धरान/राम्रो काम गर्नेको प्रशंसा र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था अब नेपालको सन्दर्भमा एकादेशको कथा बन्न पुगेको छ । यसको पछिल्लो उदाहरण बनेका छन् नेपाल सरकार सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की ।
शहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की यतिबेला राम्रो काम गर्ने कर्मचारीलाई दण्डित गर्ने र एसियाली विकास बैंकको दलाली गरेर करोडौ कमिशन कुम्ल्याउने चक्करमा लागेका छन् ।
एसियाली विकास बैंक तथा नेपाल सरकारको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजनाको नाममा खानेपानी संस्थान धरान कब्जा गरी करोडौे रुपैयाा कमिशन पड्काउन सचिव कार्की, आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मनिराम गेलाल, आयोजना उपनिर्देशक पराग कायस्थ, आयोजना व्यवस्थापन सहयोग परामर्श दाताका टिम लिडर लक्ष्मण श्रेष्ठ, डिजाइन सुपरभिजन कन्सलटेन्सका म्यानेजिङ्ग डाइरेक्टर खेमनाथ डल्लाकोटी, अनिल नेपाल लगायत यतिबेला हात धोएर लागेका छन् ।
गत मंगलबार सात दल सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रात्मक स्थानीय मोर्चाले खानेपानी सम्बन्धी मोर्चाले गरेको अन्तरक्रिया कार्यक्रममा निम्त्याएका खानेपानी संस्थान धरानका इन्जिनियर एवम् प्रमुख दिपक श्रेष्ठले वास्तविकता र यथार्थ कुराको जानकारी धराने जनतालाई दिएपछि उनको भनाई अपाच्य भएकैले कार्यक्रममा आएका मन्त्रालयका सह–सचिव डा.महेन्द्र सुब्बाले तत्कालै मन्त्रालयमा फोन गरी सचिव अर्जुनबहादुर कार्कीलाई सुनाएका थिए । सचिव कार्कीले नेपाल खानेपानी संस्थानका जिएम अर्जुनबाबु ढकाललाई फोन गरी इन्जिनियर दिपक श्रेष्ठलाई
धरानबाट सरुवा गर्न ठाडो आदेश दिए । करोडौ कमिशनको चक्कमा परी श्रेष्ठलाई सरुवा गर्न लागेको भन्दै नेपाली कााग्रेस, नेकपा माओवादी, एनेकपा माओवादी,
राप्रपा नेपाल, नेकपा एमाले निकट संस्थानका केन्द्रीय संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी सरुवा प्रक्रियाको घोर
विरोध गरेका छन् । उनीहरु जिल्ला जिल्लाबाट आजै नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न मंगलबारै काठमाण्डौ पुगिसकेका छन् । इन्जिनियर दिपक श्रेष्ठको सरुवा भएमा आन्दोलनको अधिवेहरी ल्याउने र संस्थानका जिएम अर्जुनबाबु ढकाललाई समेत केन्द्रीय कार्यालयमा बस्न नदिने काठमाण्डौ पुगेका कर्मचारीहरुले बताएका छन् ।
उनीहरुले आइतबार एक विज्ञप्ती प्रकाशित गरी भनेका छन् धरानमा आयोजित खानेपानी सम्बन्धी अन्तरक्रियामा प्रमुख श्रेष्ठले कार्यालयको तर्फबाट राखेको यथार्थ धारणालाई सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई एडिबीका एजेन्टहरुले कमिशनको प्रलोभनमा गलत ढंगले सूचना प्रवाह गरेकै आधारमा सरुवाको ठाडो मौखिक आदेश दिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ, हामी ट्रेड युनियनहरु नेपाल खानेपानी संस्थान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गदेै लैजाने प्रक्रियाको विरुद्धमा आन्दोलित रहिरहेको र यो सन्दर्भमा निजीकरणविरुद्ध नेपाल खानेपानी संस्थानका सम्पूर्ण कर्मचारीहरुले मिति २०७१ साउन ४ मा व्यवस्थापन पक्षको साथै सहरी विकास मन्त्रालयका मन्त्रीू, सचिव र एसियशाली विकास बैंक, नेपाल शाखामा हस्ताक्षर बुझाइसकिएको अवस्थामा धरान शाखा प्रमुख ई.दिपक श्रेष्ठलाई शाखाको विषयमा यथार्थ अभिव्यक्ति दिएकै आधारमा सरुवा गर्ने प्रक्रियाको घोर भत्र्सना गर्दछौं ।
