घण्टाघरबाट हेर्दा

देछन् दनक
हामी नेता हम, हाम्रो मलद्वारलाई पनि कार्जेकर्ता र जनताले हरिद्वारा देख्छन् भन्ने धारना पालेर राज्यको ढुकुटीलाई धुँवामा उडाउँदै अर्घाखाँची महोत्सव उदघाटन गर्न सन्धीखर्क पुगेका विजुली मन्त्री जनार्जनलाइ जनताले दनादन बनाएछन् । त्यस्तो कठ्याग्रिंएको जाडोमा नि मन्त्री जनार्जनलाई जुत्ता चप्पल खोलेर मात्र बजाएनछन् वर्तिर पर्तिर भएका ढुंगामुढा समेत खोजेर गुलेलीले ताकेझैँ ताकी ताकी बजाएछन् । त्यै मुखले पान खान्छ त्यही मुखले जुत्ता चप्पल खुवाउँछ भन्ने हो रै’छ । ताइन तुइले बढता जान्ने भेर बोल्या थे राम्रोसँग भेट्टाएछन् । विचरा प्रहरीलाई हैरानी । मन्त्रीलाई जोगाउँ कि आफू जोगिउँ ? हैन हौ त्यो महोत्सव उदघाटन गर्न जाँदा खुत्रुक्क कैचीले रिवन काटेर ठ्याँस्स पानसमा बत्ती बाल्द्य भए त लन्ठै साफ थियो । खुबै जान्ने पल्टिएर प्रदेश छुटाउने, सुरुङ्ग मार्ग बनाइदिने भनेर डिङ्ग हाक्ने कामै थिएन । काग बढी जान्ने भयो भने आँची खान्छ भन्त्थे हो रै’छ । त्यत्रा मन्त्री भा’का मान्छेले चाहिँदो कुरा पो गर्नुपर्छ त ? जथाभावि पड्किएपछि आजकल कस्का हातमा दही जम्या छ
र ?
हावादारी भ्रमन
अर्थ न बर्थ गोविन्द गाइँ टाउको दुख्या औषधि नाइटोमा लाई भनेर त्यसै भन्या हैन रै’छ । अब हेरौ न पर्धानमन्तरी ऊर्जा भविष्यबारे विश्व सम्मेलनमा भाग लिन युनाइटेड अरब इमिरेट्तिर धाइफल ठोकेछन् । प्रचण्डाउ के विजुलीका इन्जिनियर हुन् ? कि विजुलीमा लगानी गर्ने लगानीकर्ता ? विजुलीको विश्व सम्मेलनमा त विजुलीकै इन्जिनियरहरुलाई पठाइद्या भे नि त हुन्थ्यो नि । डाकु न बालाउ लिडी पुच्छर
डोलाउ । ऊर्जा विश्व सम्मेलनमा कुनै पनि देशका प्रधानमन्तरी, राष्ट्रपति, विजुलीमन्त्रीलाई डाक्या छैन । अनि प्रचण्डाउचाहिँ किन अमर इमिरेट्सतिर हुइँकिएक होलान् । देश पनि हेरिने मुख पनि फेरिने भनेर गाका त होलान् । उन्ले आफूसँगै एउटा जम्बो टिम पनि लगेका छन् । ती जम्बो टिमका स्वाँठहरुले त्यहाँ के गर्नु ? चारदिनसमम फाइब स्टार होटलमा बसेर हसु¥यो, सपिङ्ग ग¥यो, भत्तो खल्तीमा हालेर यतातिर मुन्टियो । क्या गजब छ वा †
फुईøया“को अनुसन्धान
गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु त्यसै भन्या होइन । अब हेरौ न नेपालको मुख्य भन्सार नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट अस्ति नै प्रहरीले ३ सय किलो सुन बाहिर अइपुगेपछि अँठयाए छ । अरुले एउटा औठी लगाएर आम्दा पनि भित्रै च्याप्प अँठ्याउने प्रहरीले त्यतिका सुन बाहिर पुगेसी मात्र अठ्याएछ । अब अहिले सुन क–कस्ले ल्याएको हो भनेर अनसन्धान गर्न थाल्या छ रे । फुइøयाँको अनुसनधान गर्नु ? अहिलेसम्म पुलिसले सुनका असली मलिकलाई अठ्याउन सकेको छैन । विचरा भरियाहरुलाई अठ्याएर ताइ न तुईको बहादुरी किन देखाउनु ? कबोल गरेजति भगबण्डा नपाउने भएसी’बाहिर पुगेको सुन प्रहरीले च्याप्प अठ्याएको भन्ने कुरा कस्लाई थाहा छैन
र ? देशै काले काले मिलेर खाम भाले भन्नेले चलाएका छन् । अनि के को असली मालिकसम्म प्रहरी पुग्छ ?
