बीपी चिन्तन प्रतिष्ठानले मेलमिलाप दिवस मनायो

धरान÷नेपाली काँग्रेसका संस्थापक, प्रजातान्त्रिक समजवादका प्रवद्र्धक स्व बीपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप दिवस बीपी चिन्तन प्रतिष्ठान धरान सुनसरीले भव्य रुपमा सम्पन्न गरेको छ ।
तीसको दशक अथात २०३३ साल पौष १६ गते नेपालके राष्ट्रियता नै
खतरामा परेको महसुस गरी आफूमाथि तत्कालीन अवस्थामा जुनसकै सजाय हुन सक्ने कुराको समेत वेवास्ता गर्दै बीपी कोइराला आफ्ना आधा दर्जन भन्दा बढी सहयोगीहरुका साथ स्वदेश फर्कनु भएको थियो । उहाँका साथ त्यसबेला सर्वेच्च नेता स्व. गणेशमान सिंह, स्व. जगनाथ आचार्य, स्व. शैलजा आचार्य, प्रदिप गिरी स्वदेश फर्कनु भएको थियो ।
यसै दिनको स्मरणमा नेपाली काँग्रेसले प्रत्येक बर्षको पौष १६ लाई
राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ । यसै सन्दर्भमा प्रतिष्ठनले समेत स्थानीय गीता भवनमा ४० औं मिलमिलाप दिवस मनाएको हो । प्रतिष्ठनले राष्ट्रिय राजनीतिको परिवेशमा बीपी कोइरालाको मेलमिलाप नीति विषयक विचार गोष्ठीको आयोजना
ग¥यो ।
उक्त विचार गोष्ठी तथा अन्तरक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति एवम् प्रभावशाली युवा नेता विनोदकुमार राईले भन्नुभयो वर्तमान अवस्थामा नेपाली काँग्रेसको स्थानीय तथा केन्द्रीय नेतत्व तह बीपीको विचार र आर्दबाट विचलित हुँदै गएको छ । नेपाली काँग्रेसलाई सुदृढ र सशक्त बनाउन पार्टीभित्र आमुल रुपान्तरणको आवश्यकता भइसकेको छ, राईको कथन छ ।
विगतमा राष्ट्रिय मेलमिलाप दिवसलाई एउटा पर्वकै रुपमा मनाउदै आएको धराने काँगेसमा यसपटक भने त्यस्तो उत्साह देखिएन । ५÷६ वटा गुट र उपमुटमा विभाजित धराने काँगेसको एउटा समूहमात्र कार्यक्रममा सहभागी भएको थियो । सो अवसमा बोल्दै नेपाली काँग्रेसका त्यागी एवम् पूर्व जिल्ला सचिव गिरिरज आचार्यले भन्नुभयो, नेपालको राष्ट्रिय राजनीतिमा मेलमिलाप नीतिको सान्दर्भिकता अझ बढेर गएको छ । बीपीको यही आदर्शबाट नेपाली काँग्रेस विस्तारै अलग भएकै
कारण पार्टीभित्रकै मेलमिलाप कमजोर बन्दै गएको उहाँको गुनासो थियो । नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति तथा युवा नेता किशोर
राईले बीपीको मिलमिलाप नीतिलाई अंगीकार गर्दै निकट भविष्यमै हुन लागेको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनलाई ध्यानम राखी सबै जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् प्राज्ञ आनन्द आचार्यले भन्नुभयो वर्तमान अन्यौलपूर्ण राजनीतिक परिवेशमा नेपाली काँग्रेसको सिद्धान्त, बीपी, गणेशमान, किशुनजीको आदर्शलाइ केन्द्रमा राखेर पार्टी जनकमुखी र राष्ट्रिय हित अनुकुल निर्णय गर्दै अगाडि बढनुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा नेपाली काँग्रेस वडा नं. १५ का सभापति गणेश सुब्बा, वडा नं. ११ का सभापति लोकेन्द्र फागो, प्रेम पौड्याल, शैलेश कोइराला लगायतले समेत बोल्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका सह सचिव पुष्प ढकालले दिनुभएको थियो । ।

तपाईको प्रतिक्रिया