धरान÷नेपालकै टपटेनभित्र पर्ने नेपाल आयल निगमको अधिकृत विक्रेता चकरघट्टी आयलले सोमबारदेखि आफ्नो कारोबार थालेको छ ।
धरान उपमहागरपालिका वडा नं. ८ तीनकुनेमा रहेको चकरघट्टी आयलको समाजसेवी भवरलाल सोनीले एक भव्य
समारोहबीच सुभारम्भ गर्नुभएको थियो ।
नेपाल आयल निगम र सडक विभागको मापदण्ड अनुरुप निर्माण सम्पन्न भएको चकरघट्टी आयल पूर्वाञ्चलमै सबैभन्दा ठूलो, आकर्षक र इन्धन स्टोरेज क्षमा बढी भएको बताइन्छ । आयलका सञ्चालक गणेश सोनीका अनुसार हाल सञ्चालनमा आएको चकरघट्टी आयलमा पेट्रोलतर्पm चारवटा नोजल र डिजलतर्फ २ वटा नोजल रहेका छन् । यसका अलावा चकरघट्टी आयलमा ६० हजार लिटर डिजल र ४० हजार लिटर पेट्रोल स्टोर गर्ने क्षमता रहेको छ । सञ्चालक गणेश सोनी भन्नुहुन्छ, चकरघट्टी आयलबाट २४ सैं घण्टा ग्राहकहरुका लागि सेवा उपलब्ध हुनेछ । आयल निगमबाट जुन डेनसिटीमा तेल आउँछ सोही मापदण्डको तेल यहाँबाट उपलब्ध
हुनेछ । अत्यन्तै आकर्षक पार्किङ्ग सुविधा, निगरानीका लागि दर्जनौ सिसी
क्यामेरासँगै हावा हाल्ने मेसिन, एटिएम कार्डबाट स्क्रेच मार्फत पैसा बुझ्ने सुविधासमेत चकरघट्टी आयलमा उपलब्ध रहेको छ ।