कुर्सीमा नबस्ने रे ?
पुन निर्माण प्राधिकरणका नवनियुक्त सिइयो प्रा.डा. गोविन्द पोख्रेल सिइयोको हल्लने कुर्सीमा बस्दै नबस्ने रे । ज्यान गए नि कुर्सीमा नबस्ने रे । नबसिकनै उठी उठी काम गर्ने रे । त्यसरी उठी उठी काम गर्दा हिरिक्क भएर ढाँड दुख्छ , खुट्टा गलेर फतक्कै हुन्छ भन्ने हेक्का पनि नयाँ सिइयो गोविन्दाउलाइ ज्ञान रै’नछ क्यारे । अस्तिका दिन उन्लाई कार्जालय अरु कर्मचारीले बसेरै काम गर्नुस् न भन्दा पनि उनले भै गो, भै गो म उठेरै काम गर्छु भन्दिए । बस्नका लागि अरु कर्मचारीले धेरै कर गर्न पनि सकेनन् । आखिरी गोविन्दाउले किन त्यसरी उठी उठी काम गर्न खोज्या होलान् भनेर घण्टाघरले यसो वाइनाकुलर सोझ्याएर हे¥या त उठी उठी काम गर्नुको गाठी कुरा त अर्कै पो
रहेछ । बस्यो भने हटाइहाल्छन् बस्दा हटाइदलदेलान् भन्ने डरले गोविन्दाउले उठी उठी काम ग¥या रे । साह«ै चतुर हुन्
गोविन्दाउ ।
न्यायाधीशको भागबण्डा
अरु सबै काम मजमजले दंगदंगति गन्हाए पनि न्यायालबाट अहिलेसम्म सुगन्ध नै आ’थ्यो । अब त्यसलाई पनि देशको
भाइरस धुन्धुकारी नेताहरुले डम्पिङ्ग साइड नै बनाउने भए । योग्यता, क्षमता, दक्षता, अनुभव जो कुरा अरु क्षेत्रमा एकादेशको कथा भएनि’ न्यायालयमा त्यस्तो भा’थेन । नेताहरुकै कारण अब न्यायालयमा पनि दलका भिजिलान्तेहरुले प्रवेश पाएका छन् , अब
हेरौ न उच्च अदालतका लागि चाहिने ८० जना न्यायाधीशमा दलित भागबण्डामा सिफारिस भएछन् । हुन त आफ्ना कुकर्म लुकाउन आफन्तकै साथ चाहिन्छ । भेलि के पर्ला के पर्ला ? सधै शुभ दिन नै हुन्छ भन्ने छैन त्यसबेला भागबण्डामा नियुक्त पाएका न्यायाधीशले काँध थाप्देलान् भनेरै न्यायालयलाई अहिलैदेखि दुषित बनाउन थाल्या छन् ।
कुवेलाको सहनाई रे
झालेमालेका नेता झल्लाझलुले भन्या सरकारले संसदमा संसोधन प्रस्ताव दर्ता
