धरान÷ २६ औै अन्तर्राष्टिू जेष्ठ नागरिक दिवसको अवस पारेर एकल महिला समूहको आयोजनामा मैत्रीपूर्ण जेष्ठ नागरिक फुटसल प्रतियोगिता सम्पन्न
गरेको छ ।
जेष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔं” भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्टिूय जेष्ठ नागरिक दिवस हिजै अन्तर्राष्टिूय स्तरमा मनाए पनि एकल महिला समुह धरानले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप आज मैत्रिपुर्ण फुटसल सम्पन्न गरेको हो ।
जेष्ठ नागरिकहरु पनि समाजका एक अभिन्न अंग हुन भन्ने आभास गराउन पनि सो मैत्रिपुर्ण फुटसलको आयोजना गरिएको एकल महिला समुहकी अध्यक्ष जयन्ती लाखेले जानकारी दिनुभएको छ ।
समुहले जेष्ठ नागरिकहरुलाई
राज्यले सम्मानका साथ हेर्नुपर्छ भन्ने अभिप्रायले पनि यस्तो कार्यक्रमको आयोजना जरुरी रहेको लाखेको भनाई छ
धरान १५ स्थित बिग फुटसलको मैदानमा भएको मैत्रीपुर्ण फुटसलमा धरान जेष्ठ नागरिक समुहका बिरुद्ध तरहरा जेष्ठ नगरिक समुह मैदानमा उत्रेका थिए ।
जसमा धरान समहुको नेतृत्व ६८ बािर्षय सन्त बहादुर बस्नेतले गर्नुभएको थियो भने तरहराको तर्फबाट खेलको नेतृत्व ७१ बर्षिय गणेश भण्डारीले गर्नुभएको थियो ।
सो मैत्रीपूर्ण प्रतियोगितामा तरहरा जेष्ठ नागरिकले बिजय हात पारेरै छाडे मिनेट समयावधि रहेको सो खेलमा
धरान जेष्ठ नागरिक ०÷१ ल्ो पराजित भएका थिए ।
खेल समापनको क्रममा बिजेता तथा उपबिजेता टीमलाई टफ्र्री तथा मेडल समेत प्रदान गरिएको थियो ।
साथै खेलललाई मर्यादित बनाउन रेफ्रीको भुमिका निर्वाह गर्नु भएका पत्रकार जस कुमार राईलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम धरान उपमहानगरपालका, धरान जेष्ठ नागरिक मिलन केन्द्रको सहयोग तथा एकल महिला समुहको आयोजनामा सम्पन्न भएको थियो ।