गत बर्षको बर्षायाममा धरान खानोपानीको सतह स्रोतहरु बाढी र पहिरोले बगाई हाहाकार भएको अवस्थामा अहोरात्र खटिई खानेपानीको आपूर्ति गर्न सफल, गत बर्षभन्दा करिब रु २ करोड महसुल विलिङ गराई सो अनुसार महसुसल संकलन गर्न सफल, शाखा कार्यालयहरुको सबैभन्दा बढी धारा वितरण गरी संस्थान र आपूर्ति अभाव हुनेमा समानुपतिक वितरण प्रणालीको अवधाारणा अपनाई खानेपानी वितरण गरी सुख्खायामको महसुस नै हुन नदिन सफल, सीमित साधन र स्रोतलाई परिचालन गरी १० बर्ष पुरानो चुहावटहरुलाई नियन्त्रण गर्न सफल, विगत दशौ बर्षदेखि घाटामा
रहेको धरान शाखालाई आ.व. २०७०/०७१ मा नाफामा लगी व्यवस्थापकीय क्षमता देखाउन सफल, एक कर्तव्यनिष्ठ र इमान्दार राष्ट्रसेवक कार्यालय प्रमुखलाई पुरस्कृत गर्नुपर्नेमा मानमर्दन गर्न लागिएको जानकारी हुादा हामी सबै ट्रेड युनियनहरु क्ष्ुाब्ध भएका छौं ।
तसर्थ निजको कार्यलाई सम्मान गरी पुरस्कृत गर्न र सरुवा गरी दण्डित गर्ने कार्य तत्काल रोकी निज कार्यालय प्रमुखलाई नै यथास्थानमा राखी अझ नयाा काम गर्ने हौसला दिन जोडदार माग गर्दछौं । अन्यथा यहाको सरुवाबाट हुने उत्पन्न परिस्थतिको जिम्मेवारी स्वयं व्यवस्थापन र मन्त्रालय नै हुने व्यवहोरा यसै विज्ञप्तीमार्फत जानकारी गराउादछौं ।
यहाा स्मरणीय कुरा के छ भने सचिव अर्जुनबहादुर कार्की यसभन्दा अगाडि विद्युत विभागको डाइरेक्टर हुादा समेत अनियमितता गरेको विद्युतका कर्मचारीहरु बताउाछन् । यता नेपाली कााग्रेस क्षेत्रीय समिति सुनसरी क्षेत्र नं. १ धरानले समेत एडिबीको गलत प्रक्रियाको विरोध गरेका छ । क्षेत्रीय समितिका सचिव सुजेन्द्र तामाङ्गले आइतबार एक विज्ञप्ती प्रकाशित गरी खानोपानी आयोजना सम्बन्धी इन्जिनियर दिपक श्रेष्ठले गत मंगलबारको अन्तरक्रियामा ८०–९० करोडमै चतराबाट दीर्घकालीन रुपमा धरानमा पानी ल्याउन सकिने बताएपछि आफूहरु लज्जित तथा ह्युिमलेसन भएको महसुस गरी सह–सचिव महेन्द्र सुब्बाले मन्त्रालयमा पोल लगाई इमान्दार राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्नखोजेको जनाएका छन् । जारी विज्ञप्तीमा तामाङ्गले भनेका छन्, एडिबीले सामाजिक विकास कार्यक्रमका नाममा विभिन्न राजनैतिक दल, व्यक्ति र संघ, संस्थाहरुलाई लाखौ रकम वितरण गरेकाले त्यस्तो रकम वितरण गरिएको विवरण एडिबीले सार्वजनिक गर्नुपर्छ । उनले विज्ञप्तीमा भनेका छन् एडिबीका एजेन्टले
राजनैतिक दलहरुलाई रिझाउन को १ च ७४९८ नं. को गाडी इन्धनको दुरुपयोग गर्दै आएको छ । यसरी एडिबी र यसमा संलग्न व्यत्तिलहरुले महागो र अल्पकालीन आयोगजनाको लागि कर्मचारी सरुवा, खानेपानी संस्थान घेराउ, रकम वितरण, स्रोत साधनको दुरुपयोग आदि इत्यादि गरी साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेर जबरजस्ती आयोजना लाद्ने दुष्प्रयास भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, खानेपानी परियोजनामा भइरहेको सबै खाले विकृति, अनियमितता र अपारदर्शीता हाटउनका साथै दीर्घकालीन योजना कोशीकै पानी ल्याउन सर्वपक्षीय संयुक्त संघर्ष समिति बनाउने तयारी भइरहेको छ । त्यसो हुादा आर्थिक अवसरको सदुपयोग, खानेपानी महसुल, धारा जडान शुल्क नेपाल सरकारले निर्धारण गरेभन्दा बढी नहुने विज्ञप्तीमा प्रष्ट पारिएको छ ।