गराएर विना मौसमको सहनाई बजाउँदै छ रे । खै घण्टाघरले सहनाई बजेको आवाजै हिजो आज सुन्या छैन । एक महिनासम्म संसदमा सहनाई बजाउन नदिने झालेमाले अनि उल्टै सरकारले सहनाई बजायो भनेर डिङ हाक्नु त भएन नि । अस्तिका दिन झालमालेका क्षेत्रीय भेलालाई सम्बोधन गर्न विराटनगर आएका झल्ुले चार्कै गफ हान्देछन् । अब यो सरकारले स्थानीय तहको निर्वाचन गराउनै पर्छ । झालेमालेले सबैभन्दा बढी जित्छ । मधेशाबाट व्याण्ड बाजा बजाएर झालेमालेलाई विदाई गर्दैछन् । झलु भने डिङ्ग हान्नमै व्यस्त छन् । सुनसरीको रामगञ्ज बेलगछिया पुगेका झलुको सभामा भाषन सुन्नेहरुको खडेरी नै परेछ । पर्तिर वर्तिरकाले वास्तै गर्दैछन् । विराटनगर र सुनसरीबाट फ्रिमा गाडी चढेर गएकाहरु समेत गफ चुट्नमै व्यस्त भएछन् । धन्न सय पचासेक सुरक्षेकर्मीले उभिएर झलुका भाषन श्रवण गर्दैछन् ।
स्वकीय सचिव आफ्नै
जन्ताका नाममा राजनीति गर्ने अनि जागिरचाहिँ आफन्तलाई मात्र खुावाउने क्या गजबका लायक छन हाम्रो देशका मन्त्री, पर्धानमन्तरीहरु , यसैलाई भन्छन् मुमे राम राम बगालमीमे छुरा, आफ्ना छोराछोरी, भाई, भतिजा हुँदाहुदै जन्ताका छोराछोरीलाई जागिर किन दिनु ? अब
हेरौ न पर्धानमन्तरी प्रचण्डाउले स्वकीय सचिवमा आफ्नो छोरा प्रकाश दाहाल, उपपर्धानमन्तरी कृष्णबहादुर महराले आफ्नै छोरा राहुल महारा, श्रममन्त्री सूर्यमान गुरुङ्गले आफ्नै भतिजा डिल्ली गुरुङ्ग,
राज्येमन्त्री मिठु मल्लले छोरा रविप्रकाश मल्ल, राज्यमन्त्री इन्द्र वानियाले भतिजा सैलेन्द्र बानिया, कानुनमन्त्री अजय शंकर नायकले भतिजा रञ्जितकुमार नायकलाई स्वकीय सचिव नियुक्त गरेर जागिर खुवाइहेका छन् । हुन त ठीकै हो बाहिरबाट आउने मालमा बार्गेनिङ्ग गर्न, थन्क्याउन आफ्ना भन्दा विश्वाससिला अरु को हुन्छ र ? आफन्त भन्दा बाहिरकालाई त विश्वासै गर्न सकिदैन । कि कसो हौ ?
अन्तेमा
नेप्लिज लाँग्रेसका सभापति माने बुढानिलकण्ठे मुखियाले आफ्ना कार्जेकर्ताहरुलाई गाउँ गाउँमा गएर चुनाउको माहोल बनाउन निर्देशन देछन् । मुखियाको निर्देशन पाएसी’ कार्जेकर्ताहरुमा अपानवायु नाकमा परेजस्तै भएछ । माल खाने र मोज गर्ने नेता अनि चुनाउमा हातखुट्टा र करङ्ग भचाएर अपांग बनाइदिनुपर्ने भन्दै बाउठिन थाल्या छन् । कार्जेकर्ताले माहोल बनाइदिनुपर्ने अनि नेताले नाक फुलाएर अग्रठको जस्तो बनाउने ? कार्जेकर्ताहरु हिजो आज यस्तै भन्न थाल्या छन् । मुखिया वा समयमै होस गरेस ।

तपाईको प्रतिक्रिया