ल्यापल्यापे ओली
सत्तामा पुगेसी’ आÏना भाते संगठनका कार्जेकर्ता र सर्वसाधारणलाई उल्लु बनाउन भारतको जोडदार
विरोध गर्दै हिड्या खुस्केट पर्धानमन्तरी खप्रओले यसपटक भारतीय राष्ट्रपति प्रणव मुखर्जीको दोहोलो काढेरै विरोध गर्लान् भनेर घण्टाघरले सोच्या थियो तर उल्टो भो । अरु सबै दलका नेताहरुले मुखर्जीसँग सामुहिक रुपमै भेटघाट गरे । तर ओली बाले एक्लै भेट गरे । झालेमालेका कमलजीविहरुले ओलीले नेपालको संविधान कार्यान्व्यनमा अनावश्यक चासो
नराख्न मुखर्जीलाई ओलीले भने भनेर खुइ खुई समाचार लेखे । घण्टाघर पनि पत्याउन बाध्य भयो । त्यसरी धम्म्याउन सक्ने ओली खरै रै’छन् भन्ने लाग्या थ्यो र तर फुइøयाँ हुन्थ्यो ? बेलुका हायात होटलमा मुखर्जीले दिएको पार्टीमा ओली बुढियालाई समेत पछि लगाएर ल्यापल्याप पकवन डकार्दै थिए । त्यसैले हिजो आज ल्यापल्यापे ओलीको गफ घण्टाघरलाई पानीमा छाडेको अपानवायु जस्तै लाग्न थाल्या छ ।
चेतावनी
मुलधारबाट छुट्टिएर ठूलो भाग खान हिडेका माउवादीका नेता विप्लवले अस्तिका दिन भारतलाई चेतावनी दे’छन् । चेतावनी पनि ख्याल उदेक लाग्दो
छैन । भए छ के भने कस्मिरमा नेपाली मुलका भारतीय सेनाका आतंककारीको हमलामा मृत्यु भएछ । के निहुँ पाउँ कनिका बुक्याउ भनेर दोबाटो रुगेर बसेका विप्लवलाई मसला भै हाल्यो । उन्ले नेपाली मुलका भारतीय सेनालाई कास्मिरबाट हँटा भनेर चेतावनी
दिएछन् । सेना भनेकै लड्नलाई तयार गरिन्छन् । जुन ठाउँमा लड्नुपर्ने हुन्छ त्यस ठाउँमा सरकारले खटाउँछ । विप्लवले तुक न बतुकको चेतावनी दिएर किन जग हँसाएका होलान् ? ह्याउ छ भने बरु गोरखा भर्ति नै बन्द गरेर यहाँका युवाहरुलाई विप्लवले
रोजगरी दिए हुन्थ्यो नि । खाली भत्काउन, विगार्न जान्नेले सपार्न कहिले जान्लान् कुन्नि ?
बाउरामको हैसियत
दशै लगत्तै नया शक्तिका मुखिया आफ्नो जोइ ढिडारस न पिंधारसकी हिसिलालाई लिएर बाउराम हङकङ पुगेछन् । यसो देश पनि हेरिने मुख पनि फेरिने भनेर गएका बाउराम त्यहाँका प्रहरीको कष्टडीमा केही घण्टा जाकिएछन् । प्रहरीले बाउराम भन्या मान्छे नेपालको पुराना प्रधानमन्तरी हुन भनेर अलिकति मर्यादा पनि राख्देनछ । च्याप्प हातमा अँठ्याएर अपराधीलाई झै सोधपुछ गरेछ । यहाँ पो साँढ भएर खाइ हिड्या थे । हङकङमा कौन पुछे खेसरीका दाल । धन्न बाउराम हङकङमा कुमार लामा भएनन् । नेपालमा त्यसरी प्रहरी घोक्र्याउदै कोठामा लगेर जोकेको भए सडकमा नारा लाग्थे, टायर बाल्थे, सरकारको
राजीनामा मागिन्थे, घोक्र्याउने पुलिसलाई कारबाहीको माग गरिन्थ्यो । धन्न हङकङ पुलिसले बाउरामको ल्याकत देखाइदिए ।
आफ्नै बैरी
आफ्नै वैरी भएसी’ कस्को के लाग्छ र ? यतिबेला प्रचण्डाउ आफनै वैरीहरुबाट आतंकित भा’छन् । अस्तिका दिन पार्टीको केन्द्रीय समितिको वैठकमा प्रचण्डाउले भने आफ्नै पार्टिभित्रका केही मन्त्री र सांसदहरु एमालेसँग मिलेर सरकार ढाल्ने खेलमा लाग्या छन् । लोकमान प्रकरणमा पनि माउवादीका केही नेता र झालेमालेका केही नेता माने सभासदहरु मिलेर छापामार शैलीमा अविस्वासको प्रस्ताव दर्ता गराएका थे । जसरी हुन्छ माउवादीलाई पत्तासाफ गर्ने खेलमा झालेमालेको एउटा समूह यतिबेला कन्दनी कसेर लागेको प्रचण्डाउले सुइँको पाएका रै’छन् । फुट्दा–फुट्दा खिरिलो भएको पार्टीलाई दशतिरका जडौरी बटुलेर यसो केन्द्रसम्म बनाथे प्रचण्डाउले अब त्यो पनि लिरिविरी हुने भो ।
