एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा कुवरको जित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा
नरेन्द्र श्रेष्ठ निर्वा्चित भएका छन् । सोमबार आयोजित साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वा्चित भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर निर्वा्चित भएका छन् । कुँवरले ३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीको पक्षमा २५ मत परेको छ ।
स्वतन्त्र रुपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले ८ मत पाएका छन् । नवनिर्वा्चित श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा निर्वा्चित कुँवर एन्फाका पूर्वअध्यक्ष गणेश थापा पक्षधर मानिन्छन् ।
नवनिर्वा्चित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार जित स्वाभाविक भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने बताए । शेर्पाले भने साधारणसभामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया