धरान उपमहानगरपालिकाले डा. खालिद हुसैन हकलाई उत्कष्ट करदाताको रुपमा सम्मान गरेको छ ।
नगरपालिकाले सोमबार ०७४÷०७५ को बजेट सार्र्वजनिक गर्ने क्रममा हुसैनलाई उत्कष्ट करदताको रुपमा सम्मान गरेको हो । उपमहानगरको २४ औ नगर परिषदद्वारा सोमवार वजेट सार्वजनिक कार्यक्रममा हुसैन लगायत अन्यलाई समेत सम्मानित गरेको हो ।
संघीय मामिला तथा स्थानिय विकाश राज्यमन्त्री श्री प्रसाद जवेगुको प्रमुख आतिथ्यमा सार्वजनिक भएको वजेटमा १ अर्ब ८७ लाख ७२ हजार रुपैयाको कुल बजेट सार्वजनिक गरेको हो ।
क्रमागत तथा २० वटा विभिन्न विकाशका दिर्घकालिन नयाँ योजनाहरुहरु आव ७४÷७५ का लागि परिषदले निर्णय गरिएको कार्यकारी अधिकृत विष्णु प्रसाद कोईरालाले बताउनुभयो । धरानमा चालु रहेको शहरी विकाश आयोजना अन्र्तगतको ४० करोड रुपैया समेत कुल बजेटमा गाभिएको छ । उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष ७४÷७५ का लागि चालु खर्च तर्फ ९ करोड ४२ लाख ३५ हजार २ सय रहेको छ भने, पुजिगत खर्च तर्फ ९१ करोड ४५ लाख ३६ हजार ८ सय रहेको छ ।पुजीगत खर्च तर्फको कुल रकम मध्ये ४० करोड रुपैया शहरी विकाश आयोजना अन्र्तगतको खानेपानी परियोजनामा खर्च हुने भएकाले विकाश तर्फ ५१ करोड ४५ लाख ३६ हजार ८ सय रुपैया खर्च बजेट बनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको बजेट ५ करोड २३ लाख ४३ हजार ८ सय ५० रुपैया बढेको छ ।