धोति खोलिदिने
अख्तियारका घाइते बाघ लोकमानसिंह कार्कीले देशका बडे बडे नेता, मन्त्री, संसद, सविचवहरुको धोति खोलिदिने घोषणा गरेका छन् । लोकमानले अब नछोडने भयो भनेर रातारात छापामार शैलीमा भ्रष्ट सांसद मन्त्री, झालेमालेका अपवित्र गठबन्धनले संसदमा अविस्वासको प्रस्ताव दर्ता गरायो । कार्कीलाई निलम्बन ग¥यो । अब भने लोकमान चुप नलाग्ने भा’छन् । कस्ले कति कति भ्रष्टाचार ग¥या छ त्यसको पोल पत्रकार सम्मेलन गरेरै छताछुल्ल बनाइदिने भएक छन् । भ्रष्टाचारीहरुको धोती खुस्केपछि सम्पूर्ण नेपालीहरुले दिपावली नै गर्छन् होला । ठूला माछाहरुको अब कन्तविजोग हुने भयो । विचराहरु नाँगै कता दौडिएलान् कुन्नि ?
एक करोड माग
लाउडा काण्ड, धमिजा काण्ड, कल वाइवस काण्डमा ज्वाइलाई रातारात भगाएर बाहिर पठाएकी मण्डीखटारकी मुखिनीले आफूलाई क्यान्सर भएको छ भन्दै सरकारसँग एक करोड रुपैया सहयोग मागेकी छिन् रे । त्यत्रा काण्डबाट आर्जित रकमबाट क्यान्सरै लाग्या भए थपक्क उपचार गर्नु नि । जनताले खाइ नखाई तिरेको करबाट उठेको रकममा किन ¥याल चुहाउनु ? हजारौ नेपाली जनता क्यान्सरबाट पीडित छन् । तर कसैले नि सरकारसँग हात फैल्याएका छैनन् । एक करोड माग्न अलिकति अप्ठेरो लाग्नुपर्ने हो । खबरदार सरकार खुतुखुतु राज्यकोषको रकम बाड्लास भनेर जनता सडकमा आउन बेर छैन । हुन त स्वास्थ्यमन्त्री गगन काजीले अब उपचार गर्न कुनैपनि नेतालाई रकम नदिने भन्या छन् । हेरौ बोल्यामात्र हुन् कि काम पनि गर्छन् ?
भुत्रो खान गर्नु
हिजो आज मन्त्री, प्रधानमन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाएनन् भनेर पहाडै फोडौला भनेर केही सञ्चार माध्यमहरु वेÏवाँकमा चिच्याएको देख्दा घण्टाघरलाई उदेक लागेको छ । पर्धानमन्तरी, मन्तरीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरुन कि नगरुँन् यिनलाई किन टाउको दुख्या होला ? उनेरले सम्पत्ति सार्वजनिक गर्दा यिन्का भागमा पर्ने हो र ? फेरि ९ महिनाका लागि मन्त्री, प्रधानमन्त्री भएकाहरुले सक्दो थप्नुपर्ने हुन्छ । आÏनो सम्पत्ति कति छ भने कुरा हिजोका टकनटाँक, भुक्के चप्पल लगाएर
राजधानी छिरेका, अर्काको घरमा बास बसेका आजका मन्त्री, प्रधानमन्त्रीलाई नै पत्तो छैन । एकोहोरो थुपारेक छन् । विचाराहरुको मर्मपनि बुभिदिनुपर्छ , कि कसो हौ ?
अन्तेमा
अब अंगीकृत नागरिकतावालाहरु पनि यो मुलुकको उच्च ओहोदामा पुग्ने भा’छन् । यसका लागि तीन हल्लुडे पार्टीहरु काँग्रेस, एमाले र माउवादीले मधेशी मोर्चालाई पत्रै पठाएर सहमति जनाएका छन् । आखिरी यो मुलुक भन्या गोरु वियाउने मुलुक न प¥यो । अंगीकृतलाई उच्च पद दिने सहमति पहिल्यै गर्दिया भे’ विगतमा विचारा मधेशीहरुले आन्दोलन नै गर्नुपर्ने थिएन । आखिरी चोर–चोर मौसेरा भाइ भन्या कस्ले बुझेका छैनन् र ?
