राज्यका कुनैपनि संयन्त्र इमान्दार नभइदिँदा यस पटक नेपालीहरुको राष्ट्रिय पर्व बडादशैँ चरम अभाव, महँगी र
असुरक्षाका बीच बित्ने देखिएको छ ।
सरकारको संरक्षणमा काला बजारीहरुको हातमा रहेको बजार इमान्दारितापूर्वक गरिएको कमाइले धान्न सक्ने अवस्थामै छैन । दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न तथा अन्य समानको मूल्य मनपरी ढंगले आकासिएको छ । मनपरी ढंगले वस्तु
खरिद गर्न सक्ने अवस्था यसपटकको दशैँमा समप्त भएर गएको छ ।
आम नागरिकको पीडा, आक्रोस विगत केही बर्ष यता सनिदिने यस मुलुकमा कोही छैन । इमानदारिताको खडेरी परेको छ । महंगाईले आक्रान्त भएकाहरुले यदाकदा आवाज उठाउदै सरकरका भ्रष्ट र सुस्ते निकाय केही चनाखो बनेझै गर्छन् । देखावटी बजार अनुगमनको नाटक गर्छन् । सडेगलेका, म्याद गुजिएका सामान जफछ गरेको पनि देखाउँछन्, पसलमा केही क्षणको लागि शिल गरेको पनि देखाउँछन् । बस यति भएपछि उनीहरुले आफ्नो धर्म निर्वाह गरेको सम्झन्छन् । तर तयस भन्दा अगाडि केही हुनेवाला छैन र भएको पनि छैन । सडेगलेका समान बेच्ने सिल गरिएका पसल पुनः भोलिपल्ट पूर्ववत रुपमै चलिरहेको हुन्छ । खोई त तयस्ता कालाबजारिीयमाथि कारबाही ? लिने र दिने धन्दा भएपछि अनुगमनको अैत्यि के रहयो र ?
यहाँ सबै यसैगरी चलेको छ । गणतन्त्र आएपछि मुलुक थप संकटग्रस्त र तहसनहस बन्दै गएको छ आफूलाई अति क्रान्तिकारी हुँ भन्ने सासद, मन्त्री पनि आफ्नो सेवा सुविधा बढाउन बारम्बार अन्य दलसँग अपवित्र गठबन्धन गरिरहेको हुन्छ । हालैमात्र सांसदहरुको तलब भत्ता अस्वभाविक रुपमा बृद्धि गरिएको छ । तर त्यसरी तलब भत्ता बढाउनु हुँदैन भनेर कुनैपनि सांसदले विरोध गरेनन् । जुनसुकै दिशामा थुतुनो फर्किएको सांसद भएपनि खाने मामलमा एकै ठाउामा थुतुनो जोड्छन् । सडकको दुवास्था, शैक्षिक अराजकता, गुण्डगर्दी आदिका बारेमा कुनै सांसद बोल्दैनन् । मुलुकैभरि सडकको दुरावस्थाका कारण आम सर्वसधारण
नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको छ । यो सरकार कतिसम्म निकम्बा र नालायक देखिएको छ भने सडकको स्तरोन्नति गर्दैन । सडक थप्ने काम गर्दैन । भएका सडकहरु समयमै मर्मत सम्हार नहुँदा बगरमा परिणत भइसकेका छन् । धन्न जोखिम मोलेर त्यस्ता सडकमा सवारी साधन दगुरेका छन् । यो सबै भ्रष्टाचारकै परिणाम हो । हजारौ, लाखौ यस्ता सवारी साधनबाट राज्यले खरबौ कर असुल्छन् । त्यसरी असुलिएको कर राजनैतिक दलका शिखण्डीहरुले भागबण्डा गर्छन् । अनि कहाँबाट सडक बन्छ ? कुनै युवाले वा उद्यमीले उत्पादनशील क्षेत्रमा वित्तीय कम्पनीहरुबाट ऋण लिनुपर्दा १८ देखि २४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । तर अनुत्पादन क्षेत्रमा तिनै वितीय कम्पनीले ४ प्रतिशत व्याजमा ऋण दिन्छन् । उदाहरणका लागि कसैले सामान्य कुखुरा पाल्नुप¥यो भने १८ प्रतिशत व्याजमा ऋण लिनुपर्छ भने लम्जरिक्स कार खरिद गर्न ४ प्रतिशत व्याजमा पाइन्छ । यहाँ हरेक कुरा उल्टो गतिमा चलेको छ । जबसम्म भ्रष्ट, माफिया, तस्कर, विचौलिया, कालाबजारी, गुण्डागर्दी नियन्त्रण हुँदेन तबसम्म मुलुक अद्योगतितर्फ नै उन्मुख भइरहन्छ ।
