धरान÷ःप्रत्येक बर्ष झै यस बर्षको वडादशैमा चहलपह बढ्न थालेको छ । त्यसमा पनि नौरथा लागेपछि भने धरानमा भएका देवालयहरुमा भीड बढ्ने गरेको छ ।
घटस्थापनादेखि नवमीसम्म विशेष गरी धरान १४ विजयपुरस्थित रहेको दन्तकाली पीठमा पूजा गर्नेको भीड थामिनसक्नु हुने गरेकोछ ।
विहान १ बजेदेखि नै दन्तकाली मन्दिरमा भीड लाग्ने गरेको छ । नवदुर्गाको महत्वलाई बुझेर वा नबुझेर धरानबाटमा हैन धरान बाहिरबाट हजारौ दर्शानार्थी यस मन्दिर आउने गरेको दन्तकाली मन्दिरका पूजारीहरुले बताएका छन् ।
प्रत्येक बर्ष नौरथा जानेहरुको भीड बढ्नुमा े नौरथाको समयम दन्तकाली मन्दिरको विशेष महत्व भएकौ कारण भीड बढ्ने गरेको
पुजारी कमल भट्टराई बताउनुहुन्छ ।
भक्तजनरु समेत नौरथाकाको यस मन्दिरमा आएर पूजा आजा गर्न उत्तिकै उत्साहित हुने गरेका छन् । दर्गा माताले
राक्षसलाई बद्ध गरेको पौराणिक कथन भएकोले दशै खुशियाली पर्व त्यसमा पनि यस
मन्दिरमा पूजा गर्दा चिताएको सबै पुग्ने विश्वास भएकोले दन्तकालीमा पूजा अर्चना गर्न आएको पुजाका लागि मन्दिरमा आउनेहरु बताउने गरेका छन् । धरान धरान १३ की आयुषा तामाडले मनोकांक्षा पुरा हुने जनविश्वासका साथ नौरथामा दन्तकाली मन्दिरमा पूजाआजाका लागि आएको बताउनुभयो ।
घटस्थापनादेखि बढेको चहलपहललाई मध्यनजर गरी प्रहरी प्रशासनले समेत शान्ति सुरक्षामा शतर्कता अपनाएको छ । यो अवधिर कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा अवस्था मजबुत बनाइएको छ । यहा हुन सक्ने घटनालाई नियन्त्रण गर्न कस्तो सुरक्षा संयन्त्र मजबुत बनाइएको अस्थायी प्रहरी पोष्ट विजयपुरका हवल्दार भद्रराज अधिकारी भन्नुहुन्छ ।
सप्तमीमा फूलमापति यही मन्दिरमा भित्र्याएपछि विधिवत रुपमा दशैको शुरुवात भएको मानिएको दन्तकाली मन्दिरमा अष्टमीकादिन बोकाको बली चढाउनेको समेत भीड हुने गरेको मन्दिर व्यवस्थापनि समितिले जानकारी दिएको छ ।
मृत्यु भएकी आफ्नी पत्नी सतिदेवीलाई भगवान शिवले काधमा राखेर हिड्ने क्रममा सतिदेवीको अंग पतन हुन थाल्यो । यसरी झर्ने क्रममा नेपालमा चार स्थानमा झरेको धार्मिक ग्रन्थमा उल्लेख छ । यसरी झर्ने क्रममा संखुुवासभामा दाहिने आखा खसेकोले शिद्धकाली, गुहेश्वरीमा गृहय पतन भएकाले गुहेश्वरी, वागे्श्वरीमा जिब्रो खसेकोले बागेश्वरी र धरानको विजयपुरमा दात खसेकोले दन्तकाली नामाकाकरण भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
यसै कारणले पनि दशैको नवौ दिनसम्म यस मन्दिरको महिमा .धेरै रहेको दन्तकाली मन्दिरका पूजारीहरुले बताएका छन् । दन्तकाली मन्दिरको प्रचारप्रसार कम भएको पुजारीहरुको भनाई छ । यस मन्दिरका विषयमा प्रचारप्रसारमा अझ जोड दिने हो भने नेपालका मात्र हैन छिमेकी मुलुक भारतदेखि समेत भक्तजनहरु आउने र यस धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अपेक्षा स्थानीय बासिन्दाहरुले गरेका छन् ।
