भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्धमा समर्पित पूर्वाञ्चलकै लोकप्रिय पत्रिका धरान साप्ताहिकको १८ औं बाषिकोत्सव सम्पन्न

धरान÷समयले फड्को मारेको पत्तै भएन । हिजो जस्तो लाग्छ पूर्वाञ्चलकै आजको लोकप्रिय पत्रिका धरान साप्ताहिकको शुभारम्भ भएको ।
सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोद ज्ञवालीले धरान वडा नं २ स्थित एउटा साँघुरो कोठामा यसको पहिलो अंकको श्री गणेश गर्नुभएको थियो । त्यसबेला यस साप्ताहिकमा
गोरखापत्र दैनिक झापाका सम्वाददाता हरि कोइराला, दिनेश राई, हेमराज खड्का, माधव गिरी, गोपाल श्रेष्ठ, विश्वराम कार्की, सुवर्ण पलिखे लगायतका ऊर्जाशील व्यक्तिहरुले सह–सम्पादक, संवाददाता, बजार व्यवस्थापन लगायतका जिम्मेवारी सम्हाल्नु भएको थियो ।
यस साप्ताहिकको संरक्षकमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का तत्कालीन सभापति एवम् युवा नेता विनोदकुमार
राई रहनु भएको थियो भने सल्लाहकारमा नेपाली काँग्रेसकी नेतृ नेत्रकुमारी राई, समाजसेवी विष्णुमायाँ राई, प्रतिष्ठित व्यवसायी रोशन सोनी, राजेन्द्र साह, गोपीकुमार राई, नरेश अग्रवाल, रवि अग्रवाल, ललिता राई लगायत रहनु भएको थियो र हालसम्म बस्नुभएकै छ । पछि अर्थात सञ्चालको झण्डै डेढ बर्षपछि गोविन्द बस्नेतको प्रवेश भयो । आज विगतका कैयौ व्यक्तिहरु नयाँ
अवसरको खोजीमा कोही विदेश पलायन भए भने कोही राजधानी छिरे त केही अझ पनि धरानै भएर पनि पत्रकारिताबाट भिन्न र अलग भएर बसेका छन् ।
अथक परिश्रम, जिम्मेवारीप्रतिको बोधले समाजमा व्याप्त बन्दै गएको भ्रष्टाचार, विकृति, विसंगतिलाई आफनो क्षेत्रबाट सानै प्रयासले भएपनि न्यूनिकरण गर्न सकिन्छ कि भन्ने सोचले यस धरान साप्ताहिकको प्रकाशन शुरु गरेसँगै कैयौ आरोह, अवरोहहरुको सामना गर्नुपरेको तीतो यथार्थसँग यस साप्ताहिकका पाठकहरु अनविज्ञ हुनुहुन्न । दलाली राजनीतिले विकृत बन्दै गएको प्रशासनिक क्षेत्र, कर्मचारी तन्त्र सुधारका क्रममा सम्पादक÷प्रकाशकले भौतिक आक्रमणको समेत सामना गर्नुपरेकोे थियो । एकातिर माओवादीको सशस्त्र द्वन्द्व त अर्कोतिर दलगत गुण्डागर्दीलाई सामना गरेर पाठकहरुलाई वास्तविकता पस्कनु सामान्य चुनौति थिएन । धरान साप्ताहिकमा प्रकाशित सत्य, तथ्य र यथार्थपरक समाचारकै कारण घुस्याहा र अनियमितता गर्ने कैयौ प्रहरी, प्रशासक कारबाहीमा परेका छन् । जस्तोसुकै चुनौतिको सामना गर्नुपरे पनि धरान साप्ताहिकले आफ्नो अभियानलाई कहिल्यै थाकेर अविचलित भएन । निरन्तरता दिइरहयो । कतिपय छट्टुले धरान साप्ताहिकके समाचारलाई भँजाएर खाने माध्यम समेत बनाए । तर हाम्रो चेतावनी, निजको दलाली प्रवृत्तिलाई उजागर गरेपछि त्यस्ता दलाल प्रवृत्ति पछि आफै हतोत्साहित भएका थिए ।
जे होस् धरान साप्ताह आज पूर्वाञ्चलका पाठकहरुको धुकधुकी बनेको छ । रिविन काट्ने, सस्ता भाषण गरी नागरिकलाई द्विविधामा राख्ने, सस्तो लोकप्रियताका लागि समाचारमा छाउन चाहनेहरु धरान साप्ताहकका लागि कहिल्यै समाचार बनेनन् । खोजी समाचार धरान साप्ताहिकको प्राथमिकता भएकैले पनि धरान साप्ताहिकले निरन्तरता पाएको हो । आज १८ औं बर्षमा चल्दै गर्दा यसले आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तकहरुबाट अपार माया र सद्भाव पाएको छ ।
त्र

तपाईको प्रतिक्रिया