लामो विवाद र रस्साकस्सीपश्चात शुक्रबार मन्त्री परिषद्को वैठकले २६ मध्ये १७ जना सभासद चयन गरेको छ । विना मोसमको बाजा झौ ९ महिना पश्चात २६ जनाभ्ये १७ जनामत्र मनोनित गरेर संविधानसभालाई अझ अपुरै छोडिएको छ ।
दलहरुले मतको आधारमा ३६ जना सभासदको सिट संख्या बााडफाड गरेका हुन् , जस अन्तर्गत नेपाली कााग्रेसको भागमा ९, एमालेको भागमा ८, एमाओवादीको भागमा ४, राप्रपा नेपालको भागमा १, मधेशवादी दललाई २ र बााकी साना अन्य दललाई २ सिट बााड्ने सहमति यस भन्दा अगाडि नै गरेका थिए ।
सविधानसभाभन्दा बाहिर रहेको अर्को ठूलो दल नेकपा–माओवादीलाई संविधानसभामा ल्याउन एमाओवादी अध्यक्ष पुष्कमल दाहालले बारम्बार त्यही २६ सिटको लालीपप देखाउने गर्थै र तर भागवण्डाको समयमा उनले नेकपा माओवादीको नाम समेत कहीा कतै उच्चारण गरेको देखिएन । यद्यपि, पार्टीको आन्तरिक विवादका कारण एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना भागमा परेका सभासदहरुको नाम सिफरिस गर्न सकेका छैनन् । कााग्रेस, एमाले र राप्रपा नेपालले मात्र आफ्ना भागमा परेका सभासदको सिफारिस गरेका भए पनि ती नामसाग जोडिएका व्यक्तिहरु विवादरहित भने छैनन् ।
शुक्रबार मनोनित हुने सभासदमा नेताका नातागोता र व्यवसायीहरु पनि छन् । सर्वोच्च अदालतले गत वैसाख २९ गते संविधानसभाको दोस्रो निर्वाचनमा पत्यक्ष र समानुपातिक दुवैतर्फ उमेद्वार भएकालाई २६ सभासदमा मनोनयन नगर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश विपरीत मनोनयन परेकी विराटनगरकी रुक्मिणी कोइरालाको नाममा मन्त्री परिषद्मै विरोध भएपछि उनको नाम हाटाइएको थियो । कोइराला गत मंसिरमा भएको संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फकी उमेद्वार थिइन् । समानुपातिक कोटाबाट सभासद भएकाहरु नाता, गोता, पैसा, प्रलोभनले सभासद हुने गरेको विगतको आरोपबाट यसपटक पनि नेताहरु मुक्त हुन सकेनन् । शेरबहादुर देउवाकी श्रीमति आरजु देउवा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकीकी श्रीमति,, अनिल कुमार झाकी श्रीमति, फोरम गणतान्त्रिककाका अध्यक्षकी श्रीमति नातागोताबाटै सभासद बनेका थिए भने गीता राणा, महालक्ष्मी गोल्छा लगायत पैसाको
भरमा सभासद बनेका थिए । यसपटक एमाले कोटाबाट मनोनयनमा परेका मीरा ध्वजु एमाले महासचिव ईश्वर पोख्रेलकी पत्नी हुन् ।
राप्रपा नेपालबाट मनोनयनमा परेका गणेशबहादुर थापा अध्यक्ष कमल थापाका सहोदर भाइ हुन् ।
नेपाली काग्रेसका तर्फबाट मनोनयनमा परेकाहरुमा राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम वानिया, सकलदेव सुतिहार, सूर्य देवदाश उराउ, उमेश श्रेष्ठ, अनिल रुगटा छन् । यसैगरी एमालेबाट ध्वजुबाहेक उदय नेपाली, अग्नी खरेल, नरेश खरेल, गंगा डाागी, पेम्बा बोटे, पर्तमान धिमाल, राजन भट्टराई रहेका छन् । यहाा स्मरणीय कुरा के छ भने २६ सभासद मनोनयन प्रक्रियासाग मधेशवादी दल र एमाओवादीमा आन्तरिक विवाद चर्कन थालेको छ । स–सानो कुरामा समेत बखेडा झिकेर फुटको संघारमा पुग्ने मधेशवादी केही सदस्य चयन नै विषयलाई लिएर फुट्ने सम्भावना बढ्दै गएको छ । एमालेबाट सभासद भएका ८ जना सबै केपी ओली पक्षधरका मात्र छन् । माधव नेपाल र झलनाथ खनाल निकटका कुनै पनि व्यक्ति २६ भित्र परेनन् । यसले एमालेमा असन्तुष्ट बढाएको छ ।
