ हाल ११ नं. का रामबहादुर
भट्टराईलाई लोकेन्द्रप्रसाद आचार्यमार्फत सामिल गराउँदा धरानको संगठन अलिक हेर्न लायक भएको प्रसंग उठाउनुहुन्छ, चन्द्र दाई । रामबहादुर भट्टराईको अ‍ैचित्य के थियो भने कलाबन्जार र चतराका जिम्मवाल भएकोले उहाँको बेग्लै महत्व थियो । जब जब आम निर्वाचन नजिकिदै गर्दा हामी साथीहरु शुभेच्छुकहरु चुनावको माहँेोल बनाउन युद्धरतमा मतादाताका घर घरमा जाने मतदाताहरुलाई कुरा बुझाउने र चुनावको माहौल आ–आÏनो पक्षमा पार्नेतर्फ अग्रसर भयौं ।
अब चुनाव आउनु भन्दा एक महिना अगावै धरान नगर समितिको वैठक बोलाई, धरान क्षेत्रका प्रखर नेता गणेशमानको उपस्थितिमा कार्य समितिको वैठकबाट निर्णय गराई कार्यभार
बाँडियो । त्यस बैठकमा पवुद्ध वर्गहरु ,लक्ष्मीपसादश्रेष्ठ,लक्ष्मीप्रसाद आचार्य, भजगोविन्द श्रेष्ठ (लाखे),लोकेन्द्रप्रसाद आचार्य र राम बहादुर भट्टराई साथै गदशीन नेपाली, अम्बरबहादुुर आचार्यलाई आमन्त्रण गरी कुन कुन ठाउँमा क–कसलाई जिम्मेवारी दिने भनी विचार विमर्ष गरी, धरान नगर कर्यसमितिले आम निर्वाचनमा युद्धस्तरमा लाग्न निम्ननुसार निर्णय ग¥यौं ।
गणेशमान श्रेठको नेतृत्वमा सभापति भागवत गोविन्द श्रेष्ठ उपभापति हर्क बहादुर श्रेष्ठ, मन्त्री (म) चन्द्रप्रसाद श्रेष्ठ, सदस्य लक्ष्मण मोहन पलिखे, गजेन्द्रप्रसाद आचार्य र मुकुन्द घिमिरेको टोली धरान बजारको अन्य ठाउँमा तोकिनु भयो भने रामपसाद आचार्य, श्रीप्रसाद आचार्य र अम्बरबहादुर आचार्य पानबारी भेगमा खटिनुभयो भने नारायणप्रसाद अर्याल, गरुडध्वज पौडेल र रामबहादुर भट्टराइलाई कलाबन्जार, चकरघट्टी र चतराको जिम्मेवारी दिइयौं । यस्तै लक्ष्मीप्रसाद आचार्य र लक्ष्मी प्रसाद श्रेष्ठको नेतृत्वमा शिवप्रसाद अग्रवाल, जगदशी नेपाली, लोकेन्द्रप्रसाद आचार्यको समूहले चुनावको गतिविधिलाई अगाडि बढाउन र पर्यवेक्षक र अन्य व्यवस्था गर्ने गरी जिम्मेबारी दिइयो । साथै मुकुन्द घिमिरेलाई जिल्ला समितिसँग सम्पर्क राखी चुनावी सामाग्रीको व्यवस्था गर्न जिम्मेबारी प्रदान गरियो ।
उक्त जिम्मेवारी वाँडफाँडपछि हामीहरु आ–आÏना कार्यक्षेत्रमा कार्यरत रहयौं । साह«ै कठिन समय थियो त्यो बेला धरान बजार एक क्षेत्र बामपन्थीहरुको कब्जा जस्तै थियो । त्यस्तो जटिल समयमा पनि हामीहरुले हरेश नखाई भाकै तिर्खैै हिडेर केहीहदम्म धरानका मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने अथक प्रयास ग¥यौं । जव चुनावको दिन पनि आयो । हामीहरुले सबै मतदान केन्द्रमा हाम्रा प्रतिनिधिहरु कुशलताका साथ खटाउन र निर्वाचन शान्त वातावरणमा सम्पन्न
गराउन सफल भयौं । अब भोट गणना गर्ने दिनमा धरान, पानबारीको मतपत्र गणना गर्देै जाँदा हाम्रा उमेदवार ज्ञानचन्द चौधरी भन्दा वामपन्थी उमेदवार दिव्यराज आचार्य २ सय मतले अग्रस्थानमा थिए । हामीहरु एक किसिमले निराश भएका थियौ । अब कलाबन्जार, चकरघट्टी र चतराको मतपत्र खोलियो र गणना शुरु भयो । तै पनि कम्युनिष्ट पार्र्टीका उमेद्वार अगाडि अगाडि छन् । त्यसै समयमा गरुडध्वाज पौडेल र
राबहादुर भट्टराईले घोषणा गर्नुभयो कि हाम्रा उमेद्वार ज्ञानचन्द्र चौधरीले चकरघट्टी र कालाबन्जारको मतले हामी निश्यच पनि विजय हुन्छौ । तव हामीहरुलाई केही आशा पलायो । र नारायणबाबु, गुरुध्वज पौडले र
रामबहादुर भट्टराई त्यही भेगको जिम्मेवारी लिइएकोले उहाँहरुको अनुमानप्रति हामी आशावादी भयौं । जब राती ९बजे निर्वाचन परिणाम निर्वाचत अधिकृतको घोषणा गर्दै हामीहरु १ सय ४८मतले विजयी भएको घोषणा गरे । त्यसपछि विजयी जुलुस निकालियो हामीहरु हर्षले विभोर भयौं त्यस्तो प्रतिकूल अवस्थामा पनि नेपाली काँगेस विजयी भएकेमा गिरिजाबाबुले धन्यवाद र शुभकामना दिएर हाम्रो मनोवल उच्च गराउनुभयो । त्यसको मथि उल्लेखित धरान कार्यसमिति र प्रवुद्ध वर्गहरुलाई यस सफलताको श्रेय जान्छ भन्नुभयो ।
पछि मुकुन्द घिमिरेलाई गिरिजाबाबुले जिल्ला समितिको सदस्य बनाएर हाम्रो मुल्यांकन गर्नुभयो । यस्तो विषयम
परिस्थिति कार्य गरेका कर्मठ योद्धाहरु अहिले तीजना जीवितै हुहुन्छ । (मन्त्री चन्द्रप्रसाद श्रेष्ठ, उपमन्त्री श्रीप्रसाद आचार्य र गजेन्द्रप्रसाद आचार्य) २०१५ सालको आम निर्वाचनपछि नेपाली काँग्रेस सरकार प्रथम जननिर्वाचित उपप्रधानमन्त्री जननेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बन्यो । प्रजातन्त्रको रुपरेखा तयार हुँदै थियो । हठात २०१७ साल पौष १ गते राजा महेन्द्रबाट प्रजातन्त्रको हत्या भयो । हामीहरु कोही भूमिगत कोही अन्य ठाउँमा लुक्नुप¥यो । प्रजातन्त्रको अभ्यास गर्न नपाउँदै मुलुक अन्धकारतर्फ उन्मुख भयो । हामीहरु पनि आ–आÏनो घर व्यवहार र पढाईतिर लाग्यौं । त्यसै गरी आजसम्म वितिरहेछ । कसैले कसैको खोजी नीति गर्ने जमर्को पनि गरेको छैन । शिवप्रसाद अग्रवाल पनि वितेको दुई तीन बर्ष भयो । धरान काँग्रेसले श्रद्धाञ्जलीको दुई शब्द पनि खर्चेन ।
अन्त्यमा, माथि उल्लेखित जिवित योद्धाहरुको यथा समयमा उहाँहरुको त्याग तपस्या र योगदनको मूल्यांकन गर्न के हाम्रो सञ्चार काँग्रेसीजनमा र समाजमा जाने थियो । प्रजातन्त्र आएर पनि मुलुक लोकतन्त्रमा परिणत हुँदासम्म यस वीर योद्धाहरुको खोजीनिति नहुनु धरान कँग्रेसको भूल हो । धरान नगर काँग्रेका सभातिहरु गणेशमान श्रेष्ठदेखि तिलक राईसम्म आउँदासम्म पनि कसैले अभिलेख राख्न सकेनन् । यसले सिंगो धरान काँग्रेलाई लज्जित तुल्याएको आम कार्यकर्ता र नगरबासीहरुको कथन छ । पुस्ताले आफ्नो पूर्व पुताको खोजीनीति नगरे वर्तमान नेतृत्व पनि पछि गएर आम काँगेसीजन र समाजबाट बिलाएर जान्छ । यसलाइ वर्तमान काँग्रेस नेतृत्वले गम्भीरतापूर्वक लिन्छ कि लिदैन त्यो भविष्यको गतिमा निर्भर हुनेछ ।
(चन्द्रप्रसाद श्रेष्ठ र श्रीप्रसाद आचार्यसँगको कुराकानीको आधारमा)

तपाईको प्रतिक्रिया